नेपालमा बस्ने मानिसहरूमध्ये २५ प्रतिशत गरिबीको रेखामुनि,छन् ।शरीरलाई चाहिने पौष्टिक तत्व प्रयाप्त मात्रामा नपाउनु कुपोषण हो भन्ने बुझिन्छ । शरीरमा खानेकुरो अभाव हुनु कुपोषण हो भने शरिरमा खानेकुराको मात्रा बढी हुनु पनि कुपोषण नै हो । कुपोषणले हाम्रो शारीरिक बनावटमा फेरबदल ल्याइदिन सक्छ । शरिरको तौल घट्नु, जस्तै पेट बाहिर निस्किनु, विभिन्न खालका रोग निम्तिनु कुपोषणको कारण हो । एकजना लेखक अमेलिया मर्चेणटने आफ्नो लेखमा भनेका छन कि “नेपाल विश्वको सबैभन्दा गरिब देश भनेर चिनिदै छ ।” रोग, कुपोषण र बाल मृत्यु दर उच्च छ। विगत केही वर्षहरूमा नेपालले थोरै आर्थिक वृद्धि अनुभव गरेको छ। नेपालमा करिब ५० लाख मानिस कुपोषित छन् । आंशिक रूपमा उच्च खाद्य मूल्य र ग्रामीण क्षेत्रहरूमा खेतीपातीमा सीमित मान्छेको पहुँचको कारण कुपोषण फैलिएको छ। खाद्यान्नको चर्को मूल्यले गरिबीमा परेको असरले असह्य बनाएको छ । जसले गर्दा भोकमरि मौलाएको छ ।
प्राकृतिक प्रकोप :-नेपाल धेरै प्राकृतिक प्रकोपको सिकार भएको छ । पहिले नै सङ्घर्षरत अर्थतन्त्र र न्यून राजनीतिक स्थायित्वका कारण नेपालमा भूकम्प आउनु पनि देशको अस्थिरताको अर्को कारक हो । भुकम्प पछि मानिसहरूले आफ्नो आफन्त मात्र गुमएनन । आफ्नो जागिर गुमाए जसले गर्दा जीविकोपार्जनका लागि अन्य तरिकाहरू खोज्न बाध्य भएका थिए । भोकमरिले कुपोषण मात्र होइन रोजगारीको दौडमा महिलाहरू प्राय: बेचबिखनको पासोमा परेका छन् ।
भ्रष्टाचार:- दक्षिण एसियामा सबैभन्दा बढी भ्रष्टाचार हुने देशको सूचीमा तेस्रो स्थानमा रहेको छ । अख्तियारको दुरुपयोगले पक्षपातपूर्ण आर्थिक प्रणाली र स्रोतको अनुचित वितरणले नेपालमा गरिबीको समस्यालाई मलजल गरिरहेको छ ।
खानेकुरा जतन नगर्नु :-नेपालमा गरिबीले जरा गाडेको अवस्था छ । गरिब क्षेत्रहरूमा स्वास्थ्य सेवा र शिक्षा पहुँचको कमी छ । केही हुनेखाने वर्गभित्र खाना फाल्ने समस्या छ । नेपालमा त्यस्ता धेरै क्षेत्रहरू छन्। जहाँ खानेकुरा जतन गरिदैन । खाना फाल्ने प्रवृती छ । प्रतिवर्ष २२ टन खाना फाल्ने एक तथ्यांकले देखाएको छ । भुगोल नेपालको भूगोलले देशको गरिबी न्यूनीकरण गर्ने क्षमतालाई प्रभाव पार्छ। नेपाल भूपरिवेष्ठित र पहाडी क्षेत्र हो । जसले विकास उत्पादन र स्रोतको ढुवानीलाई अप्ठेरो बनाएको छ।
उन्नत खेती:-उन्नत खेती विधिको अभावले नेपालमा गरिबी विरुद्धको प्रगति गर्न कठिन हुन्छ। नेपालका ८५ प्रतिशतभन्दा बढी जनता निर्वाहको मुख्य साधनको रूपमा कृषिमा निर्भर छन् । तर, पुरानो तरिकाले खेतीको गतिलाई सुस्त बनाउँदै लगेको छ । नेपाल सरकारले पनि किसानलाई उचित पूर्वाधार दिन सकेको छैन ।
बेरोजगारी :-बेरोजगारीले नेपालमा गरिबी दरमा ठूलो असर पुर्याएको छ। २०१६ मा, बेरोजगारी दर लगभग ३.४ प्रतिशत थियो। राम्रो तलब नहुनु, रोजगारीको अभाव गरिबीको प्रमुख कारण हो।
मूल्यवृद्धि:- चर्को मुल्यवृदिले गरिब जनतालाई घर धान्न गाह्रो भएको छ । हालका वर्षहरूमा ग्रामीण-शहरी बसाइसराइको दर पनि बढेको छ ।, जसले शहरहरूमा घरहरूको मूल्यलाई थप धक्का दिएको छ।
कुपोषण अन्त्य गर्न विभिन्न प्रयासहरु भएका छन् । गैर-लाभकारी संस्थाहरू लागिपरेका छन् । जस्तै मानवताका लागि ह्याबिट्याट, जसले नेपालका मानिसहरूलाई मद्दत गर्न काम गरिरहेका छन्। (Habitat for Humanity) ले विशेष गरी माथि उल्लिखित समस्या – नेपालमा आवास संकटमा केन्द्रित छ। आफ्ना साझेदारहरूसँग मिलेर काम गर्दै उनीहरूले प्रतिघण्टा २.३ घर निर्माण गरिरहेका छन् ।
प्रतिक्रिया