ग्रामीण पर्यटन प्रवर्द्धनमा महिला व्यवसायी

ग्रामीण पर्यटन प्रवर्द्धनमा महिला व्यवसायी


महिला पर्यटन व्यवसायी मञ्च ९ओटेफ०ले ग्रामीण पर्यटन प्रवर्द्धनका लागि लमजुङको घलेगाउँ र भुजुङ भ्रमण गरेको छ । गण्डकी प्रदेश सरकारले घोषणा गरेको आन्तरिक भ्रमण वर्ष २०१९ र नेपाल सरकारले सन २०२० लाई घोषणा गरेको नेपाल भ्रमण वर्ष कार्यक्रमलाई समेत सफल पार्नर् ेउद्देश्यका साथ आयोजित दुईदिने भ्रमणबाट ग्रामीण पर्यटनका बारेमा बुझ्न निकै उपयोगी भएको ओटेफका अध्यक्ष जमुना पराजुलीले बताए ।
सामूहिक एकता र सहकार्यबाट पर्यटन क्षेत्रलाई विस्तार गर्न सकिने र पर्यटकको बसाइ लम्ब्याउन सकिन्छ भन्ने धेरै कुरा घलेगाउँको अवलोकनबाट सिक्न पाएको उनको भनाइ थियो । “सार्कको नमूना गाउँ घलेगाउँ सामूहिक भावना र संस्कार संस्कृतिमा निकै धनी रहेछ ।” सार्क नमूना ग्रामका रुपमा विकास भएको र स्मार्ट भिलेजका रुपमा विकास हुँदै गरेको घलेगाउँका बारेमा बुझ्न र शहर अनि गाउँका बीचको अनुभव आदानप्रदानले पर्यटन क्षेत्रमा टेवा पुग्ने उनको भनाइ थियो ।
वर्ष दिन काम गरेर ६ महिना पनि छाक टार्न धौ धौ हुने दिनको स्मरण गर्दै स्थानीयवासी शिक्षासेवी यमुना घलेले भने, “घलेगाउँमा घरबास कार्यक्रम शुरु भएपछि गाउँको जीवनमा सकारात्मक परिवर्तन आएको छ ।”
क्वहोलासोथार गाउँपालिका ४ भुजुङका जनप्रतिनिधि गङ्गा घलेले विसं २०५७ मा मन्त्रिपरिषद् बैठकले सार्क राष्ट्रको नमूना गाउँ घोषणा गरेपछि घलेगाउँले अन्तरराष्ट्रिय चर्चा पाएको स्मरण गरे । घले गाउँमा आन्तरिक तथा बाह्य पर्यटकका लागि पर्यटकको रोजाइ बन्दै गएको उनको भनाइ थियो ।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रतिनिधि गोपाल भण्डारीले घलेगाउँसहित अन्य घरबासले आन्तरिक र बाह्य पर्यटक भित्र्याउँदै प्रदेशकै अर्थतन्त्र उकास्ने बताए । कार्यक्रम संयोजक शारदा भुजेलले भ्रमणमा ५० व्यवसायी महिलाको सहभागिता रहेको जानकारी दिँदै भ्रमण निकै फलदायी भएको बताउनुभयो । ओटेफका सचिव उमा भण्डारीले आगामी दिनमा पनि पर्यटन प्रवर्द्धनका कार्यक्रमलाई निरन्तरता दिँदै जाने बताए ।