मकै नेपालको पहाडी र हिमाली भेगमा धेरै तराइका भुभागमा झन धेरै मात्रामा उत्पादन हुने एक खाद्य बाली हो । मकै । कुनै समय मध्य अमेरिकाको मेक्सिको क्षेत्रमा लगभग १०० वर्ष पहिले मकैले प्रत्येक घरपाल्ने गथ्र्याे । भारतमा र नेपालमा धान र गहुँ पछि यो सबैभन्दा महत्त्वपूर्ण खाद्य बाली भएको छ । आफनै जग्गामा उत्पादन भएको मकैको च्याख्ला र ढिँडो जस्ता परिकारले हामी नेपालीहरुलाई हुर्काएको भन्दा पनि हुन्छ । त्यसकारण पनि मकै नेपालीहरुको भान्छामा अझै पनि परिचित छ । मकैले हाम्रो स्वास्थ्यलाई अत्यन्त धेरै फाइदा पुर्याउछ । मधुमेह उच्च रक्तचापका बिरामीले अहिले पनि मकैको खाना खाने गर्छन् । चिकित्सकहरुले पनि मकैको खाना खान सुझाउँछन् । स्वास्थ्यवर्दक खानेकुरा भएकै कारण पनि तँपाई हाम्रो भान्छामा मकै अनिवार्य हुन जरुरि छ ।
मकैमा एक स्टार्च तत्व हुन्छ। बाहिर खोस्टाले शुरक्षित बनाएको हुन्छ । मकै एकै किसमको नभई जात अनुसारको सेतो, चम्किलो पहेंलो, रातो र सुन्तलाबाट विभिन्न रंगहरूमा मकै उत्पादन हुन्छ । । मकैको थुप्रै जातहरुमध्ये मीठो मकै, सेती मकै, रातो मकै, बिकाशे मकै आदी । मीठो मकै भारतमा सबैभन्दा धेरै प्रयोग हुने प्रजातिहरू मध्ये एक हो।
मकैको पोषणसम्बन्धी तथ्यहरू यसप्रकार छन् ।
मकैको अधिकांश पोषक तत्वहरू बीउको कर्नेलमा बन्द हुन्छन्।युनाइटेड स्टेट्स डिपार्टमेन्ट अफ एग्रीकल्चर नेशनल न्यूट्रिएन्ट डाटाबेसका अनुसार १६६ ग्राम मकैमा ६०६ क्यालोरी, ८ ग्राम बोसो, ५८ मिलीग्राम सोडियम, १२३ ग्राम कार्बोहाइड्रेट, १२ ग्राम फाइबर, १६ ग्राम प्रोटिन हुन्छ। चिनी, ०.८ मिलीग्राम भिटामिन ई ०.५ मिलीग्राम भिटामिन के ०.६ मिलीग्राम थायमिन, ६ मिलीग्राम नियासिन, ०.३ मिलीग्राम रिबोफ्लेभिन, १ मिलीग्राम भिटामिन बी ६, ३१.५ मिलीग्राम फोलेट, ०.७ मिलीग्राम प्यान्टोथेनिक एसिड, ११६ एमजी। क्याल्सियम, ४.५ मिलीग्राम फलाम, ४७६ मिलीग्राम पोटासियम, ११ मिलीग्राम म्याग्नेसियम ३४९ मिलीग्राम फस्फोरस, ३.७ मिलीग्राम जिंक, ९५ मिलीग्राम तामा, र २५७ मिलीग्राम सेलेनियम पाइने उल्लेख गरिएको छ ।
मकैका फाइदाहरु
एनिमियाको जोखिम कम गर्छ ।
१. मकैमा पाइने फोलिक एसिड, भिटामिन बी १२ र आइरनले रातो रक्त कोशिकाको उत्पादनमा मद्दत गर्छ जसले एनिमियाको जोखिम कम गर्छ।
२. मकैले रक्तअल्पतासँग सम्बन्धित लक्षणहरू जस्तै थकान, कमजोरी, सास फेर्न र चक्कर लाग्नेलाई हटाउन मद्दत गर्छ।
३। शरीरमा पर्याप्त फलामले छाला र कपालको स्वास्थ्यको लागि महत्त्वपूर्ण छ।
४. कोलेस्ट्रोलको स्तर कम गर्छ
५.भुटेको मकैमा पाइने उच्च फाइबरले कोलेस्ट्रोलको मात्रा घटाउन मद्दत गर्छ।
६. मकैले इन्सुलिनलाई नियमित गर्न मद्दत गर्छ । यो कोलेस्ट्रोलको मात्रा कम गर्न को लागी एक अचुक खाना हो।
७. मकैमा पाइने ओमेगा ३ फ्याटी एसिडले हानिकारक खराब कोलेस्ट्रोललाई हटाउँछ ।
प्रतिक्रिया