रुपन्देहीमा नगर सफाई अभियान “ग्रिन तिलोत्तमा, क्लिन तिलोत्तमा” बनाउने

रुपन्देहीमा नगर सफाई अभियान “ग्रिन तिलोत्तमा, क्लिन तिलोत्तमा” बनाउने


रुपन्देही । जिल्लाको तिलोत्तमा नगरपालिकाले सन्चालन गर्दै आइरहेको समुदायमा आधारित सरसफाई अभियान प्रभावकारी बनेपछि नगरस्थित विभिन्न वडाहरुको आर्कषण बढेकोे छ । स्थानीयवासी र विभिन्न निकाय तथा संघ संस्थाहरुको उपस्थितिमा नगरपालिकाले प्रत्येक महिनाको १ र १५ गते “ग्रिन तिलोत्तमा, क्लिन तिलोत्तमा” नारासहित नगरका विभिन्न वडा तथा सडकमार्गहरुमा सरसफाई अभियान संचालन गर्दै आइरहेको छ

अभियान अन्तर्गत फूल एवं वृक्षारोपणको कार्यसमेत हुँदै आइरहेको तिलोत्तमा नगरपालिकाका कार्यकारी अधिकृत कृष्णप्रसाद सापकोटाले बताउनु भएको छ । अभियानकै कारण छ लेनको बुटवल – बेल्हिया सडकको ग्रिन जोनमा फूल रोपिएको छ । सडकका आसपास पहिलेको तुलनमा सफा देखिएका छन् । घर आगन, चोक, गल्लीहरु पनि सफा र सुन्दर देखिएका छन् ।