हिरालाल तण्डुकार काठमाण्डौ महानगरको ११ नम्बर वडाका वडा अध्यक्ष हुनुहुन्छ । ऐन नियमले भनेको कुरा काठमाण्डौ महानगरले परिपालना गर्न सकेनौ भन्ने गुनासा हामीलाई सुनाउनुभयो । वँहासंग गरिएको कुराकानिको सम्पादित अंश प्रस्तुत छ ।
एघार वडा त काठमाण्डौं महानगरकै मुटुमै पर्छ के कस्तो योजनामा हिडिरहनुभएको छ ?
अहिले हामीले वागमति सफाईको ३५० हप्ता पुग्न लागेको उपलक्ष्यमा आठ हप्ता देखि वडाको सरसफाइमा लागेको छौ । सफा कार्यक्रम सफल गर्नका लागि वडा, आमनागरिक सबै मिलेर बृहत्त कार्यक्रम गर्न लागिपरेका छौ ।
अहिले गर्न लागेको कार्यक्रम चाहि के हो?
सुकुम्बासि बस्तिलाई सुधार्न सफा गर्नु छ । २२÷२३ रोपनि जग्गा सुकुम्बासिले ओगटेका छन । त्यसलाई पनि व्यवस्थापन गर्नका लागि हामी पहल गर्दै छौ । बिशेषगरि युएन पार्कलाई अलि सुधार्न लागेका छौ । वडाले भन्दा पनि वागमति सरोकार समाजले जिम्मा लिन जरुर छ । यो कुरा हामी माथि मन्त्रालय सम्म पुर्याएका पनि छौ ।
किन महानगरमा प्रदुषण बढेको होला?
जनचेतना नभएर हो । जनचेतना नभएर वागमति फोहोर भएको हो त्यै भएर हामी यसैका लागि पनि हामी तयारिमा छौ के गर्ने भनेर । पहिलेको तुलनामा फोहोर फाल्ने काम पनि धेरै कम भएको छ । हामी जनचेतनाको लागि लागिरहेका छौ ।
तँपाइहरु सरोकारवाला निकाय पर्नुभयो । कतिपय अवस्थामा तँपाइहरु नै ऐन नियमको खिलापमा देखिन्छ यहि हो भने त तँपाइहरुसंग आमनागरिकले किन डराउनुपर्याे? तँपाइहरु कमजोर हुनुभयो भनेर प्रश्न गर्ने थुप्रा आधारहरु छन मान्नुहुछ ?
छ एकदम मान्छु । हामी एकदम कमजोरै छौ । हामीले वागमति सफा गर्दा जुन हिसाबमा काम गर्ने भनेका थियौ त्यो कामहरु हुन सकेन म स्विकार्छु ।हामीले सकेनौ र केन्द्रले महानगरले बनाइदेको नियम कानुन पालना गराउन पालना गर्न नसकेकै हो ।
समस्याको जरो चाहि के हो त?
जनघनत्व धेरै छ । यो काठमाण्डौका मान्छेहरु जति छन नि फोहोर गर्ने मान्छेहरु उनीहरुले वागमतिलाई बुझन सकेनन ।
मेयरले पनि यो विषयमा केहि गुरुयोजना ल्याउनुपर्याे नि त ? यस विषयमा मेयरले बोलेको पनि सुनिदैन ?
यस विषयमा वँहा चाहि नि कम बोल्नुहुन्छ वँहाले पनि के गर्छ यो वडा वडाले नै गर्दियोस भन्ने चाहाना राख्नुहुन्छ । चाहाना चाहि छ यस विषयमा मेयरले त्यति ध्यान दिनु सकेको छैन र खासै काम पनि गर्नुहुन्न ।
वागमति सफा अभियान ३५० हप्ता पुगिसक्यो फाल्न रोक्ने तिर नलागेर किन यति लामो अभियान चालाइरहेको ?
