फोहोरमैला व्यवस्थापन संंघले ल्यायो निर्देशिका

फोहोरमैला व्यवस्थापन संंघले ल्यायो निर्देशिका


काठमाण्डौं-निजि क्षेत्रको छाता संगठन फोहोरमैला व्यवस्थापन संघ नेपालले निजी क्षेत्रको कामलाई नैतिकतामा डोर्याउने उदेश्यले निर्देशिका २०७६ ल्याएको छ । निर्देशिकामा  फोहोरमा काम गर्ने कामदारहरुको पेशागत शुरक्षा हक हित र फोहरमैला संकलन गर्ने समय तालिका, कार्यपद्धति जस्ता बिषय पनि निर्दशिकामा समेटिएका छन । निजि कम्पनीहरुले पालना गर्नूपर्ने कर्तव्य सेवा शुल्क नियम, ल्याण्डफिल साइटसम्म फोहरमैला ढुवानी तथा व्यवस्थापन गर्दा अपनाउनु पर्ने न्युनतम मापदण्डको परिपालना जस्ता बुदा पनि छन । निर्देशिका बिमोचन कार्यक्रममा फोहोर व्यववसायिहरु र संघका प्रतिनिधिहरुको बाक्लो उपस्थिती रहेको थियो । काठमाण्डौ महानगरपालिकाका वातावरण विभाग प्रमुख हरी श्रेष्ठ र महानगरपालिकाका प्रमुख प्रशाशकिय अधिकृत केदार न्यौपानेको प्रमुख अतिथ्यमा उक्त कार्यक्रम सम्पन्न भएको छ ।