असल नागरिक, होटल व्यवसायि अनिल फोहोर बेचेको पैसा कर्मचारिको कल्याणकारि कोषमा जम्मा गर्छन

असल नागरिक, होटल व्यवसायि अनिल फोहोर बेचेको पैसा कर्मचारिको कल्याणकारि कोषमा जम्मा गर्छन


                                                              

उद्यमशिलताको बाटोमा लाग्नेहरु सिर्जनशिल हन्छन आफनै जोश र उर्जाले अरुलाई उज्यालो छर्न सफल हुन्छन । मेहनत र उर्जाले भरिएका एकजना सभ्य अनि सक्षम नागरिक अनिल राज भण्डारी पेशाले होटल व्यवसायि हुन । सरसफाइ सभ्यता झल्काउने पहिलो सुचक हो । अनिलले   फोहोर फाल्नेलाई डण्डा लगाउन सुझाए,  आज हामीले वँहासंगको भेटमा अनिल राजले होटल व्यवसायबाट हाता पारेका सफलताको कथासंगै सभ्यताको कुरा पनि खोतलेका छौ ।

तँपाइको व्यापारको बारेमा अलिकति जानकारि दिनुस न?

अहिले काठमाण्डौमा एल्लो प्यागोडा (Yello Pagodda) होटल छ । पोखरामा पनि यसैको शाखा छ । हामी ४ स्टार स्टयान्डर्ड  मेन्टेन गरिरहेका  छौ । हामीकंहा एक सय आठ वटा रुम छ ८ वटा ब्याकेंट हल छ । पोखरामा पनि ४ वटा ब्ंयाकेट हल ३८ वटा रुम  छ ।

तँपाइको व्यवसायले कति जनालाई रोजगारिको ग्यारेण्टि गरेको छ  ?

हामीकँहा काठमाण्डौको होटलमा एक सय प्रन्ध जना कर्मचारि छन भने पोखरामा २२ जना छन । कर्मचारिहरुको सबै सुविधा कटाएर  न्युनतम १३ हजार चार सय पचास छ ।

अनिलराजलाई के कुराले उद्यमशिल बनायो ?

यँहा पहिला अनुप राणाहरुको होटल थियो । सँक्रमणकालको समयले गर्दा बिचमा बन्द भयो ।  पछि यो घरमा नबिल बैंक बसेको थियो । बिचमा ठयाक्क छोडिदियो । भाडामा दिँदा पनि खासै भाडा नआउने ।  हामीसंग विकल्पै नभइसकेपछि हामीले होटलमा परिणत गरेका हौ । यो बिल्डिगं हाम्रै हो । नबिल बैकले हामीलाइ लोन पनि दियो यो घर हामीलाई हात्ति पालेको जस्तो भयो । उतिबेलै नबिल बैकले बिस लाख भाडा तिरेको थियो ।

मासिक आम्दानि र खर्च कति हुन्छ?

मान्छेलाई जति भए पनि पुग्दैन भन्ने उखान छ जति नभए पनि पुग्छ । मासिक खर्च नब्बे लाख जति हुन्छ । जम्मा जम्मि गरेर डेढ करोडको हाराहारिमा कमाइ भयो भने ठिकै हुन्छ त्यति हुन्छ हामिकँहा ।

 यो व्यापारमा पनि अप्ठयारा समस्याहरु होलान तँपाइको अनुभबमा के के छन ?

अतिथि देवो भब भनिन्छ

हामीकँहा त्यो भन्दा ठुलो समस्या के छ भन्नु? अतिथि आए चल्छ नत्र समस्या छ । अलि अलि ट्राभल एजेन्सिहरुले पैसा नदिने खाइदिने समस्या छ । स्वच्छ वातावरण छैन पर्यटनमैत्रि वातावरण छैन ।

विदेश जानेहरुलाई के भन्न चाहनुहुन्छ ?

