६ मंसिर, काठमाडौं ।प्रतिनिधिसभाको चुनावमा पराजित भएका एमाले नेता वामदेव गौतम र माओवादी नेता नारायणकाजी श्रेष्ठलाई संघीय संसदमा प्रवेश गर्ने ढोका संविधानले बन्द गरेको छैन । उनीहरु राष्ट्रियसभाको सांसद बन्न सक्छन् ।
तर, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ मन्त्री वा उपप्रधानमन्त्री बन्न सक्छन् कि सक्दैनन् ? यसबारे संविधानले के भन्छ ? चुनाब हारेका व्यक्तिलाई मन्त्री बन्ने सुविधा संविधानले दिएको छ कि छैन भन्ने चासो निर्वाचन सकिएसँगै धेरै मानिसहरुमा देखिन थालेको छ ।
संविधानको धारा ७८ मा ‘संघीय संसदको सदस्य नभएको व्यक्ति मन्त्री हुन सक्ने’ उल्लेख छ । सो धाराको उपधारा १ मा भनिएको छ- ‘राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसमा संघीय संसदको सदस्य नभएको व्यक्तिलाई मन्त्री पदमा नियुक्त गर्न सक्नेछ ।’
प्रतिक्रिया