पाल्पा, डोजरले सडक खन्दा रैनादेवी छहरा गाउँपालिका–५, मुझुङ्गकोे खानेपानीको मुहान पुरेपछि त्यहाँका बासिन्दा समस्यामा छन् ।
उक्त गाउँपालिकाको वडा नं। २, वडाबाट वडा नं। ४, तान्सिङगलसम्म रू १० लाख लगानीको लागतमा मोटरबाटो विस्तार गरिएको थियो । सडक विस्तारका क्रममा डोजरले माटो र ढुङ्गा फाल्दा खानेपानीको मुहान पुरिएकाले समस्या भएको स्थानीयवासी नुरबहादुर बुढाथोकीको गुनासो थियो । अर्कास्थानीयवासी गोविन्द भण्डारीका अनुसार मुहान पुरिँदा मुझुङ छेउफानका ६० घरधुरीमा खानेपानीको समस्या भएको छ । सडक विस्तारका क्रममा खानेपानीका मुहान पुरिएपछि पानीको समस्या चर्केको बताए ।
जथाभावी माटो र ढुङ्गा फाल्दा वातावरणमा पनि ठूलो असर परेको उनको भनाइ थियो । वर्षाका बेला फालिएको माटो बग्दा पहिरोसमेत जानसक्ने आशङकाले स्थानीयवासी चिन्तित छन् । मोटरबाटो उपभोक्ता समितिका अध्यक्ष हरिप्रसाद पोखरेलले बाटोे विस्तारका क्रममा देखिएका समस्या दुई पक्षबीचको छलफलबाट समाधान गर्न सकिने बताए ।
प्रतिक्रिया