विदेश जानेहरुलाई नँया नँया सोच लिएर आउनुस भन्न चाहन्छु ।

तँपाइकँहा कस्ता अतिथिहरु हुन्छन नेपालि कि  विदेशिहरु छन ? फोहोर व्यवस्थापनमा विदेशि पाहुनाहरुको व्यवहार कस्तो लाग्छ?

उनि (विदेशि) हरुले खासै फोहोर नगर्ने । हामीले डस्पिन राखिदेको हुन्छौ त्यति धेरै फोहोर नगर्ने एकदमै अनुशाशित लाग्छ । अहिले नेपालीहरुले पनि बुझन थालेका छन ।

होटलबाट उत्पादन हुने फाहोरमैला ब्यबस्थापन गर्न के गर्नूभएको छ ?

होटलबाट निस्कने फोहोरमैला कुहिने फोहोर तरकारिका बोक्राहरु एउटा भाडोमा राखेर मल बनाउछौ । गडयौलाले त्यो मल खान्छ । हरेक हप्ताको ३ दिन फोहोरमैलाको गाडि आउछ बाकि फोहोर  लिएर जान्छ । प्लास्टिक सिसि लगायतका कवाड फोहोर बेचेर आएको पैसा कर्मचारिको कल्याणकारि कोषमा जम्मा गरिरहेका छौ ।

तँपाइको होटलमा कति जति मात्रामा फोहोर उत्पादन हुन्छ ?

राम्रो कार्यक्रम भयो भने दैनिक विवाहा भयो भने फोहोर बिस पच्चिस ब्याग आउछ । अन्य समयमा दैनिक छ, सात ब्याग आउछ ।

कौसिमा गडयौला पालेर गडयौले मल बनाएका छौ । होटलमा कुहिने खाना हुन्छ त्यो खाना एउटा केटो आएर सुगुरको लागि लिएर जाने गरेका छन  । तरकारिको बोक्रा कुहिने फोहोरबाट कम्पोष्टिगं गर्छौ । यसमा मेरो श्रीमतीले पनि सहयोग गर्नुभएको छ । गडयौले मल हामीले कौसिमा लगाएको तरकारि र फुलमा प्रयोग गरिरहेका छौ । त्यो मल कोहि आउने साथीभाइलाई पनि बाडने गरेका छौ ।

 आफनो वरपरको वातावरण सफा राख्न के के गर्नुभएको छ ?

हाम्रो घर होटलको अगाडि हामीले बुक्षारोपन गरेका छौ । चाइनिज एमबेस्सि अगाडि देखि यँहासम्म रोपेका छौ । धेरै ठुलो पानी पर्दा हाम्रो घरको अण्डर ग्राउण्डमा पानी छिरेर  हामीलाई धेरै नै समस्या पर्ने गरेको थियो  । हामीेले वडाको सहयोगमा ढल पनि हालेको छौ । अहिले पनि अण्डर ग्राउण्डमा पानी छिर्ने समस्या बेला बेला आइरहेको छ ।

बुक्षारोपन गरेको भन्नुभयो एक्लो प्रयासमा हो कि ?

एकजना इन्सपेक्टर हुनुन्थ्यो वँहाले बिरुवा उपलब्ध गराउनुभएको थियो । हामीले कुषिबाट बोटहरु ल्याएर रोपेका थियौ ।

व्यापार व्यवसायमैत्रि वातावरण कस्तो छ नेपालमा तँपाइको अनुभबले के भन्छ ?

नेपाल तेस्रो विकसित मुलक हो । हरेक पल डर नै डर छ । स्थायित्व भएन सँधै डर सँधै त्रास बोकेर काम गरेका छौ । हाम्रो यो पर्यटन व्यवसाय व्यापार आकाशे खेति जस्तै भएको छ ।

किन यस्तो भयो होला ? कमजोरिहरु केलाउनतिर लाग्यौ भने कसको कमजोरि देख्नुहुन्छ ?

