गणेश बहादुर खड्का रामेछाप जिल्लाको पुराना कम्युनिष्ट नेता हुन् । माओको सिदान्तले विकसित मानिएका मुलुकहरु कसरी बनाएको हो र नेपालमा किन कम्युनिजम आवश्यक छ भन्ने कुराको राम्रो अक्कल भएका गणेश बहादुर खड्का नेपालको कम्युनिष्ट आन्दोलनमा लामो समयसम्म त्याग गरेका नेता हुन् । नेपालमा तत्कालिन राजा महेन्द्रले पन्चायती शाशन चलाइरहँदा २०३३ सालमा गणेश बहादुर खड्का भारतको कलकत्तामा नोकरी गर्न पुगेको किस्साबाट कुरा सुरु भयो । उहि बेलामा भारतमै छँदा आफु कम्युनिष्ट आन्दोलनमा लागेको कुरो कोट्याउदै उनले भने ‘साहुहरुले कामबाट औलो लाग्यो भनेर निकालिदिए । त्यसपछि सडकमा खाने सुत्ने गरेर दिनचर्या बित्ने गथ्र्याे । गणेश बहादुरले गोजीमा छउन्जेल खान्थे । उनले भने, कैयौ रातहरु भकभोकै कटाएको थिए ।’ यसैगरि एक हप्ता बित्यो । ‘गणेश बहादुरले त्यँहा मजदुरहरुको लागि काम गर्ने संगठन पहिल्याए । उतिबेला कसैले भारतीय क्रान्तीकारीहरुको कार्यलयसम्म पुर्यायो गणेश बहादुरलाई । कार्यलयमा पुगेर आफु जागिरबाट निकालिएको कुरा सुनाएपछि उनै कम्युनिष्टहरुले फेरी गणेश बहादुरको जागिरमा पुर्नवहाली गराएका थिए । उनी भन्छन्, ‘दुइ चार बर्ष पछि म नेपाल नआई नहुने काम पर्याे । घरबाट आमाको चिठि पुग्यो । घरव्यवहार सम्हाल्न जागिर छोडेर नेपाल फर्किए गणेश बहादुर । गणेश बहादुरले भारतबाट फर्केपछि सामान्य कृषक भएर खेतीपातीले घर चलाउन थाले । पन्चायत मिल्काउन भित्रभित्रै राजनितिको आन्दोलनको आगो सल्किसकेको थियो । हुनेखाने वर्गले नहुने वर्गमाथी थिचोमिचो गर्नु शाशकहरु समान्य सम्झन्थे । सानालाई ऐन ठुलालई चैन थियो । जब पन्चायतको अन्त्य भई २०४६ सालमा बहुदलको जन्म भयो । नेपालमा बहुदलिय व्यवस्था लागु भएको केहि बर्ष नबित्दै २०५१ सालमा दशबर्षे जनयुद्धको घोषणा भयो । गणेश बहादुरले आफु घर सम्हालेर आफनै सहोधर एकजना भाइ शकंर खड्कालाई युद्धको झोला बोकाए । गणेश बहादुर भन्छन् ‘भाई युद्धमा गएपछि घरमा सुराक गरेर सेना पठाउन थाले । उनले भने ‘बालबच्चाको चल्ली बिचल्ली भइरहन्थ्यो । कुटो कोदालोको भरमा बालबच्चा पालेको एकजना किसान डर भयमा बाँच्न थाल्यो । आफन्त भनिनेहरुले नै घरमा सेनालाई सुराकि गरेर पठाउथे ।’ सेना यो ठाँउमा आयो भनेपछि लुक्ने भाग्ने गथ्र्याै । ‘एकदिनको कुरा हो रामेछापको लुभु भन्ने ठाँउमा सेना आयो भन्ने सुनियो ।’ सुनेपछि हामी लुक्नुपथ्र्याे । किनकी घरमा माओवादी छ भन्ने सबैलाई थाहा थियो । ‘हामी गाँउले जती सबैले डराउनै पथ्र्याे । अर्कातिर हाम्रो घरमा हातहतियार स्टोर गरेर पनि राखिन्थ्यो ।’ घर छोडेर सेना छल्न जाँदा गाँउकै एकजनाले घरमा कोहि नभएको मौका छोपेर गणेश बहादुरको १३ बर्षिय नाबालिको छोरीलाई गाँउमै बस्ने एकजना पापीले बलात्कार गरेको थियो । त्यतिखेर घटना घटेपछि तत्काल प्रशाशन जान खोज्दा माओवादी इन्चार्ज रक्तिम जो दोरम्बा हत्याकाण्डका शहिद हुन् । उनले ‘अदालत नजानुहोस, हामी मिलाउँछौ भने ।’ हामी मन्जुर भयौँ । त्यसपछि गाँउमा माओवादीहरुले उस ९बलात्कारी०लाई कारवाहिको कार्यक्रम राख्यो । गाँउलेहरुले उस (बलात्कारी)लाई जुत्ताको माला लगाएर पाँच महिना श्रम कैद भनि सँजाय तोकेको थियो । उस(बलात्कारी)ले जुत्ताको माला त लगायो । तर त्यो श्रम कैद भने भएन् । घटना त्यतिकैमा थामथुम गराउने काम भयो । हामी अर्थात पिडित नाबालिकाले अझै पनि कानुनी उपचार पाएकै छैन् । गणेश बहादुर भन्छन ‘पिडति छोरी अशक्त पनि छिन् । परिवर्तनका लागि हिडेका गणेश बहादुरलाई द्धन्द्धको रापले अप्रत्यक्ष रुपमा अझै पोलिरहेको छ । नेपालमा गणतन्त्र आएको छ । संबिधान आयो । माओवादीकै बलमा एकजना नेपाली नागरिकले शान्ती शुरक्षा, स्वतन्त्रता, समानता, राजनितिक स्वतन्त्रता, लगागतका यत्रो बिधि मौलिक अधिकार पायो । संघियताले गाँउमा सिंहदरबार पुर्यायो । परिवर्तन त भयो तर पिडक गाँउमा अझै पनि खुलेआम हिडिरहेको देख्दा गणेश बहादुरको मनमा अझै पनि कालो बादल माडारिहेको छ । उनी भन्छन ‘यहि परिपाटिले अरुका छोरीचेली शुरक्षित होलान त? उनले प्रश्न गरे । सबै त होइन माओवादीका खोल ओढेका केहि गाँउका मान्छेहरुले पिडकलाई जोगाउन अति नै सहयोग गरे भन्ने कुरामा गणेश बहादुरलाई अझै पनि दुखाइरहन्छ । गणेश बहादुर उतिखेर नेकपा माओवादी केन्द्रका भातृसंगठनको किसानको जिल्ला कमिटीमा थिए । समय वित्दै गयो । नेपालमा २०७२ सालमा संबिधान आयो ।
पिडितको घाउले मलम पटि पाएन् । उनले असन्तुष्टीको भावभगिंमा भने ‘केहि फरक पार्टिका साथीहरुले स्थान सम्मान दिनुभयो । ‘केहि आन्तरिक र केहि आफनै वरीपरिका साथीहरुको सौतेलो व्यवहारले गर्दा मैले केहि समय पार्टिबाट बिश्राम लिएको सत्य हो । उनले भने ‘आखिर माया त माओबादी पार्टिकै लाग्छ नि, गणेश बहादुर चैत्र ७ गते पेरिसडाँडामा टहलिरहँदा आफना नँया साथीहरुलाई यहि झिनामसिना इतिवृतान्त सुनाउदै थिए । अनुहारभरि रिन्कल र मैलो लुगामा देखिएका गणेश बहादुरका पानी जस्तै सफा र स्पष्ट विचार थिायो । गाँउ घरमा शिव दाई भनेर चिनिने गणेश बहादुर खड्कालाई अहिले पुरानै थाकथलो माओवादीमा केन्द्रमा प्रवेश गराइएको छ । उनले नेकपा एमाले सुनापति गाउँ कमिटीको जिम्मेवारी परित्याग गरि पुरानै मुल घर नेकपा माओवादी केन्द्रमा फर्किएका हुन् । गणेश बहादुर भन्छन, ‘मसंग कम्युनिष्टहरुलाई जस्तोसुकै वैचारिक प्रशिक्षण दिन सक्ने क्षमता छ ।’ गणेश बहादुरका ओझिला कुरा सकिएपछि नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य युवराज चौलागाईंले खादा र टीका लगाएर स्वागत गरे । चौलागाईले स्वागत गर्दै भने पुराना कम्युनिष्ट नेता गणेश बहादुर सच्चा र इमान्दार नेता भएको टिप्पणी गरे । चौलागाइले माओवादीभित्र पुराना इमान्दार मान्छे समेटन नसकिनु पार्टी कमजोर बन्नुको एउटा कारण भएको बताए । स्वागत कार्यक्रममा सहभागीहरुले हराएको खुसि फर्किएको महसुस गरेका थिए । कार्यक्रममा पुराना जेयष्ठ कम्युनिष्ठ नेता अमर लामा बुद्धिजिबीका केन्द्रीय सदस्य शंकर खड्का, नेता पेमा लामा, नेता इलग तामाङ पुर्ण कार्की र नेता कर्णाखर चौलागाई लगायतको उपस्थिती रहेको थियो ।
प्रतिक्रिया