आजको मौसम हेर्नूहोस

आजको मौसम हेर्नूहोस


अहिले काठमाण्डौको तापक्रम १९ डिग्रि सेल्सियस रहेको छ भने हल्का वर्षा भइरहेको छ । मनसुनी न्यून चापीय रेखा (Axis of the Monsoon Trough) को पश्चिमी भाग औसत स्थानको आसपासमा रहेको छ र पुर्वी र मध्य भाग औसत स्थान भन्दा थोरै उत्तर तर्फ रहेको छ। साथै, भारतको मध्य प्रदेशको उत्तर पश्चिमी भागमा र उत्तर प्रदेशको दक्षिणी भागमा एउटा निम्न चापीय प्रणाली अवस्थित छ ।

बंगालको खाडिबाट अएको जलवाष्प युक्त हावाको प्रभावका कारण देशभर मनसुनी गतिबिधि बढिरहेको छ ।  तलको नक्शामा मनसुनी न्यून चापीय रेखा (Axis of the Monsoon Trough) को औसत स्थान देखाइएको छ। दिउँसो  देशभरी सामान्य देखि पुर्ण बदली रही पश्चिम तथा मध्य भुभागका धेरै स्थानमा र बाँकी भू-भागहका केही स्थानहरुमा मेघ गर्जनरचट्टयांग सहित हल्का देखि मध्यम वर्षाको हुनेछ। देशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना  बढेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।