दुर्घटनाका समाचार हाम्रा लागि खास नँया विषय त होइन । तर एकै ठाँउमा पटक-पटक दोहोरिरहने दुर्घनाले चाँहि पक्कै पनि केहि न केहि रहस्य बोकेको हुन सक्छ । नेपालका पहाडी क्षेत्रमा दुर्घटना भइहालेमा हामी धरातल नै यस्तो बाटो खत्तम भन्न तिर लाग्छौ । तर सत्यता यति मात्रै पनि नहुन सक्छ । त्यसका लागि त तु छानबिन समितीले निचोड निकाल्नु पर्याे । यहि असार २१ गते रामेछापको सुनापती गाँउपालिका लुभुघाट नजिकै भएको बस दुर्घटनाको प्रकृती पनि उस्तै खालको ओरालो कच्चि सडकमा भएको थियो । उक्त दुर्घटनाले गर्दा यतिखेर सिँगो सुनापती शोकमा डुबिरहेको छ । उक्त सडक दुर्घटनाले तेह्र जनाको ज्यानै समेत लियो । छत्तिस जना सवार बसमा बाकि यात्रु अगंभंग भएर जेनतेन बाँचेका छन् । घाइतेहरु जिवन मरणको दोसाँधमा अस्पतालको शैयामा झिनो आशा लिएर उपचाररत छन् । स्थानिय सुदिप खड्का भन्छन् । ‘म संयोगले बाँचे, । ‘म त्यहि बसमा काठमाण्डौ जान कुरिरहेको थिए ।’ ड्राइभर प्रेम घतानी चिनजानका थिए । ‘उनले पनि सँगै जाँउला है भाई भनेका पनि थिए ।’ तर बस भन्दा अलि अगाडि नै ट्रक ओभरटेक गरेर आइपुग्यो । उनी भन्छन, ‘म त्यहि ट्रकमा चढेर लुभु बजार झर्दै गर्दा ड्राइभर प्रेमले फोन गरेर ‘भाई कँहा पुग्यौ भनेर सोधेका थिए ।’ सुदिपले खनियाँपानी पुगेको भनेपछि ‘झर भाई गाडिमा जाँउ भनेका थिए ।’ सुदिप सम्झन्छन, ‘म लुभु बजारमा पुगेर चिसो खाँदै गाडि पर्खिरहेको थिए ।’ ‘माथीबाट गाडि अनकन्डिसनल्ली हुइँकिएर आयो ।’ ‘एक्कासी खोलामा गरल्याम्म आवाज आयो ।’ म चार हात खुटटा फालेर दौँडिए। त्यसपछि घटनास्थलमा पुग्दा गाडि पल्टिसकेको थियो । टाउको आधा खल्र्याम्मै फुटेर रक्ताम्य भएका ड्राइभरले चार हात टेकेर म छेउ आएर हात जोड्दै भने, ‘भाई मेरो प्यासेन्जर बचाइदेउ ।’ कच्याक-कुचुक्कको अवस्थामा रहेको गाडिभित्र रुवाबासी र चिच्याहट मात्रै थियो ।’ अगाडिको टायरबाट धुवा आइरहेको र कोलाहाल पुर्ण स्थिीती थियो । ‘हामीले केहि लासहरु निकाल्यौँ, । केहि जेसिबीले खनेर निकाल्यो । उनी भन्छन, गाँउपालिकामा आफैले खबर गरे । एम्बुलेन्स झिकायौँ । केहि घाइतेलाई एम्बुलेन्समा पठाइयो । ‘हेलिकप्टर आउन तिन घण्टा लाग्यो । कति बिरामीहरु छटपटाएर आँखै अगाडि मरेका थिए ।’ हालसम्म मृत्यु हुनेको संख्या १३ जना पुगेको छ । नौ जनाको घटनास्थल र चार जनाको उपचारका क्रममा काभ्रेको धुलीखेल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका डीएसपी राजकुमार थिङले जानकारी दिएका छन् । ‘गाडिको ब्रेक एक स्टेप माथी बाट नै फेल भएको हुन सक्ने प्रत्यक्षदर्शिहरुले अनुमान लगाएका छन् । बाटोको संरचना अनुसार ब्रेक फेल हुने बित्तिकै गाडि भित्तामा हालेका भए पनि झन ठुलो दुर्घटना हुनसक्थ्यो र गाडि लुभु खोलामाआउन सक्थ्यो । झन कोहि पनि बाँच्दैनथ्यो । चालकले मध्यपहाडीको सडकमा पुरयाउन खोजेका रहेछन् । प्रयास गर्दा गर्दै पनि पछाडिको टायरले आधा सडक नै भासेर दुर्घटना भएको प्रत्यक्षदर्शिहरुले बताएका छन् । गाडिको पछाडिको भाग पहिले सडकमा थचारिन पुगेको कारणले गर्दा पछाडि बस्ने र उभिनेहरु कोहि पनि बाचेनन् । वडा नम्बर पाँचका धेरै मर्नुको खास कारण यो हो । १ देखि चढेका यात्रु अगाडि सिटमै बस्छन । खनियापानी अन्तिम हो । त्यसकारण खनियापानी डाँसे कटुन्जेबाट चढेकाहरु प्राय बाँचेनन ।झुण्डिने र उभिनेरु कोहि पनि रहेनन् ।
फेरी त्यस ठाउँमा सडक दुर्घटना भएको यो पहिलो पटक भने होइन् । यसअघि पनि त्यस आसपासमा २ पटक सडक दुर्घटना भइसकेको छ । यति भइसक्दा पनि सवारी चालकहरु अनविज्ञ जस्तै बनेर गाडी हाक्न छोडदैनन् । सम्बन्धीत निकायको पनि सडकको संरचनालाई कसरी दुर्घटनामुक्त बनाउने भन्ने विषयमा प्रयाप्त रुपमा ध्यानकर्षण पुग्न सकेको छैन् ।
घटनास्थलमै मृत्युहुनेहरुमा
१. ठुला तामाङ, ६० वर्ष सुनापति–५ रामेछाप ।
२.समरिता तामाङ, २६ वर्ष सुनापति–४ रामेछाप ।
३.खड्ग बहादुर बिक, ३६ वर्ष सुनापति–५ रामेछाप ।
४.कमल तामाङ, २५ वर्ष रोशी गाउँपालिका–४ काभ्रे ।
५. सुदीप गजमेर, १८ वर्ष पाँचखाल–८ काभ्रे ।
६. बिपना तामाङ, २२ वर्ष सुनापति–५ रामेछाप ।
७. शुभलक्ष्मी मानन्धर, ६० वर्ष मण्डन देउपुर नगरपालिका –९ काभ्रे ।
८. सन्जु आले मगर, ३६ वर्ष सुनापति–५ रामेछाप, खनियापनी ।
९. कुल बहादुर बिक, ४० वर्ष पाँचखाल–८ काभ्रे
उपचारका क्रममा सुनापति–५ घर भएका चोबिस वर्षीय बुद्ध तामाङ, पैतालिस वर्षीय राम बहादुर श्रेष्ठ, साठि वर्षीय नेमा तामाङ र सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–९ घर भएकी छत्तिस वर्षीया धकनमाया तामाङ रहेका छन् ।
अहिले तेइस जना बिरामी धुलिखेल र बि एण्ड बि अस्पतालमा उपचाररत छन् । मृतकहरु प्रायजसो सुनापती वडा नं पाँचकै अधिकाँश छन् । खड्ग बहादुर बिक पनि वडा नम्बर ५ कटुन्जेका हुन् ।
को थिए त मृतक खडगबहादुर
मेरो पनि ५ नम्बर मै घर भएकोले खडग बहादुरको छिमेकी गााउले हुँ । गाडि चालक प्रेम घतानी खडग बहादुरको सहोधर आफनै भान्जा हुन् । भान्जाको गाडिमा भाडा तिर्न नपर्ने हुनाले उन ित्यहि गाडि पर्खिएर चढेका थिए । बा ३ ख ८३९६ नम्बर रहेको गाडि चालक प्रेम घतानीको आफनै साधन हो । त्यस दिन उन (खड्ग) बहादुर उक्त गाडिमा छोरालाई लिएर भान्जीकोे बिहेमा हिँडेका थिए । सोझा, इमान्दार, खड्ग बहादुर शारिरिक रुपमा सबलाङग देखिएता पनि उनी बौद्धिक रुपमा सबलाङग थिएनन् ।
