बसोबासको लागि अयोग्य बन्दैे छ काठमाण्डौ

बसोबासको लागि अयोग्य बन्दैे छ काठमाण्डौ



हामी खाना नखाएर ७ दिन बाच्न् सकौला । पानी नखाएर ३ दिन बाचौला तर सोच्नुहोस् त? सास नफेरी कति समय बाचिएला ? त्यसकारण हावा स्वच्छ हुन कति जरुरी छ भन्ने कुरा हामी महसुस गर्न सक्छौ । काठमाण्डौ अति प्रदुषणको जोखिममा छ । धेरै इनार र सेफटी टयाकींले गर्दा छिद्रहरु छन् । जसले गर्दा भुकम्पको जोखिम बढायो । वागमती र विष्णुमती जस्ता नदिमा ढल मिसाइएको छ ।

जताततै दुर्गन्धै-दुर्गन्ध छ । हुन त हावापानीका हिसाबले हिमाली जिल्ला हो । यँहा राम्रो हावापानी भएकै कारण ६० लाख भन्दा बढी मानिसहरु बासोबास गर्छन् । शहरमा शिक्षा, स्वास्थ्य र रोजगारीका लागि देशैभरका मानिसहरु भित्रिन्छन् तर शहरमा हुनपर्ने व्यवस्थापन छदै छैन् भने पनि हुन्छ । खानेपानी, ढल निकासको व्यवस्थापन छैन । फोहोरमेलाको लागि डम्प गर्ने सम्म पनि उपयुक्त स्थान छैन ।

अब अरु दिर्घकालिन व्यवस्थापनको त के आश गरौ? औधोगिक प्रदुषणको कुनै मापदण्ड पालना भएको छैन् । बिसौ बष पुराना गाडिले धुँवा प्रदुषण गराइरहेका छन् । यसको पनि लगायतको व्यवस्थापन छैन । उपत्यकाको फोहोमैला व्यवस्थापन सबभन्दा पहिलो अप्ठयारो विषय हो । यहि अव्यवस्थित भइरहँदा बिस्तारै काठमाण्डौ मानव बसोबासको लागि अयोग्य बन्दै गइरहेको छ भन्छन बाताबरण विदहरु । वायु प्रदुषणकै कुरा गर्ने हो भने पनि नेपालको राजधानी काठमाडौंमा २०२३ अप्रिल ११ मा ५ लेभल २०५ µ मिटर क्युब नाघेको थियो ।

अप्रिल १३, २०२३ मा लेभल ४३० µ मिटर क्युब मा पुगेको थियो । यो दक्षिण एसियाकै डरलाग्दो तथ्याकं भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । अहिले काठमाण्डौको भुगोल पाइलो राखीनसक्नुस छ । बस्ती बाक्लीएकै कारण जग्गाको किनबेच दर अकासिएको छ । तिब्र रुपमा बढेको शहरीकरणलाई काठमाण्डौले धान्न नसक्ने बन्दै गएको सोझै अनुमान लगाउन सकिन्छ । । जताततै कक्रिटले गर्दा बर्षातको पानी जमिनमा सोस्न पाउदैन् । पानी परेको एकैछिनमा गल्ली र कुलेसाहरु डुवानमा पर्छन् ।

सार्वजनिक जग्गा अतिक्रमण गरेर बस्ती बिस्तार गरेका कारण खोला नाला बस्तिमा छिर्न थालेका छन् । स्वस्थ जिवनयापनका हिसाबले काठमाण्डौ योग्य देखिदैन् । हामी आमनागरिक यसमा कति सचेत छौ थाहा छैन । तर हेपाहा प्रबृतीचाहिँ तपाईं हामिसगै हुर्किरहेको हामीले पत्तै पाएका हुदैनौ । आ! सार्वजानिक ठाँउ त हो नि भनेर फुत्त फोहोर फाल्छौ । जथाभाबी गुट्खा खैनी पान खकार्छौ । मनलाग्दै खानेकुराका कागजहरु सडकमा फाल्छौ नि? घर बनाउदा ढल धोबी खोला बनाउछौ नि ? फोहोरको पोको कसैले नदेख्नेगरी सुटुक्क खोलामा पुर्याउछौ नि त्यहि हो हाम्रो कमजोरी । हामीले सजिलैसंग हाम्रो वातावरण धमिल्याइरहेका हुन्छौ । यसकारण विश्वको जनसंख्याको एक तिहाइ करिब २.४ बिलियन मानिसहरुले हावा प्रदुषणको कारण ज्यान गुमाउछन् । मट्टीतेल, बायोग्याँश,काठ, जनावरको गोबर बालीको फोहोर र कोइलाले सवाथ्यका लागि खतरनाक भएको विश्व स्वास्थ्य संठनले जनाएको छ ।
घरेलु वायु प्रदूषणले प्रतिवर्ष अनुमानित ३.२ मिलियन मानिसहरु मृत्युको शिकार बनेका छन् । जसमा २,३७००० भन्दा बढी ५ वर्ष मुनिका बालबालिकाको मृत्यु भएको छ । घरेलु वायु प्रदूषणको जोखिमले स्ट्रोक, इस्केमिक, हृदय रोग, क्रोनिक अब्सट्रक्टिभ पल्मोनरी डिजिज र फोक्सोको क्यान्सर लगायतका नसर्ने रोगहरू निम्त्याउँछ।
कसरी बच्ने?
हामी स्वस्थ हुनका लागि तँपाइ हामीबाट नै सकरात्मक पाइला चाल्न आवश्यक छ । विश्वका अधिकाशं मानिसहरु जनचेतनाको कमीकै कारण खान नपाएर भन्दा पनि खान नजानेर कुुपोषित भएका छन् भनिन्छ । भन्न खोजेको कतै यँहा पनि हाम्रो रोगव्याधी हामिले नै पो हुर्काउन खोजिरहेका छौ कि? हामीकँहा भएको स्रोत साधनको सहि सदुपयोग हुन नसक्नाका कारण हाम्रो वरीपरी अकाल मुत्यु घुमिरहेको छ ।
-जनचेतनाको विकाश
-वातावरणमैत्री रणनिती तयार गर्ने
-प्लास्टिक बाल्ने, प्रयोग गर्न निषेध
-फोहोरको दिर्घकालिन व्यवस्थापन गर्ने
-दाउरा चल्होमुक्त गाँउ बनाउ अभियानको विकाश गर्दै वायोग्याशको प्रयोग गर्ने
-बर्षौ पुराना गाडिहरु विस्थापन गर्ने
-विधुतिय सवारी साधनको प्रयोग गर्ने
-वनजंगलको संरक्षण गर्ने
-ढल निकाशको दिर्घकालिन व्यवस्थापन