हरेक घरभित्र वायुप्रदुषण

हरेक घरभित्र वायुप्रदुषण



जनसङ्ख्या भन्नाले सहरी केन्द्रहरूमा बसोबास गर्ने कुल जनसंख्याको हिस्सालाई जनाउँछ। नेपाल दक्षिण एसियाकै तीव्र रूपमा सहरीकरण हुने देशहरूमध्येका एउटा देश भएको विश्व स्वास्थ्य संगठनले जनाउको छ । अव्यवस्थित र अनियोजित सहरी फैलावटले मानव जनजिवन सकसपुर्ण बनाइदएको छ । सहरीकरणले अनौपचारिक बस्ती विकाश, आवास, खानेपानी र सरसफाइ सुविधाहरू लगायतका आधारभूत सेवाहरूको पर्याप्तता घटाएको छ । हालैका वर्षहरूमा, नेपालमा वायु प्रदूषण एक गम्भीर वातावरणीय र जनस्वास्थ्य जोखिम भएको छ । प्रदूषण स्तर विश्व स्वास्थ्य संगठनले सिफारिस गरिएको भन्दा ४ गुणा बढी छ। काठमाडौंको खराब वायुको गुणस्तरले लाखौं नेपालीलाई विभिन्न स्वास्थ्य समस्याको जोखिममा पारेको छ । नेपालमा वायु प्रदूषण एक गम्भीर वातावरणीय र जनस्वास्थ्य जोखिम भएको छ । विश्वव्यापी रूपमा, लगभग २ दशमलब ४ बिलियन मानिसहरू अझै पनि घर भित्रको वायुप्रदुषणबाट निस्कन सकेका छैनन् । ठोस इन्धन जस्तै काठका फोहोर, चारकोल, कोइला र गोबर र मट्टितेल खुला आगो र चुलो प्रयोग गरी खाना पकाउँछन् । विश्वमा अधिकांश मानिस गरिब छन् । मानीस मात्र होइन कतिपय देश नै गरिब छ । जँहा निम्न र मध्यम आय भएका देशहरूमा बस्छन्। सहरी र ग्रामीण क्षेत्रहरू बीच सफा खाना पकाउने विकल्पहरूमा पहुँचमा ठूलो भिन्नता छ । विश्व ग्रामीण जनसंख्याको ५२ प्रतिशत मानिसहरु शहरी प्रदुषणमा छन् । भने बाकि गा्रमिण प्रदूषणको शिकार छन् ।
घरको वायु प्रदूषण घर भित्र र वरपर प्रदूषित इन्धन र प्रविधिहरूको प्रयोगबाट उत्पन्न हुन्छ । जसमा फोक्सो र रक्तप्रवाहमा प्रवेश गर्ने साना कणहरू सहित स्वास्थ्यलाई हानिकारक हुन्छ। कम हावा चल्ने घरहरूमा, भित्री धुवाँको बाहिरी भन्दा १०० गुणा बढी सूक्ष्म कणहरूको असर हुन सक्छ। घरेलु चुल्हो नजिकै सबैभन्दा धेरै समय बिताउने महिला र बालबालिकाहरु माझ एक्सपोजर बढी हुन्छ। प्रदूषित इन्धन र प्रविधिहरूमा निर्भरताले अकुशल उपकरणमा खाना पकाउन, र इन्धन जम्मा गर्न र तयारी गर्न पनि महत्त्वपूर्ण समय चाहिन्छ। प्रदुषणमा नेपाल २०२२ मा २१ दशमलव ४५ प्रतिशतले उचाइमा पुगेको छ।