नेपालको समुद्र सतहभन्दा करिब ३,९६२ मिटरमाथिका पहाडहरूमा अवस्थित हिमाली जिल्ला हो मुस्ताङ । प्राचीन समयदेखि मानव बस्दै आएको सम्जुङ गाउँ यतिखेर सुन्य भएको छ । सम्जुङमा महिनौंसम्म पानी नआउँदा त्यँहाका बासिन्दाहरूले आफ्नो तिर्खा बिर्सेर बाँचेका थिए । कुनै उपाय नलागेपछि त्यँहाका स्थानिय बसासराइ गरेर गाँउ छोड्न बाध्य भएका छन् । हिमनदी पग्लँदा पानीका स्रोत सुक्यो र वर्षाको गति अनियमित हुँदै गयो । एकाएक माटोका पुराना घरहरु पहिरोमा mिल्न थाले । खुकुलो माटोका कारण बस्ति नै बग्न थालेका छन् ।
बाढिपहिरोको हैरानीले गर्दा यतिखेर गाउँ झण्डै खाली भइसकेको छ । अहिले उक्त गाँउका १८ परिवारका ८५ जना मानिस झन्डै १५ किलोमिटर तल “न्यु सम्जुङ” नामक नयाँ ठाँउमा बसोबास गर्छन् । विपदकै कारण बसाइँसराइ गरेका सम्जुङ गाँउ रित्तिएको छ । । बाढिले त्यँहका केहि मानिसहरुलाई सिस्तिन्डत मार्ग नजिक र काली गण्डकी नदीको किनारमा पु¥यो ।
गैह्र सरकारइ संस्थाहरुले ति पिडितलाई धेरथोर राहतको पोको देखाउछन् । सहायता गर्ने संस्थाले भूमि नभएका समुदायलाई माटोको घर बनाक्ष्दिएको छ भने सिँचाइको व्यवस्था र पशुपालनका बन्दोबस्ति मिलाएका छन् ।
नयाँ गाउँमा पानी पहुँच सहज भए तापनि, गाउँबासीहरूले पुरानो घरप्रति गहिरो माँयासदभाब राखेका छन् । स्थानिय तोसि लामा गुरुङले भने, “हाम्रो मूलस्थान हाम्रो पहिचान हो‘ हामी त्यँहि फर्कन चाहन्छौँ, तर सम्भव छैन जस्तो लाग्छ”
वर्षा र हिमपात नपरेपछि हिमाली क्षेत्रहरूमा हिँउ पनि पग्लँदै गयो र हिमनदिहरू फुट्न थालेका छन् । यसो हुनुमा जलवायु परिवर्तनको असर नै पहिलो कारण हो । पानिका मुहान सुक्न थालेपछि पानीको अभावले सम्पूर्ण जीवन प्रणाली नै आकुलव्याकुल पारेको छ । । स्थानीय विशेषज्ञहरूले भनेका छन् कि उच्च हिमाली क्षेत्रमा भएको तापक्रम वृद्धिले विपद् जोखिमलाई तीव्र बनाउन पुगेको छ ।
।
जलवायुका विज्ञ सुबोध ढकालका अनुसार यस्ता घटना सम्जुङ गाउँको मात्र होइन यो त पूरै हिमालयन क्षेत्रमा भइरहेका परिवर्तनको प्रतिनिधि घटना हो। जहाँ जैविक विविधता र परम्परागत जीवनलय असन्तुलनमा आइसकेका छन भने मानिसको उठिबास नै लागेको छ । सबैभन्दा बढी संवेदनशील समुदाय विस्थापनमै सीमित हुन पुग्छन्। क्बmवगलन को कथाले नेपाललाई जलवायु विस्थापनको गम्भीरतासँग परिचित गराउँछ । यो घटनाले चेतावनीको घण्टी बजाएको छ । जसले अझ धेरै जनजीवन जोखिममा पारिने संकेत दिन्छ।
प्रतिक्रिया