लकडाउनका बेलामा कसैलाइ भोको राखेनौ-वडाअध्यक्ष हिरालाल तण्डुकार

लकडाउनका बेलामा कसैलाइ भोको राखेनौ-वडाअध्यक्ष हिरालाल तण्डुकार


लकडाउनको कारण सहरी जनजिवन अस्व्यस्त छ । सवारिसाधन आवात-जावात बन्द छ । यहि विषयमा आज काठमाण्डौ महानगरपालिका ११ नम्बरका वडाअध्यक्ष हिरालाल तण्डुकारसंग  ग्रिन सिटि पोष्टले भलाकुसारि गर्याै ।
महामारीको समयमा कसरि काम गरिरहनूभएको छ?
आफैलाई महामारीमा पारेर काम गरिरहेका छौ । म एक्लै त होइन, कर्मचारिहरुले पनि मलाई सहयोग गरिरहेका छन । हामी सबै जोखिममा परेर काम गरिरहेका छौ ।
अहिलेसम्म तँपाइको वडाबाट के कस्ता काम भएका छन ?
हामीले एउटा काम चाहि गर्न सकेनौ, क्वारेन्टाइन बनाउन सकेनौ । हुनत यो कुरा सिंगो महानगरको हो, एउटा वडाको मात्र होइन । यस विषयमा महानगरपालिकाले पनि निर्णय गर्नुपर्ने हुन्छ ।
त्यसो भए महानगरपालिका क्वारेन्टाइन बनाउने जनता शुरक्षित राख्ने सवालमा सकरात्मक छैन हो?
क्वारेन्टाइन बनाएपछि हामी जनप्रतिनिधि पनि त्यसैमा व्यवस्त हुने इन्डीयाबाट आएका मान्छे पनि त्यहि क्वारेन्टाइनमा राखेर काठमाण्डौबासिलाई पनि किन त्रसित र चिन्तीत बनाउनु भनेर पनि क्वारेन्टाइन नबनाउने निर्णय गरको हो । हामीले काठमाण्डौमा कसैलाई पनि भोको राखेका छैनौ, चाहे कर्मचारि, चाहे सुकुमबासि होस, फुटपाथे होस, वा भाडावाल, रिक्सावाल, टयाक्सी डाइभर सबैलाई राहत बाडेका छौ । वडाबाट गर्ने सहयोग गरेकै छौ । हामीले जसलाई जति चाहयो उसलालाई त्यति दिन त सकेनौ होला तर भोको चाहि राखेका छैनौ ।
कति जति राहत बाडनुभयो ?
नगरपालिकाबाट २४ लाख मात्र आयो कतार एम्बसि र फ्रान्सको राजदुताबासबाट पनि ल्याएर बाडेका थियौ । नगरपलिकाबाट भन्दा पनि संघ संस्था र साथीभाइबाट सहयोग लिएर राहत बाडेका छौ ।
राहत वडामा मात्रै हो कि अन्यत्र पनि ? 
हामीले यसलाई मात्रै भनेर राहत बाडेका छैनौ । कसैले लौ न काका खान पाइएन यसो गर्नुपर्यो भनेपछि हामीले वडामा नाम लेख्ने अनि दिएर पठाउने गरेका छौ । यहि नजिक थापाथलिमा पनि राष्टबैकंमा काम गर्ने कर्मचारीहरुलाइ वडाले सहयोग गर्यौ । उनीहरुले हामीसंग भने, ‘राष्ट बैकंमा काम गर्ने कुल्ली कर्मचारि हौ । ‘हाम्रो ठेकेदार पनि छैन कम्पनी पनि छैन हामी भोकै छौ भने, त्यहाको गार्डसंग हामीले आवश्यक सोधपुछ गर्दा हो रहेछ । त्यसपछि हाम्रो वडाले एक महिनाको लागि राहत दिएका थियौ । अहिले म ठुलो समस्यामा छु मेरो वडामा भाडामा बस्नेहरु बाहिरबाट आउने भनेका छन । उनीहरुलाई कसरि व्यवस्थापन गर्ने होला ।
मेरो अनुरोध चाँहि काठमाण्डौ आउदा होस या जादा जोकोहिले पनि चेक जांच गराएर शुरक्षित भइदिए भने हुन्थ्यो भन्ने लाग्छ । अरु मान्छे बाहिरबाट आयो भने ओइ वडाअध्यक्ष यँहा आयो के हेरेर बसिस भन्छ । हामीलाई समस्या छ ।
भाडामा बस्नेहरुलाई काठमाण्डौ ल्याउन सहजीकरण गर्न के के पहल गर्नुभएको छ ?
