प्लास्टिकमा यति हानीकारक विषादी हुन्छ जसले मान्छे मात्रै होइन बर्षेनि अर्बाै सामुद्रिक जिवहरुको ज्यान लिने गरेको तथ्य खुलेको छ । प्लास्टिक वा प्लास्टिकजन्य भाँडामा केमिकल युक्त बस्तु प्रयोग गरेर निर्माण गरिएको हुन्छ । प्लास्टिकको प्रयोग थाइल्याण्डमा अत्याधिक प्रयोग हुने गर्छ । विश्वमै बढी प्लास्टिकको झोला प्रयोग हुने देशमध्ये थाइल्याण्ड पनि एक हो ।
थाइल्याण्डमा प्लास्टिकका कारण बर्सेनि सयौँ समुद्री जीवहरूले ज्यान गुमाउने गरेको बताइन्छ । एक समय सानो भाले ह्वेल अशक्त र पौड्न नसक्ने अवस्थामा थापस्थित नहरमा फेला परेको थियो।
वातावरण अधिकारीहरूले डुङ्गा प्रयोग गरी उक्त ह्वेललाई तैरन मद्दत गरेका थिए र उसलाई घामबाट जोगाउन एउटा छहारी समेत निर्माण गरिदिएका थिए। उनीहरूले ह्वेलको स्याहारसुसार गरे पनि उसको मृत्यु भएको थियो ।
नौसेनाका जीवशास्त्री थोन थामरोङनावासोवातले एएफपी समाचार संस्थासँग शरीरमा बढी प्लास्टिक भएकाले उक्त ह्वेलको मृत्यु भएको बताएका थिए ।
प्लास्टिकले मानव स्वास्थ्यमा प्रतिकूल असर पु¥याएको हुन्छ । प्लास्टिक झोला बाल्दा निस्कने धूवाको असरले क्यान्सरजस्ता रोग लाग्ने गर्छ । स्वच्छ वातावरणमा बाँच्न पाउनु हामी आम नागरिकको नैसर्गिक अधिकार हो ।
हालैको एउटा अध्ययनले एक दशकमा समुद्रमा प्लास्टिकको मात्रा तीन गुणाले बढ्ने चेतावनी दिएको थियो।
अमेरिकी अनुसन्धानकर्ताहरुका अनुसार सन् १९५० मा प्लास्टिकको व्यवसायिक उत्पादन थालिएयता विश्वमा कुल ८ दशमल ३ अर्ब टन प्लास्टिकका विभिन्न सामाग्री बनाइसकिएको छ।
त्यो भनेको एक अर्ब हात्तीको तौल बराबर हो । क्यालिफोर्निया विश्वविद्यालका वैज्ञानिकहरुका अनुसार कूल उत्पादनको आधा प्लास्टिक विगत १३ वर्षको अवधिमा उत्पादन गरिएको थियो। त्यसको निकै कम परिमाण मात्र पुन प्रयोगमा ल्याइएको छ।
सो अध्ययनका प्रमुख अनुसन्धानकर्ता प्राध्यापक रोलन्ड गेयरको भनाइमा पृथ्वी तीव्र गतिमा प्लास्टिकको ग्रहुमा परिणत भइरहेको छ।
नेपालमा प्लास्टिक झोला प्रयोग रोक्ने मापदण्ड
३० माइक्रोनभन्दा कम तौल भएका प्लास्टिकका झोला उत्पादन बन्द गरिने वातावरण विभागका तत्कालिन महानिर्देशक दुर्गा प्रसाद दवाडिले बताएका थिए । यो बिषयले केहि समयसम्म राम्रै चर्चा पायो । फोहोरमैला व्यवस्थापन प्राविधिक सहयोग केन्द्र हाल खारेज भएको छ । यस केन्द्रले गरेको अध्ययन अनुसार, नेपालमा दैनिक करिब २०४ टन प्लास्टिकजन्य फोहोर उत्पादन हुने गरेको छ । त्यसमध्ये १३१ टनजति डम्पिङसाइट पुग्ने अनुमान गरिएको छ ।
प्लास्टिक व्यवस्थापनमा विश्वमा के कस्ता अभ्यासहरु भए
प्लास्टिकको व्यवसायिक उत्पादन शुरु भएको धेरै समय भएको छैन । करिब ६५ वर्षयता विश्वमा प्लास्टिकको उत्पादन भइरहेको छ। प्लास्टिक भित्र प्याक गरेको खानेकुरा बिश्वका ठुला र विकशित मुलुकले अभ्यासमा ल्याएका हुन । प्लास्टीकमा राखिएका बस्तु छिटो नबिग्रिने र बाहय कुराबाट बच्न सहज हुने र सस्तो पर्ने भएकाले पनि प्लास्टिक लोकप्रिय भएको अनुमान छ ।