उनको घरमा दुई नाबालक छोरा छन् । प्यारालाइसिस भएका आमालाई गाँउघरतिरै धामी काम गरेर बिहान बेलुकाको गर्जाे टारेका थिए खड्ग बहादुरले । दु;खजिलोले आमा र परिवार पाल्दै आएका थिए । तिहारमा खडग बहादुरका दुई जना बुढा-बुढि मात्रै देउसी खेल्न हिन्थे । गरिबीले मान्छेलाई आँखिरमा घुडा टेकाउँदोरहेछ । शायद अभाबले थिचेरै होला चाडपर्व नभनि अँधेरी रातमा त्यसरी पैसा कमाउथे खडगबहादुर । नगरुन पनि किन? खेतबारीले तिन महिना खान पुग्दैन थियो । जागिर थिएन् । उसलाई जिम्मेवारीको भारी थियो । बिचरा खड्ग बहादुर अरुले दिएको पैसा सम्म पनि गन्न नजान्ने खालका सोझा थिए । हामी गाँउतिर भेट हुँदा खुब हौसिएर कुरा गर्थे । मलाई चाँहि उनको बोली अलि-अलि कमेडि कमेडि लाग्थ्यो । हामीलाई खुब हसाँउथे खड्ग बहादुरले । मैले भिडियो खिच्ने भनेपछि उनी झन खुसि हुन्थे । निर्दाेष देखिने खडग बहादुर सँधैजसो झुम्रा-मैला कपडामा भेटिने इमान्दार खडग बहादुर अब कहिल्यै भेटिने छैनन् । खड्ग बहादुरको जिवनको इहलिला समाप्त भएको छ । उनीसंगै बिहेमा गाडि चढेर गएका छोरा भने अहिले अस्पतालमा उपचाररत छन् । उनका घरमा श्रीमती र ति छोराहरुले अब कसरी गरिखालान? प्यारालाइसिसको बिरामी आमाले के खालिन भन्ने चिन्ताले मन पिरोलिरहेको छ । उ जस्तो जे भए पनि उनको परिवारलाई संकटमा ओत दिने त उनै खडगबहादुर थिए । अबका दिनहरुमा खड्ग बहादुरको श्रीमतीले छोराहरु कसरी पालनपोषन गर्लिन? अनि ति बिरामी भएकी बुढिआमाको कसले स्याहार्ला? हुनत मृतकहरु सबैको आफनै कथा-व्यथा होलान तर यि खडग बहादुर भने अशक्त भइकन पनि र गरिबीको भुग्रोमै पिल्सिएर अस्ताएका छन् । उनको परिवार अब बिचल्लीमा पर्ने अवस्था छ । यसको विषयमा सम्बन्धीत स्थानिय सरकारले केहि नैतिक सहयोग गरि परिवारको शिक्षा दिक्षा र श्रीमतीलाई कतै काम काजी बनाइदिए साँच्चै उदार हुने थियो कि ।
राहत र क्षतीपुर्ती पछि लास दाहसंस्कार
अरनीको यातायात समितीले गाँउपालिकाका जनप्रतिनिधी र प्रहरी प्रशाशनको रोहबरमा रहि मृतकका परिवालाई पाँच लाख क्षतीपुर्ती दिने र घाइतेको कन्जुस्याई नगरी उपचार गराइदिने शर्तनामा गरेपछि आफन्तहरुले लाश हिजो २२ गते दाहसंस्कार गरेका छन् ।
चालकहरुले बेपर्वाहा गाडी चालाउँदा दुर्घटना भएको गाँउपालिकाका अध्यक्ष ठुलोकान्छा तामाङले बताएका छन् । उनले भने ‘यस्ता खालका दुर्घटनाबाट जोगिन तँपाई हामी सबै सतर्क रहन आवश्यक छ ।’
उक्त दुर्घटनाको अहिलेसम्म पनि छानबिन समिती नबनेको अध्यक्ष तामाङले बताए । छिटै सत्य-तथ्य बाहिर आउन सके घटनाको नतिजाले अब उक्त सडकमा सवारी साधन चलाउने चालकहरुलाई पनि त्यसले नँया शन्देश दिन सक्थ्यो ।
सडकको संरचना दुर्घटनामुक्त न्युन क्षती हुने गरि फराकिलो सडक निर्माण गर्न आवश्यक छ । यस्ता खाले दुर्घटनाबाट आमनागरिकलाइ कसरी बच्ने भन्ने बारेमा सामान्य जनचेतनाको बिकाश गर्न जरुरी छ ।
चालकले पनि यात्रा गर्नुपुर्व आफनो सवारी साधनकोे पाट-पुर्जा कतिको स्वस्थ छ चेँकजाच नगरी यात्रा गर्नुभएन् । चालकहरुलाई सर्तकता अभिमुखिकरण तालिम आवश्यक छ ।
-पार्वती खड्का
प्रतिक्रिया