क्रियटिभ सरसफाइ फोहोरमा काम गर्ने निजी संस्था हो । यो सस्थाका सन्चालक बबरमान तामाङले करिब एक सय जनालाई फोहोर संकलन गर्ने जागिर दिएका छन । यि जागिरेहरु महामारिको समयमा काम गर्न तम्तयार छन तर यो समयमा अलि बढि शुरक्षित हुनुपर्ने हो । बबरमान भन्छन हामीलाई कसैले शुरक्षाको कुरा गरेनन । हामी काम रोक्दैनौ ।
महानगरपालिकाबाट दैनिक १२ सय टन फोहोर उत्पादन हुन्छ । प्रधानमन्त्री केपी शर्मा वलीले देशबाशिका नाममा सम्बोधन गर्दै फोहोरमैला व्यवस्थापन तथा ढुवानी अत्यावश्यक सेवा अन्र्तगत राखेर सुचारु गर्न महामारिको सन्त्रासमा रहेका आमनागरिकलाई सफाइमा ध्यान दिनु भनेका छन । फोहोरमैला व्यवस्थापनको आधा भन्दा बढि काम निजि क्षेत्रले सम्हाल्दै आइरहेको छ तर निजि संस्थामा काम गर्नेहरुको पेशागत शुरक्षाको कुनै टुगाें लगाएको छैन । महामारिको समयमा कामदारको शुरक्षाको निधो नभएसम्म फोहोर व्यवस्थापन गर्न नसकिने फोहोरमैला व्यवस्थापन संघ नेपालका अध्यक्ष धन प्रसाद आचार्यले बताएका छन ।
उनले भने, हामी यो विषयमा छलफलको तयारिमा छौ, फोहोर व्यवस्थापनको क्षेत्रमा काम गर्दै आएको निजी संस्था क्रियटिभ सरसफाइका सन्चालक बबरमान तामाङ ले भने हामी सुरक्षित भएर काम गर्न खोजेका छौ तर कँहा गएर माग राख्ने हो थाहा छैन, अन्यौलमा छौ । शुरक्षित बसेर काम गर्नका लागि पन्जा माग भएको छ । स्यानिटाइजर माग भएको महानगरपलिकाका एघार वडाका वडाअध्यक्ष हिरालाल तण्डुकारले बताएका छन । उनले भने, हामीले सबैलाई बाडन सकेका छैनौ पसल पसलमा माक्स र स्यानीटाइजर अभाब रहेछ भोलि देखि माक्स पनि चोकमा राखेर बाडने भनेका छौ । परिक्षा दिन आउनेलाई एक हजार लिटर तयार पारेका थियौ। । महानगरले ४ लाख रुपैया एघार वडालाई महामारि सन्त्रासबाट बच्न पठाएको तण्डुकारले ग्रिन सिटीलाई बताएका छन ।
प्रतिक्रिया