पुर्व शिक्षा विज्ञान तथा प्रबिधीमन्त्री गिरिराजमणी पोखरेलले सामाजिक संघ संस्थाहरुले स्थानिय रुपमा काम गरेता पनि विश्वव्यापी जलवायु परिवर्तन लगायतका मुद्धाहरुमा विचार गरेर काम गर्नूपर्ने बताए । विषादी प्रदुषित शहरीकराका कारण जिवनशैली अस्वस्थ बनेको र माटो पनि बिग्रदै गएको पुर्वमन्त्री पोखरेलले बताए । गौरीवास बचत समाजको आयोजनामा भएको बनभोज कार्यक्रममा बोल्दै पुर्वमन्त्री पोखरेलले हरेक नेपालीमा सिप र ज्ञान हुनुपर्ने बताएका छन् । कार्यक्रममा पुराना तथा बरिष्ठ गायक सर्जक नबराज घोरासैनी रेशम थापा, सिता खपाङी मगर आशा लामा लगायतका कलाकार र संस्थाका सदस्यहरुको बाक्लो उपस्थिती थियो । बार्षिक प्रतिबेदन सार्वजनिक गर्दै संस्थाले नँया कार्यसमिती चयन गरेको छ । कार्यसमिती अध्यक्षमा व्यवसायी तथा समाजसेवी कृष्ण घिमिरे चयन भएका छन् । महोत्तरीको हाल बर्दिबास नगरपालिका साविकको गौरीवास थियो । त्यहि गौरीवासबाट काठमाण्डौंसम्म काम र पढाइका शिलशिलामा आउनेहरुलाई आबद्ध गराउने लक्ष्यले गौरीवास समाज स्थापना भएको नवनिर्वाचित अध्यक्ष कृष्ण घिमिरेले जानकारी दिए । पुर्वमन्त्री गिरिराजमणी पोखरेल पनि सोहि गौरीवासका स्थानिय वासिन्दा हुन् ।
प्रतिक्रिया