काठमाडौँ, चन्द्रागिरि नगरपालिका–१२ बलम्बुमा खानेपानी ट्याङ्कीको आज शिलान्यास गरिएकोे छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता कृष्णगोपाल श्रेष्ठले शिलान्यास गरेका हुन । शिलान्यासपछि श्रेष्ठले ट्याङ्की बने लगत्तै घरघरमा धारा जडान गर्न डिपिआर तयार गर्न निर्देशन दिनुभयो । उहाँले आफूले सक्दो सहयोग गर्ने बताए । उनले बलम्बु पर्यटकीय सहर बन्नेमा दुविधा नरहेको बताए । तीन लाख लिटर क्षमताको पानी ट्याङ्की रु ५५ लाख ७३ हजारको लागतमा निर्माण हुन लागेको उपभोक्त समितिका सचिव अन्ताज नकर्मीले जानकारी दिए ।
प्रतिक्रिया