काठमाण्डौ लगाएतका पहाडि जिल्लाहरुमा वर्षा अझैं बाक्लिदै

काठमाण्डौ लगाएतका पहाडि जिल्लाहरुमा वर्षा अझैं बाक्लिदै

ग्रिनसिटि संवादाता


देशका विभिन्न भागहरुमा बर्षको क्रम बाक्लिएको छ । आगामी २४ घण्टामा वर्षा, बाढी तथा पहिरोको उच्च जोखिम जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । विशेष गरेर पश्चिम नेपालका पर्वतीय र हिमाली जिल्लाहरुमा वर्षा तीव्र हुने सम्भावना देखिएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार, तराई बेल्ट र मध्यपहाडी क्षेत्रहरुमा हल्का वर्षा तथा रातिपछि केही स्थानमा चट्याङका साथ मध्यम वर्षाको पनि सम्भावना रहेको छ। नदी तथा स–साना खोला आसपास बसोबास गर्ने मानिसहरुलाई तत्काल सुरक्षित स्थानमा सर्ने तथा पानी निकासीका माध्यम चेक गर्ने राष्ट्रिय विपद तथा जोखिम न्युनिकरण समितिले सुझाएको छ।

यातायात र आवागमनको दृष्टिले पनि सतर्क रहन म्ज्ःले भनेको छ। वर्षा र तापमान परिवर्तनका कारण सडकमा सिलबन्दी, बाढी वा बाँधिएका पानीका कारण यात्रा अवरुद्ध हुने जोखिम बढ्नेछ। ठाउँ(ठाउँमा गरिएका बाढी पूर्वानुमान तथा पहिरो चेतावनी सूचनामा सबैले ध्यान दिनुपर्ने समितिले भनेको छ।

आजदेखि मौसम परिवर्तन हुने भएकाले बाहिर निस्कनु अघि मौसम अपडेटको जानकारी लिनुपर्ने हुन्छ । समग्रमा, अहिले मौसम सामान्य स्थितिमा भने नभए पनि आरम्भिक सतर्कता अपनाउनु महत्वपूर्ण ठहरिएको छ ।