मौसमि घटनाको असर कृषिक्षेत्रमा

मौसमि घटनाको असर कृषिक्षेत्रमा

ग्रिनसिटि संवादाता


कृषकहरुको मानो खाएर मुरि उब्जाउने सिजन हो अहिले तर मानो खाएर पसिना बगाएका कृषकहरुको मुरि भने खेतमै अलपत्र परेको छ । खेतमा पहेलपुर काटेको धान भित्रयाउन नपाँउदै बर्षाले छपक्कै छोप्यो । मनसुन कसरी र किन फर्कियो होला भनेर न ति कृषकहरु जानकार छन न त विज्ञहरु नै । मौसमबिद बिभुति पोखरेलले केहि समय अगाडि मनसुन नेपालबाट बाहिरियो भनेको सेलाउन नपाउदैँ फेरि लगाातार वर्षा ओइरिरह्यो ।

विश्वव्यापी रुपमा कृषिजन्य खाद्य प्रणाली यसैबेला “सबैभन्दा धेरै प्रभावित हुने क्षेत्र”को रूपमा चिनिन थालेको छ।फुड एण्ड एग्रिकल्चर अर्गनाइजेशन एफएओ द्वारा जारी गरिएको पछिल्लो प्रतिवेदनले कृषि क्षेत्रले जलवायु निर्मित “क्षति र हानि” को सबैभन्दा ठूलो भार बेहोर्नुपरेको जनाएको छ।

वाष्पीकरण दरको वृद्धि, वर्षातको बाढि, मौसम परिवर्तन, अधिक तापक्रम तथा चरम मौसमि घटनाहरूले कृषिमा प्रत्यक्ष र अप्रत्यक्ष असर पुर्‍याइरहेको छ । त्यसो त माटो शुष्क हुने, कीरा रोगको संक्रमण बढ्ने, सिंचाइको स्रोत अवरुद्ध हुने जस्ता समस्याहरू पनि उत्पन्न हुन थालेका छन् भनेर कृषकहरु आफै बेला बेलमा गुनासो पोखिरेहेका हुन्छन् । ।

अध्ययनहरूले देखाएका छन् प्रति एक डिग्रि तापमान वृद्धिले मुख्य अन्नबालीहरुको उत्पादन लगभग ४ दशमलब ४ ले घट्ने अनुमान गरिएको छ । केहि त यस्ता देशहरू पनि छन जसले कृषि प्रणालीमा पहिले देखि नै नै तनाव मात्रै भोगिरहेका छन् । ति विपन्न मुलुकका लागि जलवायुको असर अझ गम्भीर हुंदै जाने देखिन्छ ।
त्यस्तै, अर्गनाइजेशन इकोनोमिक कोअर्पेरेशन डेभलपमेण्टले जनाएको छ कि कृषिमा तापक्रम र वर्षा प्रणालीको परिवर्तनले उत्पादन मात्र होइन, अन्नको गुणस्तर तथा आपूर्तिमा पनि असर पुर्‍याइरहेको छ । न त ती क्षेत्रहरूका किसानहरूसँग पर्याप्त स्रोत र प्रविधि नै उपलब्ध छन् ।

खाद्य सुरक्षा, किसानहरूको जीविकोपार्जन र समग्र मानव कल्याणसँग जोडिएको आधारभुत आवश्यकता हो । एक वकिलले यसलाई यसरी भनेका छन् कि कृषिखाद्य प्रणालीहरु अहिले जलवायु परिवर्तनको सबैभन्दा अगाडिको पंक्तिमा उभिएको छ – हामीले यसलाई प्राथमिकता दिनु पर्छ।”
तर आशा पनि छ पक्कै कृषिमा नँया सम्भावनाको डोकाहरु पनि खुल्नेछ । जहाँ कृषि प्रणाली लचिलो बन्दैछ। साना किसान, प्रविधि प्रयोगकर्ता र नीति निर्माताहरूले ‘विविध बाली’, ‘उचित सिंचाइ’ र ‘जलवायु–स्मार्ट कृषि’ जस्ता उपायहरू अपनाउन थालेका छन्।

यदि हामीले कृषि र खाद्य प्रणालीलाई जलवायुको चुनौतीसँग जुद्ने अवस्थामा लैजान सक्नुपर्छ । नयाँ निवेश, प्रविधि हस्तान्तरण, सक्षम कृषि पद्धति र खोलापानी स्रोतको संरक्षणलाई आजैबाट जिँउदो राख्न जरुरी छ।