त्यस्तो बस्तु हो जसले खाना प्याकिङ गर्ने शैलीमा नै व्यापक परिवर्तन ल्याइदिएको छ। यसले प्याकिङ मात्र होइन खानालाई सुरक्षित रूपमा उपयोग गर्न समेत सहयोग गरेको छ।
विश्वले झण्डै एक चौथाई प्लास्टिक प्याकेजिङ प्रयोजनको लागि नै प्रयोग गर्ने गरेको छ । यसले बजारिया समान किनमेल गर्ने ग्राहक र व्यापारिको कारोबारलाई अझै सजिलो बनाइदिएको छ । तर अहिले यहि प्लास्टिकको सहि व्यस्थापन हुन नसक्दा हाम्रो वातावरणमा पार्ने नकारात्मक असरको बारेमा पनि विश्व पनि जागरूक हुँदैछ।
विशेषत प्लास्टिकले समुन्द्रमा पारेको असरको बारेमा बढी नै चासो व्यक्त भइरहेको छ। प्लास्टिकले नित्याएका समस्याको बारेमा केहि समय अगाडि संयुक्त राष्ट्रसंघको वातावरण सम्बन्धी नाइरोबीमा भएको चौथो महासभामा छलफल भएको थियो । तर यस छलफले यहि गर्ने भनेर ठोस निर्णय भने गर्न सकेन । कसरि सचेत हुने भन्ने विषयमा छलफल भयो ।
वातावरण बिर्गान विश्वका केही भागमा अति नै असंवेदनशिल काम भइरहेका छन । दक्षिणपूर्वी एसियामा समुन्द्रमा फोहोरको चुहावट यति निकै भयाभव अनुपातमा पुगेको छ। त्यहाँका चार मुलुकले समुन्द्र प्लास्टिक फोहोरको ३० प्रतिशत अथवा २.४ मिलियन टन फोहोर समुन्द्रमा फालिरहेका छन्।
एसियाका खाना र पेय पदार्थ र प्लास्टिक उत्पादकहरु र यससम्बन्धी उद्योगहरूलाई यस विषयमा जानकारी नभएको पनि होइन ।
उनीहरूको यो शैलि हेर्दा र व्यवहारगत पाटो केलाउदा लाग्छ यस्ता समस्या समाधान गर्न हतासिएको छ । बिशेषगरी खाद्य उद्योग एसिया नामक संस्था र यसका सदस्यहरूले नयाँ शैली अपनाउनको लागि चासो दिइरहेको खबर बाहिरिएका छन् । एक साझा विज्ञप्तीमार्फत भनिएको थियो कि
‘हामी सामुन्द्रिक फोहोर र अन्य फोहोर व्यवस्थापनका सम्बन्धमा यी उद्योगहरू र अन्य अन्तर्राष्ट्रिय संगठन र राष्ट्रसंघका अन्य सदस्य मुलुकसँग साझेदारीलाई बलियो वनाउन चाहान्छौ,’ संस्थाको दीर्घकालीन र सञ्चारसम्बन्धी प्रमुख एडविन सेहाले भने। ‘हाम्रा सदस्यहरू प्याकेजिङमा नयाँ प्रविधिहरूको प्रयोग गर्नका लागि धेरै इच्छुक छन् एउटा उद्योगको रुपमा हामी नीति निर्माण, फोहोर व्यवस्थापन, संकलन र पुनःप्रयोगका लागि सरकारसँग नजिकबाट काम गर्न चाहन्छौ,’
खाद्य उद्योग एसियामा एकदमै नाम चलेका उद्योगहरू जस्तो युनिलिभर, दनोनो लगायतका छन् जसले फोहोर व्यवस्थापनको नयाँ प्रविधिलाई प्रवद्र्धन गरिरहेका छन्। सन् २०१८ को शुरुवातमा नै दनोनो कम्पनीको लोकप्रिय एवियन मिनरल वाटर कम्पनी सन् २०३० भित्र शतप्रतिशत रिसाइक्लिङ प्लाष्टिकबाट बनेको बोतल प्रयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको छ। युनिलिभरल भनेर एकदमै नयाँ प्रविधिको विकास शुरु गरेको छ । यो प्लास्टिकको रिसाइक्लिङको लागि प्रयोग हुने मेशिन हो ।
प्लास्टिकको आवश्यकता कि व्यापार हो ?
