काठमाण्डौं । आजभोलि उपत्यकामा एकछिनमा धुलाम्मे सडक एकै छिनमा हिलाम्मे हुन्छ कतिबेला पानी पर्छ कति बेला घाम लाग्छ मेसो पाउन गाह्रो छ, यो मौसम परिवर्तनको असर हो । मौसम परिवर्तन हुनुको मुख्य कारण जलवायु परिवर्तन हो ।
जल वायु परिवर्तनले मौसमलाइ मात्र होइन मानव स्वास्थ्यमा पनि उत्तिकै हानि गरेको छ । तराइमा लाग्ने कालाजार, जापनिज इन्से्फलाइटिस, मलेरिया जस्ता रोगहरु बिस्तारै पहाडि र हिमाली जिल्लामा सर्दै गइरहेको छ ।
नेपालको ५÷६ वटा तराइका जिल्लामा मात्र सिमित यस्ता रोगहरु अहिले ७२ वटा जिल्लामा फैलिसकेको छ ।
सन २०१६ को अध्ययन प्रतिवेदन अनुसार १ डिग्रि एयर टेम्परेचर बढदा ४.४ प्रतिशत झाडापखालाको बिरामी बढेका छन ।
‘२०१६ मा भएको एक अध्ययन अनुसार १ डिग्री तापक्रम बढदा २५ प्रतिशतले मलेरियाको बिरामी बढेको नेपाल स्वास्थ्य अनुसन्धान परिषदका प्रमुख अनुसन्धान अधिकृत डाक्टर मेघनाथ धिमालले बताएका छन ।
धिमाल भन्छन, ‘घाम लागेको छ अब एक घण्टा पछाडि पानी पर्छ यो मौसम परिवर्तन हो, तर लामो समयको अन्तरालमा आएको परिवर्तन चाहिं मौसम परिवर्तन नभएर जलवायुु परिवर्तन हो ।’ जलवायु परिवर्तनको असर मानव स्वास्थ्यमा प्रत्यक्ष असर पार्छ ।’
नेपालमा मात्र नभइ जलवायू परिवर्तनको असर विश्वव्यापी रुपमा छ । विभिन्न कालखण्डमा थरिथरिका रोगहरु भित्रिरहेका छन ।
हुनत यो कुनै एक ठाउंको मात्र समस्या होइन न त रोगव्याधिको कुनै दायरा हुन्छ पबमेड नामक एक सन्चारमाद्यममा प्रकाशित समाचारअनुसार यात्राका क्रममा हिडडुल गर्दा होस या अन्य कारण मलेरियाका कारण अमेरिकामा पनि कुल जनसङख्याको ५.९ प्रतिशत वार्षिक मृत्यू हुने गरेको विवरण उल्लेख गरिएको छ १९७९ देखि १९९८ सम्मको अनुसन्धानले यस्तो देखाएको हो ।
जलवायु परिवर्तन सम्बन्धी अध्ययन १० देखि २० वर्षको अन्तरालमा गरिन्छ । नेपालमा पनि १९७१ देखि २०१५ सम्म १० वर्षकै अन्तरालमा गरिएको थियोे । गत वर्ष मात्रै गरिएको अध्ययन प्रतिवेदनले नेपालको तापक्रम १ वर्षमा ०.५६ का दरले बढिरहेको जल तथा मौसम विज्ञान विभागका निर्दैशक क्रषिराम शर्माले जानकारि दिएका छन ।
उनले भने, ‘त्यो पनि ग्यारेण्टिका साथ भन्न सकिन्छ, ‘यहि अनुपातमा जाने हो भने १०० वर्षमा ५.६ डिग्रिका दरले तापक्रम बढने छ ।’
किन हुदंैछ जलवायु परिवर्तन
