सुर्यमुखीको तेल खान योग्य कि अयोग्य, कति छन त उपभोक्ता?

सुर्यमुखीको तेल खान योग्य कि अयोग्य, कति छन त उपभोक्ता?



ग्रिनसिटी संवादाता । महामारीको तालाबन्दीले नाजुक अर्थतन्त्र भएका मुलुकको सन्तुलनलाई विश्वव्यापी आपूर्ति श्रृंखलाले भाँच्यो। किसानहरूदेखि कारखानाहरू, माल ढुवानी गर्ने र खुद्रा विक्रेताहरूसम्म, संकटले ठूलो उथलपुथल निम्त्यायो । यता मागको स्तर बढयो तर उत्पादन घट्यो। एउटा यस्तै ठूलो क्षति मलेसियामा पाम तेलको ब्राण्डलाई परेको थियो । विश्वको दोस्रो ठूलो उत्पादक देश रुस र युक्रेन जँहा युद्ध सुरु भएपछि उत्पादन क्षेत्रमा असर पर्याे र बजारभाउ अकासिएको यस क्षेत्रका सम्बिन्धीत अधिकारीहरुले बताएका छन् ।
२०१८ मा सूर्यमुखी तेलको विश्व उत्पादन १८ मिलियन टन मात्र थियो । २०२० सम्म आइपुग्दासम्म त युरोपले ६.२८ बिलियन सूर्यमुखी तेल खरिद गर्यो। उत्पादन भन्दा माग बढेको देखिन्छ । एवंमरितले सुर्यमुखीले बजारमा आफनो बलियो स्थान जमाउंदै गएको देखिन्छ । युक्रेन र रूसले विश्वको कुल ५३ प्रतिशत उत्पादनको बजार ओगटेको छ । हामीले दिनँहु खानामा प्रयोग गर्ने सुर्यमुखी तेलले हाम्रो स्वास्थ्यमा चाँहि के कस्ता असर गर्छ होला? सूर्यमुखी तेललाई खाना पकाउने तेलको रूपमा प्रयोग गरिन्छ। यहि मेसोमा चिकित्सकहरुको रायसुझाब बटुलेर तेलका फाइदाबारे संक्षिप्तमा प्रस्तुत गरिएको छ ।
सूर्यमुखी तेलको प्रयोग बजारीया बेकरी र कन्फेक्शनरी उत्पादनहरू, साथै खाना तयार गर्नका लागि भान्छादेखी भट्टीसम्म प्रयोग गरिन्छ । अहिले बजारमा सूर्यमुखी तेलको उच्च माग छ । किनभने यो हृदय रोग र छालाको लागि लाभदायक छ भनेर चिकित्सकहरुले सुझाउने गरेका छन् । हामीले दिनहुं प्रयोग गर्नृ तेल कतिको स्वास्थ्यवद्र्धक छ होला त? कतै सूर्यमुखी तेल पनि औषधिको रूपमा प्रयोग गर्ने गरेको सुनिन्छ ।

सुर्यमुखीको तेलले कोलेस्ट्रोल र हृदय रोग कम गर्छ
सुयृमुखीको तेलमा भएको चिल्लो पदार्थले हामे आहारमा बोसोको सट्टा ओलिक एसिड दिन मद्धत गर्छ । बोसो तथा बनस्पती घियुले भन्दा ओलिक एसिड युक्त तेलले मुटुको श्वाशप्रश्वाशमा प्रणलीमा सहजीकरण गर्छ । त्यसकारण सूर्यमुखी तेल प्रयोग गर्दा हृदय रोगको जोखिम कम हुन सक्छ। उच्च ओलिक एसिड सूर्यमुखी तेलको सुझाव गरिएको चिकित्सकको सुझाबमा मात्रा मिलाएर प्रयोग गर्न सकिन्छ । चिकित्सकका अनुसार समान्यतया एकजना मानिसले तेल प्रति दिन लगभग २० ग्राम अर्थात १.५ चम्चा मात्र प्रयोग गर्दा सवास्थ्यवद्र्धक हुन्छ भनिएको छ । फेरी ओलिक एसिडको मात्रा कम हुने सूर्यमुखी तेल स्वास्थ्यका लागि त्यती लाभदायक हुँदैन्। उच्च कोलेस्ट्रोल हुन्छ। आहारमा सूर्यमुखी तेल समावेश गर्दा कुल कोलेस्ट्रोल र खराब कम घनत्व लिपोप्रोटिन कोलेस्ट्रोल उच्च कोलेस्ट्रोल भएका मानिसहरूमा कम हुन्छ। यद्यपि, पाम तेल र फ्ल्याक्ससीड तेलको तुलनामा कोलेस्ट्रोल कम गर्न सूर्यमुखी तेल प्रभावकारी हुने गरेको अनुसन्धानले देखाएको छ ।
सुर्यमुखीको तेलले हाडजोर्र्नीको बिरामीलाई राहत पुर्याउछ ।
हाड जोनीको समसया भएको बिरामीहरुका लागि सुर्यमुखीको तेल सेवन गर्नु राम्रो मानिन्छ । चिकित्सकहरुले बताएअनुसार अन्य तेलहरुभन्दा परिधीय भास्कुलर रोग भएका वा एथेरोस्क्लेरोसिसको जोखिममा रहेका मानिसहरूमा कोलेस्ट्रोल कम गर्न सूर्यमुखीको तेल प्रभावकारी नहुन पनि सक्छ। सूर्यमुखी तेल ओलियोजोनको एक विशेष ब्रान्डको औषधी जो खुट्टामा हप्तासम्म लगाउने एथलीटको खुट्टा निको पार्न औषधि केटोकोनाजोल जत्तिकै प्रभावकारी हुन्छ।
उच्च रक्तचाप कम गर्न मद्धत गर्छ
एक वर्षसम्म सूर्यमुखी तेल लिनु उच्च रक्तचाप भएका व्यक्तिहरूमा रक्तचाप कम गर्न जैतूनको तेल भन्दा कम प्रभावकारी देखिन्छ।

-वेवएमडिको सहयोगमा