कसले के लेख्यो हेर्नै नपाई कालो मसिले छोपि दियौ किन
म जाबो खुटामा जुत्ता पनि नहुनेलाई टोपी दियौ किन ?
नपाउन्जेल स्वाद मानेर चपायौ तिमिले
पाएपछि छि छि भन्दै ओकेलेर थुकिदियौ किन?
भनेकै त थिए नि कृपया खै बाटो छोडिदेउ
नमानेर बिचमा काडै बारेर रोकि दियौ किन ?
तिमि आफैले न रोपेका हौ त त्यो विरुवा
फल मन परेन भन्दै जुठो हालेर टोकि दियौ किन?
तिम्रो घर लिलाम छ बारि बाझै छोडेर
तिल फुलेको अर्काको दिल जोति दियौ किन?
-पार्वती खडका
प्रतिक्रिया