विश्वका सात देशको हावाले मात्र विश्व स्वास्थ्य संगठनको मापदण्ड पूरा गरेको छ । यसमा अस्ट्रेलिया, इस्टोनिया, फिनल्याण्ड, ग्रेनाडा, आइसल्याण्ड, मौरिसस र न्यूजिल्याण्ड पर्छन्।
काठमाडौको हावाको गुणस्तर सबैभन्दा खराब भएको देशहरूको सूचीको शीर्ष १० औ स्थानभित्र नेपाल पनि परेको छ । स्विस एयर क्वालिटी टेक्नोलोजी कम्पनी आईक्यू एयरको २०२३ को रिपोर्ट अनुसार सूचीको शीर्ष स्थानमा बंगलादेश रहेको छ । हावामा प्रदूषणको कणको हिसाबले बंगलादेशको हावा सबैभन्दा खराब छ। त्यसपछि क्रमशः छिमेकी मुलुक पाकिस्तान र भारत रहेका छन् । रिपोर्टका अनुसार दिल्ली लगातार चौथो पटक विश्वको सबैभन्दा प्रदूषित राजधानी मानिएको छ । चौथो स्थानमा तजिकस्तान, पाँचौँ स्थानमा बुर्किना फासो, छैटौँ स्थानमा इराक र सातौँ स्थानमा यूएई रहेका छन् । नवौँ स्थानमा इजिप्ट रहँदा दशौँ स्थानमा डेमोक्रिटक रिपब्लिक अफ कङ्गो रहेको छ । चीन १९ औँ स्थानमा र अमेरिका १ सय २ औँ स्थानमा छ । प्रतिवेदनका अनुसार विश्वका सात देशको हावाले मात्र विश्व स्वास्थ्य संगठनको मापदण्ड पूरा गरेको छ । यसमा अस्ट्रेलिया, इस्टोनिया, फिनल्याण्ड, ग्रेनाडा, आइसल्याण्ड, मौरिसस र न्यूजिल्याण्ड पर्छन्। नेपालमा वायु प्रदुषण ह्वात्तै बढेको छ । निर्माण कम्पनीहरुको अव्यवस्थित सञ्चालन, फोहोर जलाउने र सवारीसाधनबाट निस्कने धुवाँको कारण वायु प्रदुषण हुने गरेको छ । डिसेम्बर देखि अप्रिल सम्म सुख्खा मौसममा हावा सबैभन्दा प्रदूषित हुन्छ । आइक्यु एअरको हालैको तथ्याङ्कले बिहान ९:३३ सम्ममा अमेरिकी दूतावास क्षेत्रमा २७६ र रत्नपार्कमा २०६ को हावा गुणस्तर मापण गरिएको छ । सन २०२३ मा ५ लेभल २०५ µg/m3 नाघेको थियो भने अप्रिल १३, २०२३ मा PM10 लेभल ४३० µg/m3 मा पुगेको थियो ।
प्रतिक्रिया