हाम्रै कमजोरि होला । हामीसँग कुनै भिजन छैन, स्किम छैन । अरुको राम्रो गरेको देख्ने वित्तिकै दौडने चलन छ । जग्गावाललले जग्गाको व्यापार गर्न पर्यो ।  बैकले बैकको काम गर्न पर्ने हो  । मान्छेहरु आफनो पेशाभन्दा बाहिरु जाने लहलहैमा लागे । अरु घोडा चढे भने आफु धुरि चढन थाल्ने बानिले गर्दा विग्रेको हो । अस्वस्थ प्रतिस्पर्धा बढयो ।

राज्यले भ्रमण वर्ष २०२० मनाइरहेको छ, तँपाइजस्ता व्यवसायिले राज्यको तर्फबाट केहि राहत उर्जा पाउनुपर्ने हो पाउनुभएको छ कि छैन ?

पर्यटक आए भने पो सहयोग भयो त हामीलाई नत्र कसरि सहयोग हुनु त ? हामी त सेवा गर्न बसेका हौ ।

आफनो फोहोर आफैले व्यवस्थापन गरेर भने पनि डम्पिङसाइटले अलिकति शास र्फेथ्यो कि ? अरुलाइृ भन्ने कुरा  सफा शहर बनाउन अभियान चलाउने  सवालमा तँपाइ यसमा सहमत हुनुहुन्छ ?

हामी एकदम सहमत छौ । फोहोर गन्ध आउने कुरा हो । छिटो कुहिने भएकाले अलि समस्या छ । हामीले जे गर्नुपर्छ हामी तयार छौ ।

फोहोर व्यवस्थापनको अभ्यासमा कमि छ के गर्दा उपयुक्त होला तँपाइको विचारमा ?

अब अस्ति मेरो भाइको छोरो भर्खर अमेरिकाबाट आएको थियो ।  एउटाले बाटोमा फोहोर फाल्यो उसले गएर सिधै ह्वाइ यू थ्रो दिस भनेर गाडि रोकेर त्यो फोहोर टिप्न लगायो । उ त्यहि ८ बर्ष जतिको छ । उ बच्चाको कत्रो हिम्मत बरु हामी डराएका थियौ । भनेपछि त्यसलाइ भनिन्छ कन्सस । संस्कार पनि त्यै अनुसारको हुनुपर्दो रहेछ । हामी चाहि जति बढि फोहोर फाल्यो त्यति  फोहोर फाल्न पाएकोमा आफुलाई ठुलो भएको सम्झन्छौ ।

यस्ता हेपाहा प्रवृति हटाउनका लागि चाँहि राज्यले के गर्दिए हुन्छ होला तँपाइको विचारमा ?

राज्यले फोहोर फाल्नेलाई जरिवाना होइन डण्डा लगाओस भन्छु डण्डा नलगाइकन मान्छे सुध्र्रिदैन । डण्डा खाने भएपछि मान्छेमा डर हुन्छ ।

किन डण्डा भन्नुभएको ?

जथाभाबि फोहोर फाल्दा त्यो फोहोरको कुटाइ खानेमा म पर्छु । म एकपटक मोटर साइकलमा हिडदै गर्दा केराको बोक्राले हिर्काए । एकदिन चाहि हातमा माथिबाट खकारेर थुकिदिएको पनि छ । एउटा घटना छ माथि कौसि बाट पानी फालिदियो । कस्तो पानी के पानी  त्यो भगवानलाई थाहा छ । मैले मनमनै सोचे यो पानीले मेरो पाप पखाल्यो होला । केहि प्रतिकार गरिन किनकी त्यो लडिरहने समय हुदैन मान्छेसंग । एकैछिनमा सकिने काम महिनौ बर्षौ लाग्छ के प्रतिकार गर्नु र ? कानुन भनेको डराउने मान्छेको लागि मात्रै हो जस्तो नडराउने मान्छेलाई के कानुन ?

वातावरणको विषयमा राज्यसंग यँहाको अपेक्षा के छ?

नगरपालिकाले पनि कौसी खेतिलाई प्रा्त्साहन देको छ । ग्लोबल वार्मिगंको समस्या छ । हरित काठमाण्डौं हेर्न मन छ हराभरा वातावरणमा बस्न मन छ ।

प्रस्तुती-पार्वती खड्का