नेपाल अनार संघका केन्द्रिय अध्यक्ष हिरालाल आचार्यले मजदुर दिवसका अवसरमा दुई जना छात्रालाई नगद पुरस्कार सहित सम्मान गरेका छन् । मन्थली नगरपालीकाको नागकन्या मा.बी मा अध्ययनरत चक्रदेव आचार्यको छोरीहरु जानकी आचार्य र कल्पना आचार्यलाई नगदसहित प्रशंशापत्र प्रदान गरेका हुन् ।
कर्णाली प्रदेशको दैलेख घर भएका चक्रदेव मजदुरीको शिलशिलामा रामेछापको मन्थली आइपुगेका हुन् । जानकी र कल्पना आचार्य जेहेन्दार छात्रा भएका कारण हिरालाललाई हौसला दिन मन लाग्यो । ‘आचार्य भन्छन, शैक्षिक उर्जाका लागि एक जना मजदुरलाइ मेरो सानो हौसला मात्र हो ।’
नागकन्या माबी गडवारी मन्थलीमा कक्षा ७ मा अध्ययनरत छात्रा जानकीे २०७९ सालको बार्षिक परिक्षामा प्रथम भएकि थिइन् । त्यस्तैगरि उनको शाखै बहिनी कल्पना कक्षा १ को परिक्षामा प्रथम भएकी थिइन् । आज १३२ औ मजदुर दिवसको अवसरमा शैक्षिक जगतमा हुर्किदो प्रतिभालाई उर्जा दिनका लागि पुरस्कार प्रदान गरेको आचार्यले बताएका छन् । हिरालाल आचार्य असल र राष्ट्रिय छबि बनाएका कृषक हुन् । रामेछापको सुनारपानीमा उनको कृषी फाम छ । उनले कृषीकर्मबाट मेहनेती र असल अनि सफल कृषक भनेर आफुलाइ परिचित गराइसकेका छन् ।
प्रतिक्रिया