अहिले नँया कुरा के आइरहेको छ भने सिडिओले चाहि कुन जिल्लाबाट आउन लागेको हो त्यहिको सिफारिस ले भन्छ । हामीले चाहि त्यसो होइन टेकुबाट चेक गराएर आउनुस भनेका छौ । स्थानिय तहबाटै जचाएर कार्डसहित आउनुस यदि बाटोमा कसैले रोकिहाले भने मलाइ फोन गर्नुस म मिलाउछु ।
सरकारले प्रयाप्त मात्रामा कोरोना चेक जाच गर्ने बायोलोजिस्ट नभएका कारण घरधनिहरुलाई पिसिआर चेक गर्न दवाव दिन पाइदैन भनेको थियो तर तंपाइले त यसविपरित काम गर्नुभएको रहेछ ?
हामीले कसैलाई पनि दुख दिने नियत राखेका छैनौ । हामी आफै शुरक्षित जरुरी छ । यो कुरा त मेरो वडाको मात्र होइन । काठमाण्डौमा त घर धनि भन्दा पनि भाडामा बस्नेहरु धेरै छन ।
सार्वजनिक यातायात सन्चालनको लागि केहि पहल गर्नुभएको छ ?
त्यस्तो त हामीले केहि पहल गरेनौ । मलाई केहि अप्ठेरो पर्यो भने सिडिओ संग सल्लाह गर्ने गर्छु । अस्ती मेरो मोवाइलममा विराटनगरबाट फोन आयो । ३ जना मान्छे अमेरिकाबाट बम्बई हूदै काठमाण्डौ आउन खोजेका रहेछन । मैले जचाएर मात्र आउनुस भनेको थिए ।
तँपाइले काठमाण्डौ शुरक्षित छ भन्नुभयो के आधारमा भन्नुभएको ?
हामीले जनप्रतिनधिले सबैले चेक गरिसक्यौ । त्यसैले पनि ढुक्क भएका हौ । काठमाण्डौमा सबैलाई जचाको त छैन । यसमा पनि भर लागेको छैन कहिलेकाहि मेशिन पनि विग्रेको आउदो रहेछ । आज पोजेटिभ देखाउछ हल्ला हुन्छ ओइ तेरो के भयो  भन्छ, पोजेटिभ भन्यो, हल्ला गर्यौ, भोलि फेरि नेगेटिभ देखाउछ । त्यहि भएर शुरक्षित भएर सम्बन्धीत ठाँउमा जचाउन जरुरी छ ।
तँपाइको वडामा लकडाउनको पालना भएको छ त ?
दैनिक क्रियाबकलाप गर्न समस्या छ । सर्बैले पसल खोलेका छन । हामीले नखोल भन्दा पनि नहुने दुरी कायम राख्छौ भनेर व्यापार गरिरहेका छन ।
अबको बजेट के के शिर्षकमा खर्च गर्ने योजना छ ?  
यसको विषयहरु धेरै लामो छ । कृषि, वातावरण, फोहोरमैला, स्वास्थ्य, शिक्षा जस्ता शिर्षकहरु छन यसैमा खर्च गर्ने योजना छ ।
महामारिको समयमा फोहोरमैलामा काम गर्ने कामदारहरुको शुरक्षाको सवालमा केहि उपाय सोच्नुभयो ?
फोहोर संकलकहरुलाई मास्क स्यानीटाइजर पन्जा जुता दिएका छौ । काठमाण्डौमा मान्छेहरु फोहोर जँहा मन लाग्यो त्यहि फालिदिने अनि हामीलाई किन फोहोर नफालेको भन्छ, कराउछन । हामीले कौसि खेति तालिम निशुल्क दिन्छौ । फोहोर नछुटयाउने समस्या छ हामी कौसि खेतीका बारेमा तालिम दिएर फोहोर श्रातमै घटाउने योजनामा लागिपरेका छौ । घरपेटि भन्दा बहालमा बस्ने धेरै छन । बहालमा बस्नेलाई घर पेटिले कौसि खेति गर्न दिदैन । त्यसैले समस्या चाहि धेरै छ ।

तपाईको वडामा कोरोनासंक्रमित कती हुनुहुन्छ ?
त्यस्तो यति नै भन्ने त छैन नभएपनि काठमाण्डौ बासीहरु शुरक्षित नै हुनुपर्छ भन्ने लागेको छ । बाहिरको मान्छे अटेरि भएर आए भने समस्या आउला भन्ने हो ।