काठमाण्डौ-वडा सचिब राम प्रसाद पौडेलले जन्मदिन मनाए तर केक काटेनन गुलाबको फुल रोपे भने वडा सदस्य सरोज कुमार मुल्मीले पनि आफनो विवाह उत्सब मनाउदा केक काटेर होहल्ला गर्न, भोज दिन तिर लागेनन । यि दुवैले आफनो खुसियालीमा खोलाकिनारामा संगै गुलाबकै फुल रोपेका छन । वागमती सफाइ अभियानको शिलशिलामा शनिबार काठमाण्डौ महानगरपालिका वडा नम्बर ११ का वडा सचिव राम प्रसाद पौडेलले वागमती खोलाको किनारामै आफनो ४४ औ जन्मउत्सब मनाए ।
उनले जन्मदिनमा निलकमल फूल रोपे । किन खोला किनारामा जन्मदिन मनाउनुभयएको भनेर गरिएको प्रश्नमा उनले भने पहिलो उदेश्य भनेको हामीकँहा पश्चिमा परिपाटिको विकृती बढयो । अबका पिढिलाई आफनो संस्कारतिर फर्किन शन्देश दिनुछ, दोश्रो उदेश्य हामी वातावरण मैत्रि बनाउन रुखबिरुवा रोपेर प्रदुषण नियन्त्रण गर्न सक्छौ र तेश्रो उदेश्य चाहि नदि भनेका हाम्रा सभ्याताको प्रतिक हुन तर रुख रोप्न सकियो भने प्रदुषणको मात्रा पनि कम हुन्छ ।
सोहि वडाका वडा सदस्य सरोज कुमार मुल्मीले पनि आफनो अठारौ वैवाहिक सम्बन्धको शुभबर्षगाठंको अवसर पारेर गुलाबकै फुल रोपि खुसि साटे । सरोजले भने ११ वडालाई सफा नमुना हरियाली शहर बनाउन खोजेका हौ ।
वागमती सफाई अभियन्ताहरुको उपस्थितीमा सम्पन्न यस कार्यक्रमले जन्म दिनमा केक काटने नभएर रुख रोप्ने अभियान चलाउने सन्देश दिन खोजेको वडाअध्यक्ष हिरालाल तण्डुकारले बताए । वागमती सफाइ अभियन्ताहरुको बाक्लो उपस्थितीमा कार्यक्रम सम्पन्न भएको र आगामि दिनहरुमा पनि आफुहरु सक्रिय भएर सफाई अभियान लाग्ने अभियन्ता कन्चन रावतले ग्रिन सिटि पोष्टलाई बताइन ।
प्रतिक्रिया