भक्तपुर, भक्तपुर नगरपालिकाको अनुगमन टोलीले म्याद नाघेको सामान बिक्री गर्ने पसलको सबै अखाद्य वस्तु नष्ट गरी पसल गोदाममा शिलबन्दी गरेको छ । भक्तपुर नगरपालिका–१ चुनदेवी स्थानमा रहेको चुनदेवी किराना पसलमा अनुगमन टोलीले आज छापा मार्दा प्रकारका म्याद नाघेका खाद्यान्न पदार्थ भेटेपछि नष्ट गरेर पसल शिलबन्दी गरेको अनुगमन टोलीका संयोजक राजकृष्ण गोराले बताएका छन ।
पसल दर्तासमेत नभएको पाइएको थियो । पसल फोहर भएको, म्याद नाघेको विभिन्न ब्राण्डका विस्कुट, तोरीको तेल, सुजीको पिठो, जिरा मसला, आटालगायतका विभिन्न ब्राण्डका म्याद नाघेका खाद्य पदार्थ टोलीले नष्ट गरेको छ ।
अनुगमन टोलीले गोदाममा रहेको म्याद नाघेको तेल, घ्यू, चामल, आटालगायत सामान रहेको गोदाममा शिलबन्दी गरी तत्काल नगरपालिकामा सम्पर्क गर्न निर्देशन दिएको वडा निरीक्षक रामकृष्ण प्रजापतिले बताएका छन ।
प्रतिक्रिया