निरमोहन घोरासैनी र रचना रिमालको स्वरमा रहेको गितको छायाँकनमा कलाकार यादब देवकोटा (सरापे) किशोर भण्डारी (डिठा साब) सरु धिमाल लगायतको अभिनय रहेको छ । काँठे भाकामा एक जमानामा एक छत्र राज गर्न सफल भनेर गनिने गाएकको नाम हो नवराज घोरासैनी । कुनै जमानामा उनका घुम्तीनिर लेट, मिर मिर कपालैमा नबोली हेरिदउ हाँसेर लगायतका दर्जनौ राम्रा मौलिक गितका भाकाले नेपाली लोकसंगितको बजार रनक्कै तताएका थियो । भर्खरै बजारमा आएको कान्छी गित सुनिरहँदा उक्त गितमा उहि पुराना सर्जक नवराज घोरासैनीलाई नै सम्झाउँछ । सुमधुर स्वर अनि मौलिक शब्दमा भरिएको संगितले गित सुनमा सुगन्ध छ भन्दा फरक पर्दैन् । यस गितमा संगित स्वयँम नवराज घोरासैनी आफैले भरेका छन् ।
प्रतिक्रिया