काठमाडौं। नेपाल खानेपानी संस्थानको कायम मुकायम महाप्रवन्धक रहनुभएका डा.भुपेन्द्र प्रसाद हिजो मंसीर १८ गते सर्वोच्च अदालतले गरेको फैसला संगै संस्थानको महाप्रवन्धक नियुक्त हुनुभएको छ ।
उहाँलाई नेपाल सरकार मन्त्री परिषद्ले गत असोज २७ गते महाप्रवन्धकको रुपमा नियुक्त गरेको थियो । सोहि निर्णयलाई कार्यान्वयनको शिलसिलामा उहाँलाई खानेपानी तथा सरसफाई मन्त्रालयले कार्तिक १६ गते पदवहालीको पत्र दिएको थियो । तर सरकारले गरेको निर्णय नियमसंगत नभएको भन्दै उहाँका विरुद्धमा कार्तिक १९ गते सर्वोच्चमा अधिवक्ता गुरुप्रसाद पोख्रेलले रिट दायर गरेपछि अर्को फैसला नहँुदासम्म मन्त्री परिषद्को निर्णय कार्यान्वयन नगराउन सर्वोच्चले स्टेअर्डर जारी गरेको थियो ।
सो रिटको आधारमा सर्वोच्चको फुल वेञ्चले मंसीर १३ गते सो स्टे अर्डरलाई फुकुवा गर्ने निर्णय गरेको थियो । सो फैसलाको प्रतिलिपि डा. प्रसादले हिजो वुझिलिनु भएको थियो । अदालती फैसलाको प्रतिलिपी वुझेसंगै उहाँ आजै संस्थानको केन्द्रीय कार्यालयमा पुगी महाप्रवन्धकको कार्यभार औपचारिकरुपमा सम्हाल्नु भएको छ ।
आज संस्थानले कार्यालय परिसरमा एक कार्यक्रमका वीच उहाँलाई भव्य स्वागत समेत गरेको छ । सो स्वागत कार्यक्रममा संस्थानको केन्द्रीय कार्यालय तथा शाखा कार्यालयसम्वद्ध अधिकारीहरु लगायतको उपस्थिति थियो । डा. भुपेन्द्र प्रसादको नियुक्ती संगै संस्थानमा लामो समयदेखिको नेतृत्वको रिक्तताले पुर्णता पाएको छ ।
प्रतिक्रिया