ओम चावहिल डेन्टलले कागेश्वरीमा गर्याे निःशुल्क शिविर

ओम चावहिल डेन्टलले कागेश्वरीमा गर्याे निःशुल्क शिविर

Parbati


ओम चावहिल डेन्टलले कागेश्वरी मनहरा नगरपालिकामा बैशाख १३ गते एकदिने निःशुल्क दन्त स्वास्थ्य शिविर सन्चालन गरेको थियो । शिविर गोठाटार महिला बचत तथा क्रण सहकारी संंस्था, कागेश्वरी मनहरा नगरपालीका ८ नं वडा कार्यालय र ओम चावहिल डेन्टल हस्पिटलको संयुक्त आयोजनामा सम्पन्न भएको थियो ।


उक्त शिविरमा उपचार गराउनेहरुको उत्साहजनक सहभागिता रहेको थियो । डेन्टलले शिविरमा आउने बिरामीहरुलाई स्केलिङ, दाँतको फोहोर सफा गर्ने लगायतका निःशुल्क जाँच गरिएको थियो । डाक्टरहरुले दन्त स्वास्थ्य सम्बन्धी समस्या भएका बिरामीहरुलाई कसरी आफनो दाँत जोगाउने भन्ने सवालमा परामर्श सहित उपचार गराएका थिए । यस अगाडि पनि यस डेन्टलले दातँका सामान्यदेखी जटिल प्रकृतीका बिरामीहरुको शिविरमार्फत उपचार गँराउँदै आएको ओम चावहिल डेन्टलका सन्चालक कृष्ण घिमिरेले बताए

ओम चावहिल डेन्टल दाँतका रोगिहरुका लागि परिचित नाम हो । चावहिहिल चोकबाट ओम चावहिल डेन्टल नामले शुरुवात भएको यस डेन्टल अहिले राजधानीको धेरै ठाँउमा शाखा खोलेर प्रख्यात भइसकेको छ । ओम चावहिल डेन्टलले विगत लामो समयदेखि देशका विभिन्न ठाँउमा दुई सयपटक भन्दा बढि शिविर सन्चालन गरिसेकेको छ । दन्त स्वास्थ्यको समस्यामा परि डेन्टलमा आउने बिरामीहरुको आर्थिक अवस्था हेरि २० बिस प्रतिशत छुटदेखी निशुल्क उपचारसम्म गँराउदै आएको कारण पनि यस डेन्टलले थुप्रै गा्रहकको मन जितिसकेको छ । ओम चावहिल डेन्टलको शाखा कोटेश्वर र ओम कपन डेन्टल, कपनमा पनि शाखा बिस्तार भइसकेको छ ।