जलवायु परिवर्तनको असर रोकथाम गर्न मागपत्र

जलवायु परिवर्तनको असर रोकथाम गर्न मागपत्र


अन्तराष्ट्रिय गैरसरकारी संस्था एक्सन एडले जलवायू परिवर्तनको न्यायको लागि सरोकारवालाहरुले ध्यान दिनुपर्ने जनाएको छ । उक्त संस्थाले हाल वातावरणमा देखा परेका समस्या समाधान गर्न र जलवायू न्यायका लागि पहलकदमी लिन संसदको ध्यानाकर्षण गराएको छ । संस्थाकी कार्यकारी निर्देशक सुजिता माथेमाले यस्तो बताएकी हुन् ।

माथेमा सहितको टोलीले सभामुख देवराज घिमिरेलाई ध्यानाकर्षण–पत्र बुझाउंदै जलवायू परिवर्तनको क्षेत्रमा वैदेशिक सहयोग प्राप्त गर्दा ऋण नभई अनुदान लिनुपर्ने, जलवायु वित्तलाई पारदर्शी बनाउनुपर्ने, जलवायु परिवर्तनको असरबाट प्रभावित विपन्न समुदायलाई सहायता प्रदान गर्नुपर्ने लगायत कार्यमा संसदको भूमिका निर्वाह गर्न आग्रह गरेको छ ।

जलवायू परिवर्तनको क्षेत्रमा नेपाल सरकारले अन्तर्राष्ट्रिय पहलहरुमा सक्रियतापूर्वक काम गर्दै दीर्घकालिन रणनीति बोकेर काम गरेता पनि जलवायू न्यायको मुद्धाले प्राथमिकता नपाएको भन्दै एक्सन एडले त्यसका लागि पहल गर्न संसदको ध्यानाकर्षण गराएको संस्थाले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।