“सुनापती´´रामेछाप जिल्लाको एक गाउँपालिकाको नाम हो । पन्चाएतकै समयदेखी सुनापतीमा पुराना प्रगतिशील मान्छेहरु अझै पनि जागै छन् । सुनापती डाँडा अलि पल्लापटि दोरम्बा पर्छ । दोरम्बा त पक्कै सुन्नुभएकै होला? जनयुद्धको उत्तरार्दतिर दाङ्को हापुरेमा माओवादी र सरकार बिच शान्ती वार्ता चल्दै गर्दा १९ जनालाई पछाडि हात बाधेर पालैपालो गोलि हानी हत्या गरेको ठाउँ । यहि सुनापतीमा अहिले
नेकपा माओवादी केन्द्रले ३ महिने विशेष रुपान्तरण अभियान थालेको छ ।
देशैभरी यो अभियान सुरु भैसकेको छ । घर-घरमा माओवादी जन-जनमा माओवादी´ अभियानको नारा हो । रामेछापको सुनापती गाउँपालिका भरी पनि यहि आभियान चलिरहेको छ । अभियानमा केन्द्रिय र स्थानिय नेताकार्यकर्ताको बाक्लो उपस्थिति देखिएको छ ।
सुनापती गाउँपालिकामा ५ वटा वडा छन् । पाँचै वडामा अभियानको भव्य तामझाम छ । सुनापती आफैमा माओवादिको गढ लालकिल्ला जस्ता नामले चिनिन्छ । बेथान ऎतिहांसिक भुमी हो । जनयुद्ध सुरु हुँदा सुरुमै पानीघाट चौकी आक्रमणमा परि ३ जना सहिद भएको ठाउँ हो बेथान । तिर्थ गौतम, दिल माया योन्जन र फत्त बहादुर यस्माली सहिद भएका थिए ।
त्यसो त जनयुद्धकै क्रममा खनियापानीका नबराज केसि, जनक र कृष्णहरु जस्ताले युद्धको आगोमा आफुलाई होमाए । सहिदहरुले उतिखेर परिवर्तनको लागि देश र जनताको लागि भनेर आफ्नो ज्यानै दिएका थिए । निम्न वर्गको हक अधिकारका लागि सुनापतिमा मात्र होइन, देशैभरी हजारौं मान्छे मरेका थिए। देशमा संविधान आयो । जनयुद्धको एजेन्डाहरुमा टेकेर संविधान बन्यो । संबिधानको प्रस्तावनामै यो सबिधान जनतामा निहित रहने भनिएको छ । संबिधानमा ३१ वटा मौलिक हक अधिकार छन् ।
त्यस्तै स्वतन्त्र न्यायलय, समानुपातिक समावेशी सहभागिता सबिधानमै उल्लेख गरिएको छ । एक जना पुरुष राष्ट्रपति हुँदा अर्को महिला उपराष्टपति हुनुपर्ने व्यबस्था छ । महिला, दलित, , गरिव, पिछडिएका भुइमान्छेको एजेन्डा लिएर माओवादीले जनयुद्ध लडेको थियो ।
माओवादीले उठाएको एजेन्डामा संबिधान बन्नुको आधा श्रेय सहिदहरुलाई जान्छ । समयको विभिन्न कालखण्ड्मा माओवादी सरकार बाहिर र भित्र बसेर देश र जनताको पक्षमा पैरवी गरिरहयो । बिकास, समृद्धि र समानताको पक्षमा मुकाबिला गरिरहयो माओवादिले । तैपनी सोचेजस्तो नभएर माओवादी शक्ति खुम्चिदै गयो जम्मा ३२ सिट्मा । हुन त प्रजातन्त्रमा जनता मालिक हुन्छन् । अनि नेता नोकर ।
मालिकले भनेको नोकरले मान्नैपर्छ । यदि मान्दैन भने त्यो लोकतान्त्रिक शासन होईन् । लोकतन्त्र भनेकै जनताको हातमा सत्ताको चाबी हुनु हो । लोकतान्त्रिक बिधिले बालेन, हर्क जस्ता शक्ति जन्माएको हो । माओवादी कमजोर हुनुमा पनि अन्यथा सोच्न हतार नगरिकन लोकतान्त्रिक शासनको स्वभाविक खेल मानौ । एकजना दार्शनिकले भनेको सुनेको थिए कि ``कम्युनिस्टहरुमा सत्रु भएन भने सुशासन हुदैन उनिहरु बिग्ररिन्छन् भनेर´´ । वास्तवमा यो भनाई सत्य भन्दा धेरै पर छैन्।
