नेपाल खानेपानी संस्थानले खानेपानीको महशुल दोब्बर बढाउने तयारि गर्दै

नेपाल खानेपानी संस्थानले खानेपानीको महशुल दोब्बर बढाउने तयारि गर्दै


नेपाल खानेपानी संस्थानका महाप्रबन्धक भुपेन्द्र प्रसाद र ग्रिन सिटि पोष्टका संवादाता बिच खानेपानी संस्थानका कार्यअबस्था र समसामयिक विषयमा भएको कुराकानिको सम्पादित अंश प्रस्तुत गरेका छौ ।
प्रश्न-अहिले संस्थानले के के काम गरिरेहेको छ ।
उत्तर-नेपाल खानेपानीको कार्यक्षेत्र अहिले देशभरका २४ वटा शहरमा छ । हामी यि शहरमा ६ घण्टा १५ घण्टा २२ घण्टा आदिको फरकमा पानी वितरणको काम गरिहेका छौ । देशभरका शहरी क्षेत्रमा खानेपानी संस्थानले सेवा गरिरहेको छ । अहिले हाम्रो पहुच देशभरको ८० प्रतिशत भुभागसंग मात्र छ । नगरवासीलाइ खानेपानीको सेवा सुविधा पुर्याउने काम गरेको छ । एक घर एक धारा हाम्रो नारा हो यहि बमोजिम हामी काम गरिरहेका छौ ।
प्रश्न-गा्रमिण भेगमा पनि खानेपानीको अभाब त छ तर किन संस्थानको प्राथमिकतामा परेन ?
उत्तर– नेपाल खानेपानी संस्थान सरकारले तोकिदिएको मापदण्डभित्र छ । हाम्रो कार्यक्षेत्र बिस्तार भइरहेको छ । हामी तिनवटा चरणबाट हाम्रो कामको योजना कार्यन्वयन गरिरहेका छौ ।
कार्यसन्चालन भित्र महशुल उठाएर कर्मचारिको तलब,पाइपलाइन, मर्मतसम्भार जस्ता काम सम्पन्न गर्छाै । अझ नेपाल सरकारले संस्थानलाई दिएको अनुदानको ब्याज तिर्नुपर्ने बाध्यता छ । अब दोस्रो चरण भनेको बिकाश निर्माणको काम छ । यसमा हामी पानी उत्पादन भण्डारण र वितरणको काम गरिरहेका छौ ।
तेस्रो काम आन्तरिक स्रोत व्यवस्थापनको काम गरिरहेका छौ । हालै पोखरामा जापान सरकारले पांच अर्ब अनुदान दिएको छ ।
बुटवलमा अर्काे योजना छ । यो बुटबल केन्द्रित योजना पनि हो । जसमा झुम्सा खोलाको पानी आगामि १५ बर्षसम्म दैनिक ३ करोड ३२ लाख लिटर पानी उत्पादनको काम अगाडि बढाएका छौ ।

प्रश्न- खानेपानीको अभाव न्युनिकरण गर्न र अबको योजना के के छ ?
उत्तर– नेपाल खानेपानी संस्थानले संस्थानको लोगोसहितको मिनरल वाटरको बोत्तल र जार उत्पादन गर्ने कामको तयारि गर्दैछ । यो लिटरको ३ रुपैंया मात्र पर्न जान्छ । हाम्रो वितरण पुरानै शैलिबाट पाइपलाइन बाट पनि भइरहनेछ । अहिले खानेपानीको महशुल १००००(दस हजार) लि को रु ११०  मात्रै छ तर अब दुइ सय बिस बढाउने प्रस्ताब पेश गरेका थियौ तर २१० मात्रै पारित भइदियो ।