बालविवाह अन्त्यका लागि सरकारलाई बलियो बन्न आग्रह सहितको अभियान शूरु

बालविवाह अन्त्यका लागि सरकारलाई बलियो बन्न आग्रह सहितको अभियान शूरु


बाल विवाह अन्त्यका लागि दिगो विकाश लक्ष्य शिखर सम्मेलन २०१९ मा बालबिवाहको विषयलाई उच्च प्राथमिकता दिनका लागि नेपाल सरकार समक्ष आग्रह गर्ने उदेश्यले एक शन्देशमुलक अभियान शूरु भएको छ ।

GIRLS NOT BRIDES (गल्र्स नट ब्राइड इन नेपाल) नामक संस्थाले आज राजधानिमा पत्रकार सम्मेलन गरि यस्तो अभियान सार्वजनिक गरेको थियो । उमेर नपुगि विवाह हुन भनेको नव दुलहीको व्यक्तीगत जिवन लगभग समाप्त हुनु हो त्यसैले हाम्रो आवाजले सामाज रुपान्तरण गरोस र राज्यले पनि यहि यो एजेण्डालाई खरो रुपमा अन्तराष्ट्रिय मन्चमा राख्नुपर्ने लगायतका धारणा सहित संस्थाले आजै एक विज्ञप्ती पनि सार्वजनिक गर्याे । ।

वाल विवाहले सिंगो समाज र परिवार बिथोलेको हुन्छ यसले दिगो विकाशको लक्ष्य पुरा गर्न समस्या ल्याउने भएकाले वालविवाह विरुद्धकाके अभियानमा सक्रिय रुपमा यस अभियान लिएर लागिपरेको संस्थाका पदाधिकाहरु संस्थापकहरुले बताएका छन ।

 

हुन पनि २०१६ को तथ्याकं अनुसार ३९ प्रतिशत बालबालिका वालविवाहको शिकार भएका छन । वाल विवाह विभिन्न कारण बाट हुन सक्छ । घरपरिवारले विवाह दर्ता गराउदा कानुनि समस्या छलेर गराउने भागि विवाह लगाएतका कारण सतहि रुपमा हेरेर पत्ता लगाउन अप्ठेरो भएकाले सहि तथ्यांक पत्ता लगाउन नसकिने र यो एक सामाजिक समस्या नै भएको सहभागिहरुले बताएका छन ।