‘शुरुवातमा पृथ्वीको तापक्रम ३० डिग्रि थियो । प्राकृतिक जलवायू परिवर्तनका कारण तापक्रम बढदै गयो, तब मात्र मानव जनजिवन सम्भब भएको हो । विस्तारै मानविय क्रियाकलापका कारण जलवायुमा असर परेको छ, जसले गर्दा अत्याधिक तापमान बढन थालेको विभागका ‘निर्देशक शर्माले बताए ।
शर्मा भन्छन, ‘पुराना औद्योगिक मेशिनले क्लोरोफलोारोकार्वन नामक ग्यांश उत्सर्जन गर्छ, ‘२० औ वर्ष पुराना फ्रिज गाडि तथा पेट्रोलहरु लेडयुक्त्त हुन्छन’ यसले पृथ्बीको सतहको २५ देखि ५० किलोमिटर माथि रहेको ओजोनलेयरलाइ छिटो नष्ट गर्छ ।’
ओजोनलेयरमा छिद्र भएपछि यसको असर तापक्रम बढनुमा मात्र सिमित हुदैन, सुर्यको हानिकारक विकिरणहरु पृथ्बीमा सोझै आइपुग्छ जसको असर मानब स्वास्थ्यमा पर्छ ।’
‘विभागका निर्देशक शर्मा भन्छन, ‘३ वटा अक्सिजन ग्यांश मिलेर ओजोन लेयर बन्छ भने २ वटा अक्सिजन (ओटू) मिलेर अक्सिजन ग्याँश मात्र बन्छ जुन हामीलाई श्वासप्रश्वाशको लागि चाहिन्छ मात्राका हिसाबमा हरितगृह ग्याश नाइट्रोजन अक्सिजन खासै बढेको छैन ।’ यि ग्याँशहरुले सुर्यको पृथ्वीसम्म आइपुग्ने हिटलाइ होल्ड गर्न सक्दैनन, नाइट्रोजन, अक्सिजनहरुमा खास परमाणु चलायमान हुदैंनन त्यसैले पनि यस्ता ग्याँशहरु घटबढ हुँदा पनि तापक्रम बढनुमा खासै फरक पर्दैन ।’
भविष्यमा के होला?
वातावरणविद भुषण तुलाधरका अनुसार, ‘जलवायु परिवर्तनको मुख्य कारक नै मानविय क्रियाकलाप भएको बताए’ यो कुनै एक राष्ट्र नेपालले मात्रै चाहेर सम्भब हुदैन ।’
‘नेपालमा इन्धनको खपत घटायर विद्युतको प्रयोग गर्न सके यसको असरबाट बच्न सकिने विज्ञ तुलाधर सुझाउछन ।’
‘संरचनाहरु निर्माण गर्दा जमिनमा क्रंक्रिटको अत्याधिक प्रयोगले जमिन टालिदैं गएको छ जसको असरले वर्षातको अनुकुलन पानिको जोहो हुन सक्दैन ।’
उनि भन्छन, अनावृष्ट्रि अतिवृष्ट्रि जस्ता समस्याले गर्दा हामी बिस्तारै अन्धकारतिर धकेलिरहेका छौ, हिमालमा हिउं सकिन्छ र बर्षायाममा पानी परिरहन छाडछ, एकपटक पानी पर्छ बाढिले तहसनहस बगाउने गरि, पानीलाइ देखाएर हाइडेपावर बनाउने काम बन्द हुन्छ, मनसुनमा गडबढि जस्ता समस्या आइरहन्छ ।’
‘नहर खहरे खोलानाला सुक्छन, सिंचाइ बन्द हुन्छ, बनजगंल नष्ट हुदैं जान्छ विजुलि बन्द हुन्छ ।’
‘अक्सिजन फाल्ने रुखविरुवा हो त्यो पनि नभएपछि प्राणिहरुको अबस्था भनेको रोगव्याधिबाट निसास्यिर मर्नुबाहेक अरु उपाय केहि हुन सक्दैन ।’
-पार्वती खड्का
प्रतिक्रिया