‘पहिले–पहिले जताततै पानीको मुल हुन्थ्यो ।’ एक गाग्री पानी ल्याएर खान खासै समस्या पनि थिएन ।, मैले देख्दादेख्दै ५० वटा मुलमध्ये ३० वटा त सुकेरै सकिसक्यो’ भन्छिन काभ्रे नमोबुद्धकि फुलमाया तामाङ । १० वर्षअगाडि कुवा, धारा तथा पोखरीमा छाताछुल्ल पानी हुने ठाँउमा हिजोआज सुख्खा देखिन थालेका छन् । २०७२ सालको भुकम्पपछिका समयमा प्राय जसो सबै मुलहरु सुक्दै गइरहेका छन् । काभ्रे नमोबुद्धमा बसोबास गर्ने उनै फुलमायाले मुल सुक्दै गएपछि पानी नपाएको गहिरो अनुभब हामीलाई सुनाइन् । फुलमायाले कुइकेल थुम्कामा आज भन्दा ३० वर्ष अगाडि देखेका करिब ५० भन्दा बढि पानीका मुल अहिले धेरैजसो सुकिसकेका छन् । ‘सबै ठाँउमा मुलहरु सुक्दै गएका छन् । झन भुकम्पपछि मुल सुक्ने क्रम बाक्लियो ।’ फुलमाया तामाङले भनिन् । गाँउको समाजसेवामा रमाउने फुलमाया तामाङ उमेरले ७० को हाराहारीमा छिन् । यसरी पानीको मुल सुक्ने समस्या चर्किदै गएपछि फुलमायाको गाँउमा अन्तर्राष्ट्रिय एकिकृत पर्वतीय विकाश केन्द्र (इसिमोड) नामक संस्था पुग्यो । उक्त संस्थाले कुइकेल गाँउमा पानी जम्मा गर्ने सिमेन्टेड घयाम्पो अर्थात टयाङकी बनाउन लगायो ।
उनले भनिन ।, मुलको पानी सुकेपछि स्कुले बच्चा र मेलोपालतका लागि उकालो-ओरालो गर्नेरुले समेत पानी खान पाएका थिएनन् । पानीको सास्ती व्यहोरेकाले गाँउलेहरु आजित भइसकेका थिए । फुलमायाले गम्भिर भावमा भनिन, ‘पानी खान पाइएन अब के गरौ त? भन्दा यहि इसिमुडले मेलम्चीमा सात दिनको तालिमका लागि शिबहरी परियार, नाना घतानी, लगायतका चार जना पठाइदिएको थियो । ‘तालिम दियो, त्यहि खान पनि दियो । गाडि भाडा चाँहि दिएन् ।’ फुलमायाहरुको टिम मेलम्चिमा अलपत्र परेपछि गाडि भाडा पनि उतै तालिम दिने आयोजकले नै व्यवस्था गराइदियो । उनले विगत सम्झिइन् ।’ फुलमायाहरुले तालिम लिएर घर फर्केपछि पोखरी खन्ने योजना गरे । तालिमले कँहानिर पोखरी खन्दा पानी आउला त भन्ने मेसो पाएको उनै फुलमायाले सुनाइन् । त्यतिखेर ३० घर धुरीलाई समेटेर पोखरीको योजना बनायौँ । फुलमाया हिन्नता महसुस गर्दै भन्छिन ‘माथितिर लेखपढ गर्न जान्नेहरुले पोखरी नाप्न थाले ।’ फुलमायाले भनिन आफु त लेखपढ गर्न नजान्ने के थाहा? लेखपढ गर्न जान्नेहरुले पनि फेरी पोखरी कँहा निर खन्ने भनेर फुलमायालाई नै सोधेपछि फुलमाया दङग भइन् ।
‘खुसि हुदै भनिन, ‘मैले भनेको नक्सामा खन्दा पानी निस्किएको हो ।’ पोखरी खन्न दुई दिन चाँहि निशुल्क श्रम दान गरेको उनले बताइन् । भु–संरक्षण नामक संस्थाले उक्त काममा हातेमालो गर्दै २५००० रकम दिएको थियो । फुलमायाहरुले त्यहि पैसा समुहकै रमेश परियारलाई जिम्मा दिए । त्यसैबाट पोखरी निमार्ण सम्पन्न गर्याै, फुलमायाले भनिन् । चैत्रमा खनेको पोखरीभित्र साउनमा पानी पलायो, फुलमायाले हास्दै भनिन् । उनको पहलमा खनिएको मुलको पानी फुलमाया आफैले चाँहि उपभोग गर्न नमिल्ने रहेछ । उनले भनिन्, ‘यो धारो मैले घरमा पाइप लगाएर लगेँ भने मैले समाजसेवा गरेको के काम लाग्यो र ?’
अन्तर्राष्ट्रिय एकिकृत पर्वतीय विकाश केन्द्र (इसिमोड) र स्थानियको संयुक्त हातेमालोमा उक्त मुलले ३० घरपरिवारलाई पानी मात्रै खुवाएको छैन् । वनजंगलमा सुकेका पानीका मुहान संरक्षण गर्न पनि सिकाएको छ । सुकेका पानीको मुहानलाई कसरी ब्युताउने भन्ने जिज्ञाशामा अन्तर्राष्ट्रिय एकिकृत पर्वतीय विकाश केन्द्र (इसिमोड) मै कार्यरत भुर्गर्भका ज्ञाता करिश्मा खड्काले भनिन कि ‘पहिले हामी मुहानको वरिपरि भएका ढुगां र माटो जचाँउछौ । त्यसपछि मात्र हामीले मुहानलाई पुर्ववत अवस्थामा फर्काउन सक्ने कुराको निधो गर्न सक्छौ ।’ ढुगांको प्रकृती जंचाएर हामीले धेरै ठाँउमा सुकेको मुहानबाट पानी फर्काउन सफल भएको बताइन् । मानविय क्रियाकलाप, वनजंगल फडानी, जलवायु परिवर्तन लामो समयसम्मको खडेरी जस्ता कारणहरुले गर्दा पानीको मुहान सुक्ने खड्काले बताइन् ।
–पार्वती खड्का
प्रतिक्रिया