दिपाश्री निरौला भन्नुहुन्छ सडकमा धुलो कति छ भन्ने कुरो त राती बाथरुम छिरेर मात्र चाल पाउछु

दिपाश्री निरौला भन्नुहुन्छ सडकमा धुलो कति छ भन्ने कुरो त राती बाथरुम छिरेर मात्र चाल पाउछु


शहरी वातावरण स्वच्छ राख्न कालकाकारहरुले पनि विज्ञापन, सिरियलमा आफनो कलामार्फत जनचेतना दिन सक्छन भन्ने कुरा सर्वविदितै छ। त्यसैले पनि आज हामीले हास्य कालाकार दिपाश्री निरौलासंग गफ गरेका छौ । उँहा भन्नुहुन्छ एक घर एक रुख अभियान चलाउ कम्तीमा पनि काठमाण्डौंमा अक्सिजन नपाएर मर्नु त पर्दैन । यहि विषयको सेरोफोरोमा रहेर उँहासंग गरिएको कुराकानिको सम्पादित अंश प्रस्तुत गरिएको छ ।
वातावरण मानव स्वास्थ्यसंग सरोकार राख्ने विषय महानगरको वातावरणीय अवस्था व्यवस्था प्रति तँपाइको धारण के छ र?
वास्तवमा काठमाण्डौंलाई पहिले लखनपुर भनिन्थ्यो रे । लखन अनि पुर लखनपुर भनेर मजाकको हिसाबले यसो भन्थे रे । वातावरण सफा र स्वच्छ भयो भने मात्र मान्छे स्वस्थ हुने हो । मानिस एउटा सामाजिक प्राणि भइसकेपछि आफु पनि स्वस्थ हुनुपर्यो । आफनो ठांउलाई चिनाउनका लागि धुलोरहित धुँवारहित बनाउनको लागि हामीले पहल गर्ने हो । व्यवस्थाको कुरा गर्नुभयो, एअर पोलुसन नियन्त्रण गर्नका लागि ट्राफिक नियम पालना गर्नु पर्यो पहिलेको तुलनामा हर्न त कम हुदै गएको छ ।

