विश्वका बौद्धिक वैज्ञानिकहरूले लामो समयदेखि प्रश्न उठाउँदै आएका छन् कि अन्तरिक्ष किन तीव्र गतिमा फैलिरहेको छ, र त्यो गतिलमई कसले रोक्न सक्ला? अर्थात रोकेर रोकिने हो कि होइनहोला? यो मनोवैज्ञानिक प्रश्न सबैको मष्तिकमा घुमिरहेको हुन सक्छ । हालैका अनुसन्धानहरूले देखाएको छ कि पृथ्वी फैलनलाई वा गति दिन डार्क एनर्जि नामक एक अदृश्य शक्तिको भुमिका छ । जुन सृष्टिको लगभग ६८ देखि ७१ प्रतिशत ऊर्जा वस्तु ओगट्ने शक्ति हो।
क्यालिफोर्निया स्थित डार्क एनर्जि स्पेक्ट्रोस्कोपिकद्वारा गरिएका अवलोकनअनुसार पृथ्वी स्थिर छैन, यो त समयसँग बदलिँदै गएको छ । पहिले जसलाई “कस्मोलोजिकल कस्स्टयान्ट ” भनिन्थ्यो । त्यसलाई नै स्थिर शक्ति मानिन्थ्यो । तर अब त्यसको परिभाषा फेरिएको छ ।
वैज्ञानिकहरू भन्छन् कि यदि डार्क एनर्जि बदलिँदो प्रकृतिमा नै छ भने, सृष्टिको भविष्य र विस्तारको गति पनि उहि रफतारामा निर्धारण हुने गर्छ।
युनिभर्सिटि अफ सिकागोका खगोलशास्त्री माइकल टर्नरले भनेका छन्, “मलाई लाग्छ, डार्क एनर्जी विज्ञानकै सबैभन्दा गहिरो रहस्य हो।”
यो वाक्यांशले वैज्ञानिक चुनौती र मानव ज्ञानका सीमाहरूको चेतावनी माथि एक अर्काे रहस्यको घर बनाएको छ । यदि हामी डार्क एनर्जिको वास्तविक स्वरूप थाहा पाउँन् सृष्टिको अन्त्यबाट लिई वर्तमान अन्तरिक्ष समय संरचना, आकाशगङ्गाहरूको विकास र उज्यालो र अँध्यारो वस्तु ऊर्जा बीचको सम्बन्धलाई अझ राम्रोसँग बुझ्न सक्नुपर्छ ।
डार्क एनर्जिको व्यवहार हेर्दा विज्ञानको अध्ययनले समेत हम्मे परेको छ । विज्ञानलाई भविष्यमा नयाँ थ्योरी र परीक्षणको दिशामा अघि बढाइरहेको छ । के यो शक्ति स्थिर हुनेछ । समयक्रम सँगै जाँदा घट्ने वा बदलिनेछ । यी उत्तरहरू सायद अर्को दशकमा आउने टेलिस्कोप र अन्तरिक्ष अनुसन्धान परियोजनाहरूबाट प्राप्त हुने छन्।
प्रतिक्रिया