इसिमुड द्धारा मुलको पानी संरक्षण व्यवस्थापनलाई अगाडि बढाउँदै

इसिमुड द्धारा मुलको पानी संरक्षण व्यवस्थापनलाई अगाडि बढाउँदै



सुकेको मुलको पानी संरक्षण अभियानका लागि अन्तराष्ट्रिय अध्ययन अनुसन्धानकर्ता र विज्ञहरुको सम्मेलन भइरहेको छ । अन्तर्राष्ट्रिय एकीकृत पर्वत विकास केन्द्र इसिमुड द्धारा आयोजित कार्यक्रम यहि असार २८ गतेदेखि असार ३१ गतेसम्म विज्ञको टोली काभ्रेको बिभिन्न खडेरी प्रभाबित क्षेत्रमा गई अध्ययन गर्ने कार्यक्रम तय भएको छ । कार्यक्रममा बगंलादेश, भारत, नेपाल पाकिस्तान लगायतका ६ वटा मुलुकबाट विज्ञ र अनुसन्धानकर्ताहरुको प्रतिनिधीत्व रहेको छ । । हिन्दुकुश हिमालयन क्षेत्रहरूमा वसन्त सुख्खा हुने र जल सुरक्षामा देखापरेको खतराको समस्यालाई सम्बोधन गर्न कार्यक्रमको पहिलो दिनको उद्धघाटन सत्रमा सहभागिहरुले आफनो स्रोत व्यवस्थपनका सन्दर्भमा आफुले हासिल गरेको अध्ययन, अनुभबका बारेमा छलफल अन्र्तक्रिया गरेका थिए । आजको उद्धघाटन सत्रमा सुकेको मुहान व्यवस्थापन सम्बन्धी अनुसन्धान र आविष्कारमा उल्लेखनीय प्रगति गरिरहेका दिग्गज व्यक्तित्वहरुले आफनो क्षेत्रको बारेमा रोचक प्रस्तुती दिएका थिए ।