अर्बौ अर्ब प्लास्टिकका पाउच वार्षिक रूपमा बेच्ने र किन्ने गरिन्छ, विशेष गरी विकाशील बजारमा कम लागतमा उपभोक्तालाई बेचिन्छ जो अन्य बैकल्पिक उत्पादनमा खर्च गर्न सक्दैनन् । पुनर्नवीकरणको समाधान बिना, प्लास्टिकका लगेर ल्यान्डफिल साइट, नदी तथा समुद्रमा मिसिन पुग्छ । सिंगापुरमा अवस्थित खाद्य उद्योग एसियाको मुख्यालयमा, प्लास्टिक र अन्य ठोस फोहोरको मुद्दा पनि खाद्य उद्योग एसियाद्वारा सम्बोधन भइरहेको छ।
हजारी हसन, संयुक्त राष्ट्र पर्यावरण कार्यक्रममा सिंगापुरको स्थायी प्रतिनिधिका अनुसार ‘१९७० को दशकदेखि, सिंगापुरले ठोस फोहोर व्यवस्थापनमा फोहोरबाट ऊर्जा रणनीति अपनाएको छ। सिंगापुरको टुसा नेक्सस परियोजनाले देशमा ठोस फोहोर र प्रयोग गरिएको पानीको व्यवस्थापनमा नयाँ अध्याय सुरु गरेको छ। यस कार्यक्रम अन्तर्गत फोहोर व्यवस्थापन प्रणालीले, नष्ट नहुने फोहोर, घरेलु पुनः प्रयोग हुने फोहोर, स्रोत विभाजित खाद्य फोहोरलाई एकीकृत रुपमा टुसा जल पुनर्वितरण संयन्त्र मार्फत प्रशोधन गरिनेछ।’
उनले थपे, ‘यो संसारमा यस किसिमको पहिलो कार्यक्रम भएको छ र यसको योजना परिपत्र अर्थव्यवस्था सिद्धान्तहरूमा आधारित छ जसले समसामयिक खाना–पानी–ऊर्जा–फोहोरसँग समन्वय गर्छ। समन्वयको राम्रो उदाहरण टुसा जल पुनर्वितरण संयन्त्रमार्फत प्रयोग गरिएको पानीको लेदो र खाद्य फोहोर मिसाएर बायोग्यास उत्पादनको उपज बढाउछ।
बायोग्यास एकीकृत फोहोर व्यवस्थापनमा प्रयोग हुने र समग्र थर्मल दक्षता र ऊर्जा उत्पादनमा वृद्धि ल्याउनेछ। एकीकृत फोहोर व्यवस्थापन संयन्त्रले ऊर्जा ग्रिडमा थप बिजुली निर्यात गर्न सुविधा दिन्छ र दुबै संयन्त्रलाई ऊर्जा आत्मनिर्भर बनाउनेछ। यस्तो समन्वय माध्यमबाट सिंगापुरलेप्रति वर्ष २ लाख टन कार्बन उत्सर्जन बचत गर्नेछ।’
संयुक्त राष्ट्र पर्यावरण सेप्टेम्बर २०१८ मा शुरु भएको समुद्री फोहोर र स्वच्छ समुद्र अभियानको प्रमुख अभियन्ता हो। ग्लोबल प्लास्टिक प्लेटफर्म र प्लास्टिक प्रदूषण अन्त्य गर्न अन्तर्राष्ट्रिय प्रयासमा समर्थन गर्न शुरू गरेको हो। १२ मार्च २०१९ मा, चौथो सभामा उपस्थित प्रतिनिधिहरूले रसायन र फोहोरकोे नकारात्मक प्रभाव कम गर्न र भरपर्दो व्यवस्थापनका लागि सहमत भए।