हर्न एकदमै बजाउनैपरेको ठाँउमा मात्रै बजाइन्छ नत्र कम भएको छ । वातावरण सन्तुलन राख्न प्रदुषण नियन्त्रण गर्ने हामी आफैले हो यसका लागि त आफै पनि सजग हुन जरुरि छ । धुलोको हकमा कुरा गर्ने हो । धेरै ठाउंमा सरचनाहरु बन्ने क्रम बढदो छ । नेपालमा यस्ता संरचना बनाउदा व्यवस्थित बनाएर गरेको देखिदैन्। विदेशतिर यस्ता काम गर्दा छोपेर नो इन्ट्रिको बोर्ड लगाएर हुन्छ कि सामन्जस्य मिलाएर काम गरेको हुन्छ । तर यँहा सरकारि निकायबाट त्यस्तो काम भएको छैन । यो दुख लाग्दो कुरा हो । मान्छे एक त खानपिनले नै एककिसिमले यत्तिकै बिरामि छ । वातावरणले त झन बिरामि पर्छ । हामी प्रदुषित छौ । वातावरण स्वच्छ राख्न सक्या छैनौ । सरकारि निति नियमबाट मानवस्वास्थ्यमा अलि राहत हुन्छ । प्रत्येक नगरिक सचेत भइदियो भने मेरो विचारमा केहि पनि कुरा असम्भब चाहि देख्दिन्। मैले छैन । दिउसोभरि काम गरेर राति घरमा गइसकेपछि सफा हुन बाथ रुमममा छिर्यो भने नाकबाट मुखबाट कति कालो जान्छ त्यहिबाट थाहा हुन्छ । वातावरण कति प्रदुषित छ ।
फोहोर व्यवस्थापनमा समस्या त झेलिराखेकै छौ । तपाई हामीले यो सबै देख्दै गर्दा भोग्दै गर्दा के कुरा नपुगेको महशुश हुन्छ र?
हाम्रो हेलचक्रयाइ गर्ने समस्या छ । बाहिर चाहि राम्रो छ । यँहा छैन भन्छौ हामी । यँहा चाहि यहि नजिकै खसेको चाउचाउका खोस्टा भयो, चकलेट भयो जे पनि हामी फाल्न हतार हुन्छौ क्या । म यो देशको नागरिक हु यो मेरो दायित्व हो भन्ने हुनुपर्यो । लापारवाहि हुनुभएन । आफै चेतनशिल हुनुपर्दोरैछ । सबभन्दा ठुलो कुरा चाहि घरवरिपरि सफा हुनुपर्यो । वास्तबमै भन्ने हो भने पोखरा हेरे हुन्छ । पोखरामा फोहोर फाल्नै मान्छे डराउछन । म चाहि घरमा म आफै काम गर्छु ।आफै बढार्छु । काम गर्ने हुदै पनि आफै फुलमा पानी हालिरा हुन्छु । आफनै तरिकाले आफनो काम गर्ने हो । तपाई समाजको प्रतिष्ठित व्यक्ति भएर उभिन सक्नुहुन्छ । मलाई त्यस्तो लाग्छ । मलाई राम्रो चाहियो भने त मैले नै शुरु गर्ने हो ।
समाजिक जनचेतनका विषयमा रचनात्मक काम गर्ने अवसर कत्तिको अवसर पाउनुभएको छ र?
ठाँउ पाउदा त हामी बोलि नै हाल्छौ नि किन नबोल्नु । अलिकति सिरियस भयौ र सौच्न थाल्यौ भने त हामी त धेरै सजग हुनुपर्छ । वातवरणका कुरा फोहोरका कुरा घरवरिपरिका कुरा आफै राम्रो बनाउन जरुरि छ । मलाई चाहि कुरौटे ठाँउमा जान पनि मन पर्दैन र म जान्न । वातावरण त हेर्नू आफै सिर्जना गर्ने बिषय हो ।
चेतनशिल समाज निर्माण गर्नका लागि तँपाइ कलाकार हरु पनि सक्नुहुन्छ होला नि तँपाइहरु त झन फिल्म बनाउनुहुन्छ र?
नसक्ने भन्ने त कुरै छैन । मान्छे चन्दमा पुगिसके त्यसैले असम्भब भन्ने के छ र ? यो काममा त आमनागरिक सचेत हुन जरुरि छ । सम्बन्धीत निकाय महानगरपालिका झन धेरै सजग हुनुपर्छ । हामीले भन्दा पनि बिशेषगरि विद्यासुन्दर शाक्यलाई यो घचघच्याउन जरुरि छ । अस्ति तिर डम्पिङ साइट भएन भनेर समाचार पनि आइरहेका थिए ।
कलाकारले बोलेका कुरा प्रधान हुन्छ यो कुरा लाई ख्याल गरेर तँपाईहरुले काम गर्नुभएको छ र?
हामीले नगरेका छैनौ पहिले तितो सत्य टेलिभिजन सिररियलमा पनि धेरै एपिसोडमा यो विषयमा बोलेका छौ । फिल्ममा मान्छेले मनोरन्जन लिन आउनुहुन्छ । शन्देशहरु थुपार्न गाह्रो हुन्छ । नथापाउनेगरि राख्न सकिन्छ । शन्देशहरु यसैगरि राखेका पनि छौ । कतिपय विज्ञापन पनि बनाएका छौ । विज्ञापनमार्फत एकदम चाडै सबैको घरघरमा पुग्न पनि सजिलो छ । विज्ञापनहरु जिगंल बनाएर प्रयाप्त रुपमा सरकारले पेल्न सक्नुपर्यो ।
तँपाइको परिभाषामा स्वस्थ जनजिवनको  सुत्र के हो?
मान्छे आफैभित्र फोहोरी छ, आफैभित्र फेरि पनि सुघरि पनि छ । तँपाई हराभरा वातावरणमा बस्न चाहनुहुन्छ भने आफनै घरबाट शुरु गर्नुस भन्छु प्रत्येक दिन नुहाएपछि सफा भएजस्तै प्रत्येक दिन सफा गर्न जान्नु पर्छ हामीले । काठमाडौमा अक्सिजन नपाएर कति मान्छे मर्नूपरेको अवस्था छ त्यसैले एक घर एक रुख अभियान चलाउ न रुख काटन सरकारसंग अनुमति लिनुपरोस न अनि त नहुने के नै छ र?

प्रस्तुति-पार्वती खड्का