काठमाडौं । लिभिङ विथ आइसिटीको आयोजनामा साउन ३२ मा हुन लागेको चौथो संस्करणको ‘आइसिटी अवार्ड २०१९’ अन्तर्गत ९ विधामध्ये ३ विधाका शीर्ष ११ को घोषणा गरिएको छ । ११ सदस्यीय निर्णायक समूहले विभिन्न चरण र छनोट प्रक्रियामार्फत् शीर्ष ११ को टुंगो लगाएको हो ।
यी ३ विधाअन्तर्गत स्टार्टअप आइसिटी अवार्ड, प्रडक्ट आइसिटी अवार्ड र राइजिङ स्टुडेन्ट आइसिटी अवार्डका उत्कृष्ट ११ प्रतिष्पर्धीको नाम सार्वजनिक गरिएकाे जानकारी जुरी समूहले दिएकाे छ । आइसिटी स्टार्टअप अवार्ड २०१९ अन्तर्गत विभिन्न ९ विधाका लागि १ सय ५० बढीले अनलाइन आवेदन दिएका थिए । सेल्फ नोमिनेशनबाट प्राप्त आवदेन, डकुमेन्ट र प्रोफाइलको अधारमा स्टार्टअप आइसिटी अवार्ड, प्रडक्ट आइसिटी अवार्ड र राइजिङ स्टुडेन्ट आइसिटी अवार्डको लागि उत्कृष्ट ११ को छनौट गरिएको हो ।
यसअन्तर्गत शीर्ष ११ मा सफल स्टार्टअप कम्पनीमा एडमाना टेक्नोलोजी, सिनिकल टेक्नोलोजी प्रालि, ई–डिजिटल नेपाल प्रालि, हाम्रो टेक्नोलोजी प्रालि, खाली सिसी प्रालि, किताब यात्रा प्रालि, यति बुक्स स्टोर, टायर ट्रिजर्स, युजी केक्स प्रालि, उनेल्मा प्लाटफर्म र वाकम्यान ‘ग्रिन क्वेन्स’ रहेका छन् । स्टार्टअप आइसिटी अवार्डमा ३० भन्दा बढीको नोमिनेशन प्राप्त भएको थियो । पहिलो चरणमा क्राइटेरियामा परेका कम्पनीहरुलाई छनाेट प्रक्रियामा समावेश गरिएको थियो ।
प्रतिक्रिया