ईयू, अफ्रिकी समूह र स्विट्जरल्याण्डले भरपर्दो व्यवस्थापनको प्रयासको काम गरिरहेको छन्। सरकार, उद्योग र निजी क्षेत्र, नागरिक समाज, वैज्ञानिक एवं सम्बन्धित निकायलाई रासायनिक र फोहोरको भरपर्दो व्यवस्थापनका लागि, लक्ष्य १२४ ९२०३० एजेन्डा रासायनको भरपर्दो व्यवस्थापनको वातावरण, दिगो विकासको लक्ष्य प्राप्तिका लागी आफ्नो जीवन चक्र भरी सबै प्राप्त गर्न वार्तामा आह्वान पनि गरिएको छ।
यस्तो प्रस्तावित नीति र विश्वको प्राथमिकतामा पर्यावरणका मुद्दाहरू छन्। जसले दीगो विकास लक्ष्य पूरा गर्न आफ्नो कार्यहरूमा सदस्य राज्यहरुलाई मार्गनिदर्शक गर्छ।
कसरी कम गर्ने ? नेपालको अवस्था
डेनमार्कले एक केजी प्लास्टिक झोलामा २२ डेनिस क्रोनर कर लगाउने नीति अपनायो यो नितिले प्लास्टिकको प्रयोगकर्ता६६ प्रतिशतले घटेको थियो ।
आयरल्याण्डले पनि आफना नागरिकलाई प्रतिझोला शून्य दशमलव १५ युरो शुल्क लगायदियो परिणम प्लास्टिकका प्रयोगकर्ता ९४ प्रतिशतले घटेको एक अध्ययनले देखाएको छ । बेलायतको लन्डनमा पनि प्रतिप्लास्टिक झोला ५ पेन्स शुल्क लिने व्यवस्थाले राम्रो प्रभाव देखाएको छ ।
नेपालमा खासै गतिलो निति नियम छैन भन्दा फरक नपर्ला प्लास्टिक झोला नियन्त्रण तथा नियमन निर्देशिका त छ यसले ३० माइक्रोनभन्दा पातलो प्लास्टिक झोला उत्पादन, बिक्री र प्रयोग निषेध गरेको कुरा उल्लेख गरेको छ तर सरकारले ल्याएको मापदण्ड कार्यान्वयन गर्न नसकिने भन्दै व्यवसायीहरुले सर्वोच्च अदालतमा उजुरि दिएका थिए ।
यो बिषय किनारा नलाग्दै प्लास्टिकका उपभोक्ता हवात्तै बढेको देख्दा व्यवसायि र प्लास्टिक उत्पादकको उजुरिमा अदालतले फैसला नै गरिदिएको जस्तो देखिन्छ । वातावरण विभागले प्लास्टिक झोला प्रयोग गरेको भेटिए ५० हजारसम्म जरिवानाको व्यवस्था गरिएको बताउदै आएको छ ।
उपत्यका भन्दा अलि बाहिरका जिल्लाहरु सफा शहरको मापदण्डमा हिडिरहेका छन जस्तै पोखरा, हेटौंडा, इलाम, दमक, पाल्पा, लगायतका नगरले कालो र २० माइक्रोनभन्दा पातलो प्लास्टिकको झोला निषेध गरेका छन् । प्लास्टिक झोला निषेध गरिएका घोराही, धरान, मेचीनगर नगरपालिकामा विस्तारै प्रयोग गर्नेको संख्या बढ्दै गएको देखिन्छ ।
प्रतिक्रिया