पानिको मुहान सुक्ने क्रम बाक्लिदैँ

पानिको मुहान सुक्ने क्रम बाक्लिदैँ

४४% स्थानमा मध्यमदेखि गम्भीर समस्या देखिएको छ।

पार्वती खड्का

नेपालका हिमाली क्षेत्रहरूमा पिउने पानीको मुहानहरू क्रमशः सुकेका छन् भन्ने तथ्यांक आयरहेको छ।एफ ए ओ र इसिमोड को संयुक्त अध्ययन अनुसार, जुलाई-अगस्ट २०२० मा देशभरि ३०० स्थानीय सरकार इकाइहरूसँग गरिएको फोन सर्वेक्षणमा ७४% स्थानीय सरकारले आफ्नो क्षेत्रभित्र कम्तिमा एउटा मुहान सुकेको रिपोर्ट गरेका थिए । ४४% स्थानमा मध्यमदेखि गम्भीर समस्या देखिएको छ।

यो समस्या विशेषगरी चुरे पहाड क्षेत्र, मध्यपहाडी भेग र हिमाली क्षेत्रमा देखिएको छ, जसमा चुरे क्षेत्रमा सबैभन्दा धेरै मुहान हराउने घटना रिपोर्टमा उल्लेख छ।
स्रोत अव्यवस्थित संरचनात्मक विकास जस्तै बाटो निर्माण, पूर्वाधार विस्तार, जमिन प्रयोग परिवर्तन, वन कटान लगायत मानवीय क्रियाकलापहरू मुख्य कारण ठहरिएका छन्। त्यस्तै प्राकृतिक कारणहरू भूकम्प र जलवायु परिवर्तनले पनि भूमिका खेलेको अध्ययनले देखाएको छ।

धनकुटा नगरपालिकामा गरिएको एउटा अध्ययनले ७९१ पानी स्रोतहरु ७५९ मुहान र ३२ पोखरी मध्ये १०७ स्रोत हराइसकेको पाएको छ। ती मध्ये ९० वटा मुहान र १७ वटा पोखरी पूर्ण रूपमा हराइसकेका थिए। हाल बाँकी स्रोतहरुमा पानीको बहाव लगभग ६६% ले घटेको रिपोर्ट छ।

यद्यपि केही स्थानीय तहहरूले समस्या समाधानका लागि पहल सुरु गरेका छन्। उदाहरणकास्वरूप, काभ्रेपलाञ्चोक जिल्लाका सात वटा नगरपालिकाहरुले इसिमोडसँग मिलेर “नेचर बेस सोलुसन” अपनाउने सम्झौता गरेका छन् ताकि मुहानहरु पुनर्जीवन गरियोस् र पानी संकटलाई कम गरियोस्। नमोबुद्ध नगरपालिका अन्तर्गत गरिएको सर्वेक्षणले ४४४ वटा मुहान मध्ये करिब २०% मुहानहरु पहिले नै सुकेका छन्।