पहिलो महिनाको तलब विद्यार्थीको पढाईलाई दिन्छु : सांसद चौलागाई

पहिलो महिनाको तलब विद्यार्थीको पढाईलाई दिन्छु : सांसद चौलागाई


काठमाडौं । रामेछाप प्रदेश सभा (ख) बाट युवराज चौलागाई निर्वाचित भएका छन् । नेकपा माओवादीका नेता चौलागाइले सांसद भए बापत सरकारले दिने पहिलो महिनाको तलब विद्यार्थीको पढाइका लागि खर्च गर्ने बताएका छन् । चौलागाइले आइतबार एक विद्यालयको स्थापना दिवसको अवसरमा बोल्दै यस्तो बताएका हुन् ।

मन्थली नगरपालिका-९ पुरानागाउमा अवस्थित श्री स्थानापति माध्यमिक विद्यालयको ६२ औं स्थापना दिवसका अवसरमा उनले उक्त रकम विद्यार्थीहरुको शिक्षामा खर्चने बताएका छन् । चौलागाई सांसदमा निर्वाचित भएपछि पहिलोपटक उक्त विद्यालयको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा सहभागी भएका हुन । कार्यक्रममा बोल्दै नेता चौलागाईंले विद्यालयकाे चाैतर्फी विकासका लागि आफुले सक्दो सहयाेग गर्न तयार रहेकाे बताए । रामेछापका स्थानापती जस्ता कैयौं धार्मिक स्थलहरु प्रचारकाे ओझेलमा परेको र यस्ता धार्मिक महत्त्व बोकेका स्थललाई पर्यटकिय क्षेत्रको रुपमा बिकाश गरि आयआर्जन गर्ने सम्भावना रहेको सांसद चाैलागाइले बताए । रामेछापको आर्थिक शैक्षिक र सामाजिक बिकासमार्फत समृद्धि रामेछाप बनाउन आफू अहोरात्र लागिपर्ने चौलागाईंले बताएका छन् । नेकपा माओवादी केन्द्रको प्रदेश सभा सदस्यमा बागमती प्रदेश सभा (ख) युवराज चौलागाईं २२९७९ मत प्राप्त गरि अग्रस्थानमा विजय हासिल गरेको हुन् ।