टोकियो– जापानमा ६० वर्ष यताकै शक्तिशाली हागिबिस आँधीका कारण ७४ जनाको मृत्यु भएको छ भने लाखौं परिवार विस्थापित भएका छन् । दर्जनौं घाइते छन् ।
आँधीबाट बढी प्रभावित जापानको शहर नगानो र टोहोकु क्षेत्रमा अन्य शहरको तुलनामा स्थानीयले भिषण वर्षा, बाढी, पहिरो, विद्युत अवरुद्ध र खानेपानीको समस्या झेलिरहेका छन् ।
जापान टाइमसका अनुसार देशको १९ प्रान्तमा १ सय ४६ पहिरो गएको र १० हजार घरहरू पहिरोबाट पूर्ण क्षति भएका छन्। सरकारले खोज र उद्धारको लागि प्रहरी, सेना र अग्नि नियन्त्रक गरी १ लाख १० हजार उद्धारकर्मी परिचालन गरेको छ । मंगलबारसम्मको तथ्यांङ अनुसार २० हजार घरधुरीमा विद्युत अबरुद्ध छ त्यसैगरी स्वास्थ्य मन्त्रालयको तंथ्याक अनुसार १ लाख २८ हजार घरधुरीले पानीको समस्या भोगिरहेका छन् ।
जापानको राजधानी टोकियोका १ हजार १ सय २६ विस्थापित परिवार सडक, पार्क र नदीको किनारामा बस्दै आएको बताइएको छ ।
मंगलबारदेखि केही रेल मार्ग सञ्चालन भएता पनि अधिकांश बन्द नै रहेका छन्। पूर्वी जापान रेल वे सञ्चालकले पहिलाको जस्तै रेलहरू सञ्चालन गर्न १० देखि १५ दिन लाग्ने बताए। मंगलबार १२ प्रान्तका २ सय ८० विद्यालय र अन्य शैक्षिक संस्था बन्द गरिएको थियो।
त्यसैगरी जापानको शहर मोटोमियाको स्थानीयले आइतबारको बाढीलाई सन् १९८६ अगस्ट ५ को बाढीसँग तुलना गरिरहेका छन्। त्यतिवेला बाढी नदीको बाँध भत्काएर बस्तीसम्म पसेको थियो। त्यसबेला पनि धेरै संरचनाहरू ध्वस्त भएका थिए । केही मानिसले उक्त क्षेत्रमा बाढी पहिलो पटक देखेको सञ्चारमाध्यमलाई बताएका छन्।
जापान संसारको यस्तो एउटा देश हो जहाँ हरेक वर्ष आँधीबाट मात्रै हजारौंको संख्यामा मानिसहरूको मृत्यु हुने गरेको छ। जापान हरेक प्रकारको प्रकोपसँग लड्न तयार/तत्पर छ चाहे त्यो भूकम्प, सुनामी होस् वा तातो हावा।
मौसम विज्ञहरूले जापानले भविश्यमा यो भन्दा खतरनाक आँधी आउन सक्ने चेतावनी दिएका छन्। अव्यवस्थित शहरीकारणले गर्दा जलवायु परिवर्तनको असर समुद्रमा पर्दै गएको विभिन्न अध्ययनले देखाएको छ। जसका कारण समुद्रको तापमान दिनप्रतिदिन बढ्दो छ।
उत्तरपश्चिमी प्रशान्त महासागर बेसिनमा ट्रोपिकल साइक्लोन पहिलेको भन्दा उत्तरसम्म अधिक तीव्रतामा बढेको अध्ययनहरूले पत्ता लगाएको छ। यसको मुख्य कारण जलवायु परिवर्तन रहेको विज्ञहरू बताउँछन्। यसले अधिक तीव्र आँधीबेहरी ल्याउने सक्ने विज्ञहरूको तर्क छ ।
सन् १९५० को शक्तिशाली आँधीमा १ हजार २ सयको मृत्यु भएको थियो । १९५० दशकदेखि अहिलेसम्म १० शक्तिशाली आँधीहरू रेकर्ड गरिएको छ । पछिल्लो दुई वर्षमा मात्रै जापानले ३ वटा शक्तिशाली आँधीको सामना गरेको छ । सेप्टेम्बरको शुरुवातमा आएको फ्याक्साइ आँधी उक्त सूचीमा परेको छ । फ्याक्साइ आँधीका कारण २ सय जनाको मृत्यु भएको थियो । आँधी हागिबिसले यो संख्या चारमा बढाउने सम्भावना धेरै रहेको छ ।
प्रतिक्रिया