बागमती नदि सफाइ अभियानको ३५० औ हप्ता भव्यताका साथ मनाइदै

बागमती नदि सफाइ अभियानको ३५० औ हप्ता भव्यताका साथ मनाइदै


बागमती नदि सरसफाई अभियानको ३५० हप्ताको पुर्वसन्ध्यामा काठमाण्डौ एघार वडाले  बिहिबार पत्रकार सम्मेलन गरेको छ । सम्मेलनमा अधिकार सम्पन्न वागमती सभ्यता विकाश समिती, काठमाण्डौ महानगरपालिका र वागमती सरसफाई अभियन्ताहरुले बागमती नदिलाई स्वच्छ राख्ने विषयमा स्थानिय तह र जिम्मेवार निकायहरुको भुमिका के हुन सक्छ भन्ने आशयशहितको एक विज्ञप्ती पनि सार्वजनिक गरेको छ ।

नदिको मुहान क्षेत्रमा बाँध निर्माण गरि बर्षातको पानी जम्मा गरेर सुख्खायममा बगाउने काठमाण्डौको पानी प्रयोग भएर निस्कने फोहोर पानीलाई ढल प्रणालीमार्फत प्रशोधन गरिएको प्रशोधित पानी बागमती नदिमा मिसाउने योजना सफल पार्न एघार वडा त्यसको पुर्वतयारिमा लागेको विज्ञप्तीमा उल्लेख छ ।
कार्यक्रममा शहरि विकाश मन्त्रालयका पुर्व सचिब किशोर थापा, अधिकार सम्पन्न वागमती सभ्यता एकिकृत विकाश समितीका प्रतिनिधी नरेन्द्र बस्नेत र एघार वडाका अध्यक्ष हिरालाल तण्डुकार, काडमाण्डौं महानगरपालिकाका लिला ढकाल र बागमती सफाइ अभियन्ताहरुको सक्रिय सहभागिता रहेको थियो । सहभागिहहरुले बागमती नदि सफा गर्न स्थानिय आमनागरिक र सरोकारवाला निकायहरुले जिम्मेवार भएर काम गर्नुपर्ने बताएका छन ।
साथै कार्यक्रम शनिवार ११ गते विहान साढे सात बजेदेखि दश बजेसम्म काठमाण्ठडौको त्रिपुरेश्वरस्थित बागमती नदिको किनारामा तय गरिएको छ । साथै यस कार्यक्रममा स्थानिय बासिन्दाहरु समाजसेवि दुद्धजिवी वातावरण प्रमि सबैलाई सहभागि हुन अनुरोध गरिएको छ ।