तपाइलाई के लाग्छ हाम्रो शरिर के ले चलेको होला ?

तपाइलाई के लाग्छ हाम्रो शरिर के ले चलेको होला ?


 

मान्छे राम्रो नराम्रो जे जे सोच्छ त्यो सबै उसको मष्तिकले अह्राएर गर्छ । मष्तिक स्वस्थ राख्न प्रशश्त अक्सिजन चाहिन्छ । यदि फोक्सो कमजोर भइदियो भने मष्तिकले प्रशश्त अक्सिजन लिन पाउंदैन र अस्वस्थ भइन्छ । वायुप्रदुषणका कारण फोक्सो र पेट, मुख क्यान्सरको समस्या हुने ब्लुलोटस अस्पतालका मेडिकल डाइरेक्टर डाक्टर सुरज कर्माचार्यले बताएका छन ।

नेपालमा क्यान्सरका बिरामी कति छन ठयाक्कै डाटा छैन तर पनि नेपाल स्वास्थ्य अनुसन्धान परिषदले सार्वजनिक गरेको एउटा जर्नलमा भनिएको छ  । नेपाल क्यान्सर अस्पतालमा मात्रै सात हजार दुइ सय बाह्र जना क्यान्सका बिरामी छन । यसमध्ये पनि महिलामा भन्दा पुरुषहरुमा बढि देखिएको छ ।  सात दशमलब तिन प्रतिशत पुरुषहरु क्यान्सर पिडित छन भने महिलाहरुमा तिन वदशमलब आठ प्रतिशत मात्रै छ । यस्तै अध्ययन अनुसार  मनिपाल हस्पिटलमा तिन सय सन्तानब्बे जना ग्यास्ट्रीक क्यान्सरका बिरामी छन ।  शिक्षण अस्पतालमा एक सय चालिस जना छन ।

कर्माचार्यको दैनिकि दम वाथ फोक्सोेका बिरामीसंगै बितेका छन । उनी भन्छन ‘मानव शरिरमा सबैभन्दा बढि अक्सिजन चाहिन्छ ब्रेनलाई शरिरको फंक्सन ज्युदो राखेको ब्रेनले हो । दमको विरामीहरुलाई लामो लामो श्वाश लिनुपर्न कारण पनि फोक्सोले काम नगरेरै हो, । कर्माचार्यले भने ‘अक्सीजन सप्लाइृ गर्ने माद्यम फोक्सो हो ।

हाम्रो शरिरको सम्पुर्ण रिमोट कन्टे्रलको काम ब्रेन अथात मष्तिकले गरेको हुन्छ । शरिरलाई अक्सीजन चाहिन्छ त्यो हावाबाट नै लिने हो । फोक्सो र मुटुको नङ र मासुको जस्तो सम्बन्ध छ ।

हाम्रो शरिरले लिएको अक्सिजन फोक्सोले लिन्छ । फोक्सोबाट शरिरलाई चाहिने अक्सीजन फिल्टर गरेर मुटुमा ट्रान्सप्लान्ट हुन्छ र मुटुले फेरि पनि फोक्सोमै फिर्ता पठाउछ र मुटुले शरिरको विभिन्न भागमा ब्लड सर्कुलेट गरिरहेको हुन्छ । यसरि हाम्रो शरिर साइकलिगं विधिबाट चलेको हुन्छ । मानवशरिरमा सबैभन्दा बढि अक्सिजन चाहिने ब्रेनलाई हो ।,

फोक्सोमै किन श्वाशप्रश्वाशको समस्या आएको होला भन्ने सवालमा कर्माचार्य भन्छन । फोक्सोले लिएको अक्सिजन  ब्लडको थ्रूबाट शरिरको विभिन्न भागमा सप्लाइ हुन्छ । ब्लडको साना हेमोग्लोविनले शरिरको होलबडि फक्सनमा अक्सिजनको ठुलो महत्व राखेको हुन्छ ।

