कृषि संकट
विश्वभरी जलवायु परिवर्तनले कृषि उत्पादन र खाद्य सुरक्षालाई अप्रत्याशित संकटमा पुर्याइरहेको छ। युनाइटेड नेशन्सको कृषि र खाद्य संगठनद्वारा COP28 मा जारी रिपोर्ट अनुसार, कृषि नै अहिले सबैभन्दा जलवायु-प्रभावित क्षेत्र बनेको छ, जहाँ विश्वका १६८ वटा राष्ट्रहरुले राष्ट्रिय जलवायु प्रतिवद्धताहरूमा “क्षति र हानि” को प्रभाव झल्किएका मापदण्डहरु समावेश गर्न थालेका छन्।
उच्च तापमान, अस्थिर वर्षा प्रणाली, बाढी, सुख्खा, कीरापति र रोगको प्रकोप जस्ता चरम मौसमी घटनाहरूले विशेषगरी विकासशील देशका किसानलाई सबैभन्दा बढी प्रभावित बनाउँदैछन्। दक्षिण एशिया र अफ्रिकाका केहि भागमा धान र गहुँ जस्ता अन्नबालीहरूको उत्पादनमा गिरावट देखिएको छ। यदि तापमान वृद्धि थामिएन भने आगामी दशकहरूमा यी गिरावटहरु अझ तीव्र हुने चेतावनी गरिएको छ।
यसले गर्दा “खाद्य संकट ” को खतरा मात्र हुन सक्छ भन्ने होइन, धेरै क्षेत्रहरूमा हालै देखि नै खाद्य असुरक्षा व्यापक बन्न थालेको छ। रिपोर्टले उल्लेख गरेको छ कि वर्षा र तापमानका अस्थिरताले किसानहरूका लागि अन्नबाली बोाउने समय, माटोको उपयुक्तता र सिंचाईको उपलब्धता प्रभावित हुन थालेको छ, जसले उत्पादनमा कमी ल्याइरहेको छ।
तर “पूर्ण खाद्य संकट” भने सधैं हुने खतरा मात्र होइन यो धेरै हदसम्म देश-विशेष परिस्थिति र तयारी स्तरमा निर्भर हुन्छ। देशहरू जुन टेक्नोलॉजीमा सक्षम छन्, आधुनिक कृषि प्रणाली, उपयुक्त बीउ र सिंचाई अवसरहरू प्रयोग गरिरहेका छन्, तिनले यो संकटबाट बच्ने सम्भावना बढी देखिन्छ। त्यसैगरी नीति-निर्माताले कृषकलाई अनुकूल वातावरण र पूर्व चेतावनी प्रणाली निर्माण गर्दा, उत्पादन प्रणालीहरू लचिलो बनाउन सकिन्छ। “अत्यधिक तापमान र अस्थिर वर्षा प्रणालीले अन्नबाली व्यवस्थापनका सबै पक्षहरूमा तनाव ल्याइरहेका छन्।”
प्रतिक्रिया