पहिले जति फोहोर फाल्थ्यो नि अहिले वागमतिमा फोहोर फाल्ने काम धेरै कम भएको छ । २\४ जना मान्छे चाहि जसको काठमाण्डौमा घर नभएकाहरुले वागमति बिष्णुमतीको महत्व नबुझेका मान्छेहरुले फालेको हो । यिनिहरुले मात्र फालिरहेका छन । वडामा बसेर हामीले भनिरहेको छौ । निजि कम्पनिहरुलाई फोहोर उठाउने जिम्मा पनि दिइरहेका छौ ।
वागतिमा फोहोर फाल्ने गरेको छैन भन्नुहुन्छ भने त्यसो भए किन वागमति सफाई अभियान चलाउनुपर्याे त ?
होइन होइन त्यो त सबै पुराना फोहोर हो तँपाइ पर्सि सनिबार हेर्न आउनुस न सबै पुराना फोहोर हुन । वागमतिमा १२ वटा नदिहरुले छोएका छन । ब्राह वटा नदिले छोएर वागमति भएको हो । ति सबैले बगाएर ल्याएको फोहोर टिपेको छौ ।
फोहोरबाट आम्दानि गर्ने विषयमा केहि गुरुयोजना छैन ?
छ हामीले कौसि खेति भनेर महिलाहरुलाई तालिम दिरहेको छौ । कौसि खेति गर्ने भनेको फोहोर घटाउने हो महानगरपालिकाले वडालाई बजेट दिएको छ । हामीले वर्षमा एक दुई कार्यक्रम गर्नै पर्छ । एक पटकमा ५० जना बढिले तालिम लिनुहुन्छ ।
महानगरबाट बजेट ल्याएर कौसि खेतिको तालिम दिएर कौसि खेति गरेको उदाहरण कतै भेटनुभयो?
थोरैले मात्र काम गर्छ । ५० जनालाई सिकाउछौ त्यो सबै जनाले त काम गरेको छैन । हामीकँहा घरवालाहरुले भन्दा पनि भाडामा बस्नेहरुले तालिम लिनुहुन्छ । तालिम लिएर कोठामा जानुहुन्छ घरवालाहरुले सहयोग नगर्ने समस्या छ । घरवालाले सहयोग नगरेपछि कसरि काम गरोस घरपेटिलाई फोहोर राख्ने भाडो दियो । अब उसले चाहि नि त्यो भाडो बहालमा बस्नेलाई त फोहोर राख्न दिदैन त्यँहा उस (भाडावाल)लाई फोहोर जम्मा गर्न नदिने समस्या त यता रैछ । हाम्रो सचेतना गर्न पुगेको छैन ।
अब जागरुक महिलाहरु हुन्छन ति बहालमा बसेका हुन्छन । आफनो घर त आफै सफा गर्न पर्याै नि २० वटा कोठा हुन्छ । ६ वटा आफु चलाउछ । १४ वटा कोठा भाडामा दिन्छ १४ कोठामा २१ जना मान्छे त हुन्छ त्यँहा त्यत्रो मान्छेको फोहोर कँहा जान्छ? त्यै भएर काम हुन सकेन ।
तँपाइले आफनो तर्फबाट नँया कामको शुरुवात गर्नुभएको छ?
छैन, सकिएन आमनागरिको सहयोगविना केहि पनि हुदैन । दण्ड संजाय पनि भइरहेका छन । माइकिगं पनि गरेका छौ । अब हामी पुलिससंग मिलेर सिसिटिभि मार्फत मान्छे समात्छौ ।
फोहोर फाल्ने मान्छे अहिलेसम्म कोहि जरिवानामा परेको छ ?
छ, अहिलेसम्म आठ नौ जनाले जरिवाना तिरिसकेका छन । हामीले फेरि फोहोर फालेको देखेर उजुरि लिएर वडामा आउने मान्छेलाई पनि जरिवानाको आधा रकम दिएर पुरस्किृत गर्ने गरेका छौ । अहिले फोहोर फाल्ने मान्छे समात्न सिसिटिभि राखेका छौ,खोलामा मोटरसाइकल चढेर आयो भने समात्त्छौ ।
प्रस्तुती-पार्वती खड्का
प्रतिक्रिया