कर्माचार्य भन्छन काठमाण्डौका हावामा कार्वनडाइअक्साइड बढि मात्रामा छ । अनुबन्धीत ग्ंयाशहरु बढि मात्रामा छ । रेफ्रिजेरेटर, गाडिका धुवाले  वातावरणमा धुलोको कणहरु अत्याधिक मात्रामा छ । यसले श्वाशप्रश्वाशमा अब्सक्ट्रसन पैदा हुन्छ । काठमाण्डौको वातावरण प्रदुषित हुनुको कारण इटटाभटा गाडि रफ्रिजेरेटर धुलो प्रदुषण नै हो ।

मान्छेलाई वायुप्रदुषणका जोखिमबाट बच्न डाक्टर कर्माचार्य यसरी सुझाउछन ‘इटटाभटा नजिकैको घरको छतमा राति ठिक छ तर भोलिपल्ट हेर्दा पुरै कालो हुन्छ । एउटा चुरोट खाने मान्छे र नखाने मान्छेको फोक्सोमा आकाश गंगाको फरक हुन्छ । त्यस्तै भटटाबाट निस्कने धुवां पनि चुरोटको धुवामा जत्तिकै  निकोटिनयुक्त  हुन्छ । चुरोट खाने मान्छेको  फोक्सो कालो हुन्छ ।

मानव स्वास्थ्यमा अक्सिजन लिने कुरामा हावा शुद्ध हुनुपर्छ । हावामा श्वाश फेर्दा स्वच्छा हावा पाइदैन दुषित हावामा बालुवाका ग्ंयाशहरु उद्योगबाट निस्कने ग्ंयाशहरु कार्वनडाइअक्साइड हुने हुंदा श्वाशप्रश्वाशको माद्यमबाट यो शरिरमा सिधै प्रबेश गर्न थाल्छ । तब रोग लाग्न थाल्छ  यति सम्झनुस कि ढोकामा कब्जा जाम नहोस भनेर तेल हालिराख्नुभयो सजिलै खुल्छ तर यसको बदलामा  बालुवा हाल्नतिर लाग्यो भने कब्जा बिग्रिन्छ त्यस्तै हो मानव शरिर पनि ।

डाक्टर कर्माचार्यलाई निस्सासीदा कुरा चाहि काठमाण्डौको वायप्रदुषण लाग्छ र भन्छन ‘काठमाण्डौमा त धुलो यति छ कि  हामीलाई डर लाग्छ कसरि बाचेका छन मान्छे सामान्य खोकि लाग्दा पनि निको हुन महिनौ लाग्ने समस्या छ ।  यसको एउटा कारण स्मोकिगं पनि हो । दमको बिरामी चिसो ठाउं पोलुसनले निको नै नहुने कण्डिसन छ । एसियाको वन अफ द मस्ट पोलुटेड सिटि हो काडमाण्डौ बाच्नै कठिन छ  ।,

कसरि नियन्त्रण गर्ने त भन्ने सवालको जवाफमा उनले भने ‘नियन्त्रण गर्ने काम हामी डाक्टरको होइन सरकारले हो ।  एअरपोलुसन मापन भन्दा २५ गुण बढि छ । काठमाण्डौ त गोपिको कचौरा जस्तो छ । हावा सर्कुलेट हुन पाउदैन । मर्निगंवाक नजानुहोस रोगहरु सर्ला भन्ने डरले माक्स लगाइन्छ  । बाटो हिडदा माक्स लगाउनुस ।  हावाप्रदुषणको कारण सबैभन्दा बढि  फोक्सोको बिरामी दमको रोगिहरु आउछन । फोक्सो कमजोर भएपछि यसले सम्पुर्ण अगंहरुलाई कमजोर पार्छ ।  नेपालमा वायुप्रदुषणका कारण मुटु कलेजो फोक्सो मष्तिकघात जस्ता नसर्ने रोगका बिरामि बढिरहेका छन  ।

-पार्वती खड्का