विभिन्न कारणले माओवादी सेलाएकै हो । र त पार्टिको केन्द्रिय तहमा यो बहसले स्थान पायो । अन्त्तत जन -जनमा माओवादी घर-घरमा माओवादी भन्ने नाराको साथ तपाईं हाम्रो घरदैलोमा फेरि माओवादिले अवस्था परिवर्तनको घण्टी बजाइदिएको छ ।
सुनापतिको १,२ र ३, ४,५ वडामा जनतासँग माओवादी विशेष रूपान्तरण अभियानमा यहि भाद्र १० गतेदेखि वडा पार्टि अध्यक्ष कुल बहादुर थिङ्गको अध्यक्षतामा बैठक बस्यो । केही आलोचना र आत्मलोचना पोखिए । प्रमुख अतिथि माओवादी केन्द्रको केन्द्रिय सदस्य तथा संविधान सभा सदस्य पार्वती थापा मगर उपस्थित थिइन् । उनलाई पार्टीले सुनापती गाउपालिका अभियानको इन्चार्ज खटायो । नेता कार्यकर्ताहरुका हजुरबुबा जेष्ठ कम्युनिस्ट मन्चका केन्द्रिय सदस्य अमर लामा र बागमती प्रदेश सचिवालय सदस्य तथा अभियानको सुनापती गाउपालिका सह इन्चार्ज कमान सिङ्ग मोक्तान, प्रदेश सदस्य तथा सुनापती गाउँपालिका अध्यक्ष ठुलोकान्छा तामाङ्ग, उपाध्यक्ष गिता बिष्ट लगाएतको भव्य उपस्थिति रहदै अभियान सुरु भएको थियो ।
प्रदेश कमिटि, जिल्ला कमिटि, र पालिका कमिटिबाट नेता कार्याकर्ताहरुको उपस्तिथितिमा वडाको बिस्तारित बैठक सम्पन्न भएको थियो । यहि भाद्र १६ गतेका दिन फेरि पनि सुनापती गाउँपालिकाकै आगनमा अभियानको भव्य उद्घघाटन सम्पन्न भयो । उद्घघाटनमा रक्तदान कार्यक्रम भएको थियो । वडा नम्बर ३ मा भएको उक्त कार्यक्रममा वडा अध्यक्ष कुल बहादुर थिङ, सुनापती गाउँपालिका अभियान को इन्चार्ज पार्वती थापा मगर समेतको सहभागिता रहयो ।
जेष्ठ कम्युनिस्ट मन्चका केन्द्रिय सदस्य अमर लामा, बागमती प्रदेश सचिवालय सदस्य तथा अभियानको सुनापती गाउपालिका सह इन्चार्ज कमान सिङ्ग मोक्तान, प्रदेश सदस्य तथा सुनापती गाउपालिका अध्यक्ष ठुलोकान्छा तामाङ्ग साथै गाउँघरका माओवादी प्रेमी जनसमुदायको पनि उत्साहजनक उपस्थिती रहेको थियो । सुनापतिमा बसेर १ हप्ता यो अभियान हेरिरहदा लाग्यो रामेछापको सुनापतिले माओवादीलाई असाध्यै जतन गरेको छ । हरेक निर्वाचनमा सुनापतिमा अन्य शक्तिलाई यहाँको जनमतले उठन नसक्ने गरि पछारिरहेको छ ।
स्थानीय निर्वाचनमा माओवादीको जित, प्रदेश निर्वाचनमा माओवादी गठबन्धनको जित यस अगाडिको सम्पुर्ण निर्वाचनमा माओवादीलाई जनताले हात दिएर उठाएको छ । जिताएको छ । यहाँको भुगोल र माटोमा माओवादी छ । कुलमान घिसिङहरु हुर्केको शिक्षित समाज । राजनैतिक वैमनस्यता छ्दै छैन भन्दा पनि हुन्छ । यहाँको जनताको राजनैतिक चेतनाको कारण जनयुद्धमा सुनापतीबाट पनि घरलौरी माओवादीलाई साथ थियो। अहिले बिकेन्द्रीकरणले घर आगनमा सिहदरवार पुग्यो । घर-घरमा धारा, बाटो-घाटो, कृषि, उद्योग, अर्थिक उपार्जन जस्ता थुप्रै बिकासले सुनापतीको जनताको मन जितेको छ माओवादिले । यहि फेहरिस्तको आधारमा भन्न सकिन्छ कि यहाँको आन्दोलन र बिद्रोहले सुनापती चिनाएको छ अनि सुनापतीले माओवादी जोगाएको छ ।
-पार्वती खड्का
– सुदिप खड्काको सहयोगमा तयार पारिएको
प्रतिक्रिया