फोहोर प्रदुषणले मानव-स्वास्थ्यमा के असर गर्ला?

फोहोर प्रदुषणले मानव-स्वास्थ्यमा के असर गर्ला?



काठमाण्डौ ललितपुर भक्तपुर अहिले फोहोरको अडडा भएको छ । दैनिक १२ सय टन फाहोर काठमाण्डौं उपत्यकाबाट उत्पादन हुने गरेको थियो । ल्याण्डफिलमा लादै थुपार्दै गरेर व्यवस्थापन हुँदै आएको फोहोर यतिखेर ओखरपौवाको ल्याण्डफिल भरियो भने बन्चरेडाँडामा पनि स्थानियका बिरोधपछि ठप्प छ । घरको फोहोर सडकमा थुप्रिएका छन् । हामीले फालेका फोहोर पनि एकै किसिमका छैनन् । फोहोर श्रोतको आधारमा चार भागमा विभाजित हुन्छन भने प्रकृतीको अधारमा फोहोर २ भागमा विभाजित हुन्छन् ।
श्रोतको आधारमा चाँहि
१. कलकारखाना, विद्यालय, कलेज, पसल, कार्यालयमा उत्पादित व्यावसायिक फोहोर
२. घरेलु फोहोर।
३. अस्पतालजन्य फोहोर
४. जोखिमयुक्त फोहोर
र प्रकृतीको आधारमा
कुहिने फोहोर र नकुहिने फोेहोर भनेर चिनिन्छ । भान्छाबाट निस्कने तरकारीका बोक्रा, फलफुलका बोक्रा, कागज, बोटविरुवा पातपतिगंर बढि भएका खाना आदी जैविक अर्थात कुहिने फोहोर हो । प्लास्टिक बोटल, सिसा, फलाम, काठ, सिरिन्ज जस्ता पदार्थ कुहिदैनन जसलाई हामी अजैबिक फोहोर भनेर चिन्न सक्छौ ।
फोहोरले मानव स्वास्थ्यमा कसरी असर गर्छ ?
हामीले उत्पादन गर्ने फोहोरको कारणले गर्दा जति धेरै उत्सर्जन हुन्छ, त्यसले हामीलाई दीर्घकालीन असर गर्छ। दम, जन्म दोष क्यान्सर, हृदय रोग, बाल्यकालको क्यान्सर, सीओपीडी, संक्रामक रोग, कम तौल, र समय भन्दा पहिले जन्मजस्ता रोगहरू विकास गर्न सक्छन्। काठमाण्डौको फोहोर ओखरपौवा सिसडोल भरिएर अवरोध आएपछि सडकपेटिमा थुपार्न थालिएको छ । सडक र हाम्रा बस्तीहरु दिनुहुं दर्गन्धले निस्सासिदोँ बनाइसकेको छ । यसको विषयमा महानगरले कुनै समाधान निकाल्न सकेको छैन् । फोहोर यस्तो बस्तु हो जसको उचित वयव्स्थापन हुन सकेन भने मानवजनजिवन नै रोगि संक्रामक बनाइदिन सक्छ । अस्पतालजन्य फोहोरबाट ह्युमन इम्युनोडेफिशियन्सी नामक भाइरस एचआईभी र हेपाटाइटिस जस्ता भाइरसहरूले हामे शरिरमा घर जमाउन सक्छ । क्षयरोग, निमोनिया, पखाला, टिटानस, काली खोकी आदि फैलांउछ । फोहोरमैलाको उचित व्यवस्थापनका कारण सर्ने यस्ता सामान्य देखि भयानक रोगहरू पनि छन् । हाम्रो दिसापिसाब खकार र रगतबाट पनि रोग सर्छ । पिसाब र रगत बान्तालाई जैविक तरल पदार्थ भनिन्छ। केही व्यक्तिहरूले पिसाबलाई घाउ निको बनाउन प्रयोग गर्ने गरेको पनि सुनिन्छ । तर वास्तवमा घाउलाई पिसाबले निको बनाउन सक्दैन् । संक्रामक फोहोर भित्र पर्छ पिसाब । जैविक हानिकारक फोहोर र जैव चिकित्सा फोहोर उस्तै हुन् । अस्पतालका निस्केका फोहोरहरु मानवस्वास्थ्यमा पुर्ण रुपमा हानिकारक हुन्छ । अस्पतालबाट निस्केका मानव अगं रगत उच्च बिषादी भएका सिरिन्ज अन्य शारीरिक तरल पदार्थहरू शव परीक्षण र प्रयोगशालाबाट संक्रमित जनावरहरूबाट निस्कने फोहोर, वा सङ्क्रमण भएका बिरामीहरूबाट निस्कने फोहोर । जस्तै स्वाब, ब्यान्डेज र डिस्पोजेबल औद्योगिक फोहोर र कलकारखाना र उद्योगहरूमा सिर्जना हुने फोहोर अत्यन्तै जोखिमयुक्त हुन्छन् ।