क्रियटिभ सरसफाई फोहोरमैला व्यवस्थापनको क्षेत्रमा काम गर्ने निजि कम्पनीको नाम हो । यस कम्पनिमा करिब ६० जना जति कामदारहरु कार्यरत छन । कम्पनीका सन्चालक बबरमान तामाङ हुन । सरसफाइमा काम गर्ने निजि संस्था क्रियटिभ सरसफाईले कम्पनीमा कार्यरत कर्मचारिहरुलाई बर्षभरिको कामको थकानबाट थोरै राहत पुगोस भनेर आज बनभोज कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा तिन नम्बर प्रदेशका सभाषद हिमाली गोले, फाहोरमैला व्यवस्थापन संघका महासचिब मित्र प्रसाद घिमिरे संघका अध्यक्ष धन प्रसाद आचार्य लगायत काठमाण्डौ महानगरका वडा प्रतिनिधिहरुको पनि उपस्थिती रहेको थियो । यि कामदारहरुले तँपाइ हाम्रा घर घरबाट फोहोर संकलन गर्दै आफनो दैनिकि गुजारिरहेका हुन्छन तर यिनिहरुले आजको दैनिकि भने मस्तसगं बनभोज कार्यक्रममा रमाएर बिताए । यि कामदारहरुले शहर सफा राख्न आफुलाई योग्य सावित गरेका मात्रै छैनन,यसैबाट आफनो रोजि रोटिको जोहो पनि गर्दै आएका छन । फोहोर व्यवस्थापनको काममा लागेर सफा र सुन्दर भबिष्यको खोजिमा हिडिरहेका केहि व्यक्तीलाई कामको उच्च कदर गर्दै आज कम्पनीले सम्मानपत्र पनि वितरण गर्याे । फोटोफिचर सहित…
प्रतिक्रिया