काठमाण्डौंको हावाको गुणस्त्तर विश्वकै खतरा

काठमाण्डौंको हावाको गुणस्त्तर विश्वकै खतरा


ग्रिन सिटी संवादाता ।
हामीले लिने अक्सिजन ग्याँशमा बिभिन्न प्रकारका हानीकारक ग्याँशहरु मिसावट हुने गर्छ । हावामा विभिन्न बिषाक्त ग्याँश मिसावट भएपछि त्यो वायु स्वस्थ नभएर प्रदुषित हुने गर्छ त्यसैलाई वायु प्रदुषण भनिन्छ । वायुप्रदुषणले मान्छेको स्वास्थ्य विगारिदिन्छ । प्रदुषणले काठमाण्डौ उपत्यकाको हावाको गुणस्त्तर बिगारेको छ । विश्व स्वास्थ्य संगठनको रिपोर्टअनुसार काठमाण्डौको हावाको गुणस्त्तर अहिले दुइ दशमलब पाँच रहेको छ । यो भनेको एकदमै गुणस्त्तर ओरालो लागेको भन्ने देखाउँछ । वायु प्रदुषणले शुरुवातमा वातावरण विगार्ने गर्छ र वातावरणले चाँहि मान्छेको जिवनशैली खलबल्याउँछ ।


अस्वस्थ हावाको गुणस्तरमा सास फेर्न गाह्रो हुनुका साथै हृदय रोग, दम, एलर्जि जस्ता स्वास्थ्य समस्याहरूको जोखिम बढाउछ । वायु प्रदुषणमा नेपाल २०२२ मा २१ दशमलव ४५ प्रतशितको उचाइमा पुगेको थियो । विश्वको, लगभग २ दशमलब ४ बलियिन मानसिहरू अझै पनि वायुप्रदुषणको शिकार भइरहेका छन् । वायुको गुणस्त्तर नाप्ने व्यारोमिटरका आधारमा हेर्दा पनि काठमाण्डौको वातावराण मावनसवास्थ्यको लागि अत्यन्तै प्रदुषित रहेको छ भन्नुहुन्छ वन तथा वातावराण मन्त्रालयका वातावरण निरिक्षक केशब राज जोशीले बताउनुभयो ।


प्रदुषण एकै किसिमको मात्रै हुदैन । यो धेरै प्रकारका हुन्छन । वायु प्रदूषण,माटो प्रदूषण,जमिन प्रदूषण, रेडियोधर्मी प्रदूषण ,ध्वनि प्रदुषण जल प्रदुषण । यि प्रदुषणहरुमध्ये वायु प्रदूषण अत्यन्तै हानिकारक छ । विश्व स्वास्थ्य संगठनको रिपोर्टअनूसार वायुप्रदुषणले हरेक वर्ष विश्वका ७० लाख मानिसको ज्यान लिने गरेको देखाएको छ । सडकमा भएका धुलो धुवा नियन्त्रण गर्नका लागि प्रदुषण व्यवस्थापन गर्न के गर्न सकिन्छ त भन्ने विषयमा सम्बन्धीत निकाय मौन किन?